गएको बर्षको अशिम सफलता पछी यस बर्ष पनि United Kingdom Nepal Federation of Bodybuilding & Fitness (UKNFBF) ले SAMUEL CODY SPORT COLLEGE, FARNBOROUGH, GU14 8SS, DATE:17 AUGUST 2017, 15:00 - 21:00 मा हुने प्रतियोगिताको लगभग सम्पूर्ण तैयारी गरिसकेको छ। गएको बर्षमा जसरी यस बर्ष पनि नेपाल च्याम्पियन श्री सानु गुरुङ आउदो १० अगस्तको दिन हङकङको बाटो हुँदै बिहान पख लण्डनको संसारकै ब्यस्त बिमानस्थल हिथ्रोमा अबतरण हुनु हुने कुरा UKNFBF को आयोजकहरुबाट अबगत भएको छ। श्री सानु गुरुङ यस दोश्रो बडीबिल्डिङ प्रतियोगितामा भाग लिने सम्पूर्ण ब्यक्तित्वहरुको प्रमुख प्रशिक्षकको रुपमा वहाँलाई यस दोश्रो बर्ष पनि भब्य स्वागत गरिने भएको छ।
यो बर्षको प्रतियोगिता शायद गएको बर्षको भन्दा बढी आकर्शित हुने कुरा आयोजकहरुले बताउनु भएको छ। आकर्शकको मुख्य कारण शारिरिक सुसँग्थित् प्रतिस्पर्धीहरु मात्र नभएर अबकासित क्याप्टेन श्री उमेश कुमार पुनले समेट यस प्रतिस्पर्धामा भाग लिएर फौजी कालिन शारिरिक र सु-संगथीत शरीरको प्रदर्शन गर्दै अरु जवान प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नु हुनेछ। साथै यो बर्ष पनि गएको बर्षमा जसरी "स्वास्थ्य नै धन हो" भन्ने कुरामा बिस्वस्त र आउने नयाँ सनततीहरुलाई मार्ग दर्शन गर्ने उदेश्यले प्रेरित यो योजनामा यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
आयोजक
यू के नेपाल फेद्रेशन अफ बडी बिल्डिङ एन्द फित्नेस्
No comments:
Post a Comment