गोरखाली समाज यूकेको बार्षिक समर भेला "नौमती बाजामा हुने "

भरत रोका  यू के
गत ०८ जुन २०१४ का दिन गोरखाली समाज यूकेको कमेटी मिटिंग समाजका अध्यक्ष भरत रोकाको अध्यक्षतामा भेटघाट रेस्टुरेन्ट अल्डरसटमा सम्पन्न भयो। उक्त कमेटी मिटिंगमा जिल्लाका सिस्टर संस्थाहरु गोरखा जिल्ला गुरुग संमाज यूके, गोरखा जिल्ला मगर समाज यूके ,थालाजुग समाज यूके ,लिगलिग समाज यूके ,बारपाकी समाज यूके ,र चिप्लेटी समाज यूकेका प्रतिनिधिहरुको सहभागिता थियो । सबै सिस्टर संस्थाहरुका प्रतिनिधिहरु लाइ पालै पालो आ-आफ्नो धारणा राक्न दीयिएको थियो समग्रमा सबै सिस्टर संस्थाहरुको धारणा हामी सबै गोरखाली एकजुट भएर अगाडी बढ्नु पर्छ, हामी जातीय, क्षेत्रिय रुपले बिभिन संगठनमा भए पनि गोरखाली समाज यूके जिल्लाको सम्पूर्ण
समुदायको प्रतिनिधित्वो गर्ने एक मात्र संगठन भएकोले सबै मिलेर गोरखाली समाज यूके लाइ सहयोग गर्नुपर्ने धारणा राक्नु भएको थियो ।

उक्त कमेटी मिटिंगको मुक्य उदेस्य आउने २६ जुलाई २०१४ मा King International Collage Watchetts Drive Camberley Surrey GU15 2PQ हुने बार्षिक समर भेला लाइ केकसरी ब्यबस्थित् गर्ने बिसयमा बिस्त्रित छलफल भएको थियो उक्त मिटिंगले विभिन्न कार्यसमति बनाई कार्य बिभाजन गरेकोछ सास्कृतिक सचिब भक्त बहादुर तामागले आफ्नो कार्यब्यस्थाले नभ्याउने जानकारी गराउनु भएकोले उहालाई पदमुक्त गरि उक्त पदको जिम्मेबारी भूपू स्पोर्ट सेक्रेटरी निराराज गुरुगलाइ दिएको छ भने उहाको असिस्टेन्ट सुबास गुरुग लाइ राखिएको छ त्यस्तै खेलकुद सचिब धिरज गुरुग लाइ लिगलिगे दौड र मनोरन्जनात्मक खेल आयोजना गर्ने जिम्मेबारी दिएको छ त्यसरीनै बार्षिक भेलालाइ ब्यापक प्रचार प्रसार गर्न जिम्मेबारी पब्लिक रिलेसन सचिब हरि गुरुग लाइ जिम्मा दिएको छ भने कोषाध्यक्ष भिम तामाग लाइ कन्टोल पोइन्ट ड्रिंक्सको व्यवस्थागर्ने जिम्मा दिएको छ , गोरखाली यूथ कोडिनेटर नविना गुरुग लाइ पार्टीमा आबस्यक पर्ने ठाउमा गोरखाली भोलन टियर यूथ बबस्थापन गर्ने जिम्मेबारी दिएको छ त्यसरीनै अरु बाकी काम उपाध्यक्ष जयप्रकास गुरुग र महासचिब गोपाल गुरुगको बबस्थापनमा थप कार्यभारको ब्यबस्था गरिने भएकोछ ।
उक्त मिटिंगमा आफ्नो भनाइ राक्दै समाजका अध्यक्ष भरत रोकाले उपस्थित सबैलाई स्वगत गर्दै आउने बार्षिक भेलाको लागि सम्पूर्ण जिल्लाबासीलाइ आआफ्नो क्षेत्रबाट खबर आदान प्रदान गरि समर भेलामा उपस्थित हुन् आग्रह गर्नुभयो साथै उहाले सबै गोरखाली सिस्टर संस्थाहरुले आआफ्नो संगठन मित्रका सदस्यहरुलाई बार्षिक भेला हुने दिन र स्थान को जानकारी गरिदिन अनुरोध गर्नुभयो । बार्षिक कार्यक्रमको जानकारी गराउदै अध्यक्ष रोकाले यसपालीको समर भेलामा नेपाली लोक सास्कृतिक बाजा नौमती बाजाको साथमा हुने साथै , दौडेर राजा हुने चलनको झल्को दिनको लागि लिगलिगे दौड को आयोजना हुने कुराको पनि अबगत गराउनुभयो साथै बिभिन नाचगान दोहोरि गीत को साथै राफल चिट्टाको विशेष आकर्सक पुरस्कारहरुमा देउराली ट्राबलको सौजन्यतामा लन्डन - काठमाडौं रिटन टिकट , गोर्खा सेकुरिटी सर्भिसका डाइरेक्टर तथा समाजका सल्लाहकार बिष्णु तामाग बाट आकर्सक प्रथम पुरस्कार साथै अन्य पुरस्कार को पनि बबस्था हुनेकुरा मिटिंगमा जानकारी गराउनु भयो भने लन्डन बाट पार्टी स्थानमा आउन बसको बबस्था भएको कुरापनि जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा संस्थाको आय ब्याय विवरण समाजका कोषाध्यक्ष भिम तामागले प्रस्तुत गर्नु भएको थियो भने उक्त मिटिंगमा समाजका सल्लाहकारहरु भूपू क्या. रनध्वज राना, सुर घले, राजकुमार गुरुग , कृष्ण थापा,जगत थापा,को उपस्थिति थियो । कार्यक्रममा खानाको व्यवस्था भेटघाट रेस्टुरेन्ट ले गरेको थियो भने कार्यक्रम संचालन समाजका महासचिब गोपाल गुरुगले गर्नु भएको थियो।

No comments:

Post a Comment