भोला बिक्रम राई, स्विन्डन-
वेलायतको बिभिन्न ठाउँमा बसोबास गर्ने नेपालीहरु बिचमा भावनात्मक सम्बन्ध बिस्तार गर्न तथा नेपाली खेलप्रेमी युवाहरुलाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले पाँच बर्ष अगाडी सुरुवात गरिएको स्विन्डन कपको पाचौ संस्करण यो बर्ष पनि यहि मिति ९ अगस्ट २०१४ शनिवारको दिन सुपर मेरिन रग्वी क्लव स्विन्डनमा भव्यताको साथ सम्पन्न भएको छ।
9 A' साईडको आधारमा खेलिएको खेलमा मुख्य समूह, भेट्रान र अन्डर 16 गरी तिन समुहमा खेलाईएको र सबै खेलको पहिलो
चरण लिगको आधारमा खेलाईएको थियो । मुख्य समुहमा ब्रेकन FC, BBFC, रिडिङ Boys, FC तोङ्बा A, FC केन्ट, वेल्स FC, ओलम्पियन FC, स्विन्डन FC, निउक्यासल FC, FC तोङ्बा B, रिडिङ युनाइटेड FC र सुपर 12 FC समेत गरी १२ टिमले प्रतिस्पर्धा गरेको थियो । त्यसैगरी भेट्रानहरुको समुह अन्तर्गत धरान समाज यू के, मर्स्याङ्दी, KYC स्विन्डन र HK लेजेन्ड समेत चार टिम र अन्डर 16' अन्तर्गत रिडिङ युथ, फान्ब्रो बोईज, प्लमिस्टिड JG, स्विन्डन युथ र स्विन्डन बोईज समेत गरी पाँच टिमले प्रतिस्पर्धा गरेको थियो ।
लिग चरणको कडा प्रतिस्पर्धामा मुख्य टिम समुह बाट चार टिमहरु BBFC, FC केन्ट, रिडिङ युनाइटेड FC र
स्विन्डन FC सेमिफ़ाइनलमा प्रवेश गरेका थिए भने सेमिफ़ाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै रिडिङ युनाइटेड र स्विन्डन FC फाईनलमा जान सफल रहेका थिए । फाईनलमा भएको रोमान्चाकपूर्ण खेलमा रिडिङ युनाइटेडले स्विन्डन FC को बिरुध्द २-१ शान्दार विजय निकाल्दै पहिलो पुरस्कार १००० पाउण्ड नगद, ट्रफि र कप चुम्न सफल भयो भने स्विन्डन FCटिमले उपविजेतामा चित्त बुझाउदै नगद ५०० पाउण्ड र ट्रफि प्राप्त गर्नु सफल भयो ।
त्यसैगरी भेट्रान समूहको प्रतिस्पर्धामा मर्स्याङ्दी र KYC स्विन्डन फाईनलमा प्रवेश गरेको थियो र फाईनलमा भएको कडा प्रतिस्पर्धामा KYC स्विन्डनले २-१ ले विजय हासिल गरेर ५०० पाउण्ड, कप र ट्रफि जित्न सफल रहेको थियो भने मर्स्याङ्दीले उपविजेता बन्दै ३०० पाउण्ड र ट्रफि प्राप्त गर्न सफल रहयो । अण्डर 16' समूहको प्रतिस्पर्धामा फाईनलमा प्लमिस्टिड JG र फान्ब्रो बोईज पुग्न सफल भएकोमा प्लमिस्टिड JG को बिरुध्दमा फान्ब्रो बोईजले उत्कृष्ट खेल प्रस्तुत गर्दै बिजय हासिल गरेर ३०० नगद, कप र ट्रफि जित्न सफल भयो भने प्लमिस्टिड JG टिमले उपविजेता बन्दै नगद २०० पाउण्ड र ट्रफि जित्न सफल रहयो ।
मुख्य टिम समूहमा स्विन्डन FC को कल्यान गुरुङ् उत्कृष्ट खेलाडी तथा रिडिङ युनाइटेडका रुपेन लिम्बु टप स्कोरर बन्न सफल रह्यो । त्यसैगरी भेट्रान अन्तर्गत उत्कृष्ट खेलाडी र टप स्कोरर दुवै KYC स्विन्डन बाट क्रमश: लोक लिम्बु र छबिलाल रहेको थियो भने अण्डर 16' समूह बाट उत्कृष्ट खेलाडी प्लमिस्टिड JG को निल्चिल गुरुङ् र टप स्कोररमा फान्ब्रो बोईजको बिवेक राई बन्न सफल भयो । उत्कृष्ट खेलाडी र टप स्कोररको सम्पूर्ण पुरस्कारको प्रायोजन निवर्तमान खेलकूद संयोजक टंग राई "साईला" गर्नु भएको थियो ।
सोहि दिन स्विन्डनका दिदी बहिनीहरु बिचमा रमाईलो भलिवल प्रतियोगिता पनि सम्पन्न भएको थियो । आमा समूह, भान्जी समूह र आमाछोरी समूह समेत तिन टिम बिच भएको प्रतिस्पर्धात्मक खेलमा आमा समूह र भान्जी समूह फाईनलमा प्रवेश गरेकोमा भान्जी समूह माथि आमा समूहले रोमान्चाकपूर्ण जीत हासिल गर्दै प्रथम पुरस्कार प्राप्त गर्न सफल रह्यो भने भान्जी समूहले दोस्रो स्थान मै चित्त बुझाउँनु परेको थियो ।
सम्पूर्ण खेलका बिजयीहरुलाई नेपाली समाज जेष्ठ नागरिक उप-समितीका अध्यक्ष टिका गुरुङ् , सल्लाहकार भोला बिक्रम राई, सल्लाहकार रोहित सुब्बा, जेष्ठ नागरिक कोअर्डिनेटर लालसुन्दर राई, टंग राई "साईला", खेलकूद संयोजक राजु लिम्बु , नेपाली समाज विल्शायरका सचिव खगेन्द्र गौचन, उपाध्यक्ष त्रय श्याम पुन, कोपिला सुब्बा, बल्लव गुरुङ् र अध्यक्ष राजन क्षेत्रीले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
वेलायतको बिभिन्न ठाउँमा बसोबास गर्ने नेपालीहरु बिचमा भावनात्मक सम्बन्ध बिस्तार गर्न तथा नेपाली खेलप्रेमी युवाहरुलाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले पाँच बर्ष अगाडी सुरुवात गरिएको स्विन्डन कपको पाचौ संस्करण यो बर्ष पनि यहि मिति ९ अगस्ट २०१४ शनिवारको दिन सुपर मेरिन रग्वी क्लव स्विन्डनमा भव्यताको साथ सम्पन्न भएको छ।
9 A' साईडको आधारमा खेलिएको खेलमा मुख्य समूह, भेट्रान र अन्डर 16 गरी तिन समुहमा खेलाईएको र सबै खेलको पहिलो
चरण लिगको आधारमा खेलाईएको थियो । मुख्य समुहमा ब्रेकन FC, BBFC, रिडिङ Boys, FC तोङ्बा A, FC केन्ट, वेल्स FC, ओलम्पियन FC, स्विन्डन FC, निउक्यासल FC, FC तोङ्बा B, रिडिङ युनाइटेड FC र सुपर 12 FC समेत गरी १२ टिमले प्रतिस्पर्धा गरेको थियो । त्यसैगरी भेट्रानहरुको समुह अन्तर्गत धरान समाज यू के, मर्स्याङ्दी, KYC स्विन्डन र HK लेजेन्ड समेत चार टिम र अन्डर 16' अन्तर्गत रिडिङ युथ, फान्ब्रो बोईज, प्लमिस्टिड JG, स्विन्डन युथ र स्विन्डन बोईज समेत गरी पाँच टिमले प्रतिस्पर्धा गरेको थियो ।
लिग चरणको कडा प्रतिस्पर्धामा मुख्य टिम समुह बाट चार टिमहरु BBFC, FC केन्ट, रिडिङ युनाइटेड FC र
स्विन्डन FC सेमिफ़ाइनलमा प्रवेश गरेका थिए भने सेमिफ़ाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै रिडिङ युनाइटेड र स्विन्डन FC फाईनलमा जान सफल रहेका थिए । फाईनलमा भएको रोमान्चाकपूर्ण खेलमा रिडिङ युनाइटेडले स्विन्डन FC को बिरुध्द २-१ शान्दार विजय निकाल्दै पहिलो पुरस्कार १००० पाउण्ड नगद, ट्रफि र कप चुम्न सफल भयो भने स्विन्डन FCटिमले उपविजेतामा चित्त बुझाउदै नगद ५०० पाउण्ड र ट्रफि प्राप्त गर्नु सफल भयो ।
त्यसैगरी भेट्रान समूहको प्रतिस्पर्धामा मर्स्याङ्दी र KYC स्विन्डन फाईनलमा प्रवेश गरेको थियो र फाईनलमा भएको कडा प्रतिस्पर्धामा KYC स्विन्डनले २-१ ले विजय हासिल गरेर ५०० पाउण्ड, कप र ट्रफि जित्न सफल रहेको थियो भने मर्स्याङ्दीले उपविजेता बन्दै ३०० पाउण्ड र ट्रफि प्राप्त गर्न सफल रहयो । अण्डर 16' समूहको प्रतिस्पर्धामा फाईनलमा प्लमिस्टिड JG र फान्ब्रो बोईज पुग्न सफल भएकोमा प्लमिस्टिड JG को बिरुध्दमा फान्ब्रो बोईजले उत्कृष्ट खेल प्रस्तुत गर्दै बिजय हासिल गरेर ३०० नगद, कप र ट्रफि जित्न सफल भयो भने प्लमिस्टिड JG टिमले उपविजेता बन्दै नगद २०० पाउण्ड र ट्रफि जित्न सफल रहयो ।
No comments:
Post a Comment