बेलायतमा अध्यायनरत विद्यार्थीद्वारा आत्माहत्या
धर्मराज अधिकारी, २४ चैत्र, बेलायत । बेलायतमा अध्यायनरत विद्यार्थी शेष बहादुर गुरुङले गत बुधबार झुण्डिएर आत्माहत्या गरेका छन् । ह्वाइटच्यापलमा रहेको गिल्डहल कलेजमा अध्यायनरत गुरुङ ब्रिष्टोलस्थित कोठामा अप्रिल २ गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । बुटबलमा वडा नं ६ लक्ष्मिनगरका २६ बर्षिय गुरुङ सन् २००९ को सेप्टेम्बर महिनामा बेलायत आएका हुन । उनको पुख्र्यौली घर भने तनहुंको फिरफिरे हो । मृतक गुरुङको बुबा, आमा र भाई बुटवलमा बस्दै आएका छन् । उनी स्थानीय बुफे रेष्टुरेण्टका केहि समयदेखि काम गर्दै आएका थिए । त्यहि रेष्टुरेण्टले उपलब्ध गराएको आवास कक्षमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । मृतक गुरुङका साथी कमल थापाका अनुसार शेषको मृत शरीरलाई स्थानीय फ्युनरलसंग समन्वय गरेर नेपाल पठाउने तयारी भइरहेको छ । उनको पार्थीव शरीरलाई नेपाल पठाउनका लागि लाग्ने आवश्यक रकम जुटाउन कलेजका व्दिाथर््ीहरुले फण्ड रेइजिङ टिम बनाएर अभियान थालेका छन् । साथै गैर आवासीय नेपाली संघ युके र अन्य नेपाली संघसंस्थाहरुसंग पनि सहयोग जुटाउन पहल गरिने बताइएको छ । प्रहरीले उनको कोठाबाट सुसाईड नोट बरामद गरेपनि त्यसमा के लेखिएको थियो भन्ने खुलाइएको छैन । प्रहरीले मृत्युबारे आवश्यक अनुसन्धान गरिरहेको उनका आफन्तले बताएका छन् । मृतकका साथी थापाले बिद्यार्थीहरुको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा डिप्रेसनको कारणले शेषले कठोर निर्णय लिएको हुनसक्ने बताए । उनले मृतकको शव नेपाल पठाउनका लागि सहयोग गर्न बेलायतवास नेपालीहरुलाई आव्हान गरेका छन् ।
साभार nepal24hours.com/np
- See more at: http://www.nepal24hours.com/np/?p=27960#sthash.05J1HYFh.dpuf
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment