
हरि गुरुंग स्वीनडन 15 डिसेम्बर 2012
स्वीनडन नेपाली समाजको भवन निर्माण उप समितीको बैठक मिति 15 डिसेम्बर 2012 का दिन ब्रोड ग्रीन कम्युनिटी सेन्टरमा संपन्न भयो l उक्त उप समितिको बैठकमा 25 जना सदस्यहरुको उपस्थित रहेको थियो l सान्त पुनको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाली समाज स्वीन डनका अध्यक्ष , उपाध्यक्ष ,सेक्रेटरी ,कोषाध्यक्ष, लगायत सीनियर सिटिज़नका कोओडीनेटर
जुम बहादुर गुरूंग उपस्थि थिए l बैठकमा उपस्थित सबैले नेपाली भवनको खरीद
कोष संकलन बारेमा आअफ़्नो बिचार राखेका थिए l उक्त बैठकले 31 जनवरी 2013
सम्मामा नेपाली समाज वीलसायरका सबै सदस्यहरुले के कति सहयोग प्रदान
गर्ने भनी निर्णय दिनु पर्ने प्रस्ताब पारित गरियो l
सोही दिन भवन कोष को लागी सिनिओर कोओरडिनेटर जुम बहादुर गुरुंगले 1005 (एक हजार पाच) पाउण्ड नगद प्रदान गर्नु भयो l साथै वहाले बुद्ध पुजामा जम्मा भएको भेटी 200 पा उण्ड पनि भवन खरीद कोष लाई प्रदान गर्नु भयो । त्यसै गरी खगेन्द्र गौचन ले 750 पाउण्ड प्रदान गर्ने प्रतिबद्दता गर्नु भयो भने मोहन थापले 501 प्रदान गर्ने बचन दिनु भयो । त्यसै गरी सोही दिन कल्चर सेक्रेटरी कुमार गुरुंगको तर्फ बाटा श्रीमती शाखी गुरुंग ले 1000 पाउण्डको चेक भवन खरीद कोषका अध्य सान्त पुनलाई हस्तान तरण गर्नु भयो ।

No comments:
Post a Comment