गुरुङ चलचित्र महोत्सव लमजुङमा हुने
लमजुङ, कार्तिक २५ - 'गुरुङ चलचित्रकर्मीसँग बसेर चलचित्र हेरौं, गुरुङ चलचित्रलाई उद्योगको रुपमा विकास गरौं' भन्ने नाराका साथ तमू (गुरुङ) को उद्गम थलो लमजुङमा पहिलो पटक गुरुङ चलचित्र महोत्सव हुने भएको छ । आगमी मंसिर ३ र ४ गते सदरमुकाम बेसीशहरमा हुने चलचित्र महोत्सवमा विल्कुलै नयाँ गुरुङ चलचित्रहरु प्रदर्शन गरिने आयोजकले बताएका छन् ।
महोत्सवमा आशिमाला (शुभकामना), आस्यो (मावली), आक्रोदो (नरुनु) रोधीघर, खेब धीं (पढ्ने घर) जस्ता सामाजिक तथा चेतनामूलक चलचित्रका साथै तमू ह्युला जस्ता वर्तमान राजनीतिक विषयबस्तु समेटिएका चलचित्रहरु प्रदर्शन गरिने गुरुङ चलचित्र नायक तथा निर्माता प्रितम गुरुङले बताए ।
गुरुङ फिल्म एशोसियसन पोखराको आयोजनामा हुन लागेको महोत्सवको दुई दिने कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै गुरुङ चलचित्रकर्मी तथा निर्माता निर्देशकहरु र स्थानीय समुदायबीच गुरुङ चलचित्रका विषयमा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ । एशोसियसनले विहीबार बेसीशहरमा पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो । विषेशगरी गुरुङ चलचित्रलाई व्यवसायिक रुपमा अघि बढाउने र गुरुङ चलचित्रलाई उद्योगको रुपमा विकास गर्ने उदेश्यले गुरुङ जातिको उद्गम थलो लमजुङमा महोत्सव आयोजना गर्न लागेको गुरुङ फिल्म एशोसियसनका अध्यक्ष माओत्से गुरुङले बताए । नेपालमा हालसम्म करिब ७५ भन्दा बढी गुरुङ चलचित्रहरु निर्माण भैसकेको छ ।

मेरो सिनेमाको सर्वेक्षणमा राजेश र रेखा लोकप्रिय
Naya Patrika
काठमाडौं/नेपाली फिल्मसम्बन्धी वेबसाइट मेरोसिनेमाडटकमले इन्टरनेट प्रयोगकर्ताको मतका आधारमा मेरो सिनेमा पपुलर अवार्डको नतिजा प्रकाशन गरेको छ । डिसेम्बर २०१० को दोस्रो साताबाट ११ जनवरी २०११सम्म गरिएको इन्टरनेट मत संकलनका आधारमा राजेश हमाल र रेखा थापा सर्वाधिक लोकपि्रय नायक/नायिका छनोट भएका छन् ।
मेरोसिनेमाडटकमले बुधबार सार्वजनिक गरेको विभिन्न १७ विधाको इन्टरनेट मत सर्वेक्षणको नजिताअनुसार अभिनेता राजेश देश, स्वाभिमान र दिदीभाइ फिल्मबाट अत्यधिक मन पराइएका नायकमा परेका छन् भने रेखा बाटोमुनिको फूल र कसले चोर्यो मेरो मनबाट चर्चित नायिकामा छनोट भएकी छिन् । त्यस्तै, २०१० को सर्वाधिक चर्चित फिल्ममा मनोज पण्डित निर्देशित दासढुंगा परेको छ । सहअभिनेतामा फस्ट लभबाट विनय श्रेष्ठ चुनिएका छन् भने हास्यअभिनेतामा आफ्नो मान्छे आफ्नै हुन्छबाट निर्मल शर्मा छनोट भएका छन् ।
नाइँ न भन्नू लबाट गायक दीपक लिम्बू र संगीतकार महेश खड्का रुचाइए भने प्रकृति गिरी बाटोमुनिको फूलबाट लोकपि्रय गायिका बन्न सफल भएकी छिन् । सौगात मल्ल दासढुंगाबाट खलनायकका रुपमा सर्वाधिक मन पराइएका छन् ।
सुरज सुब्बा नाल्बो बाटोमुनिको फूलबाट चर्चित स्त्रिप्टराइटरमा चुनिएका छन् । राजेन्द्र खड्गीले द्वन्द्वनिर्देशन गरेको देश, रणसंग्राम र कसले चोर्यो मेरो मन इन्टरनेट प्रयोगकर्तामाझ मन पराइयो । यसैगरी, कोरियोग्राफीमा कोही मेरोबाट आलोक नेम्वाङ, सम्पादनमा फस्ट लभबाट सिमोस सुनुवार, छायांकनमा बाटोमुनिको फूलबाट सञ्जय लामा, नवनायकमा बाटोमुनिको फूलबाट यशकुमार र नवनायिकामा फस्ट लभबाट ऋचा शर्मा सर्वाधिक मन पराइएकामा परेका छन् ।
न बिर्सं तिमीलाई न पाएँ तिमीलाईको पि्रमियर
काठमाडौं/ शुक्रबारदेखि राजधानी र मोफसलका दुई दर्जनभन्दा बढी हलमा प्रदर्शन हुन लागेको फिल्म न बिर्संे तिमीलाई न पाएँ तिमीलाईको बुधबार राजधानीको गोपीकृष्ण हलमा पि्रमियर गरियो । अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले निर्माण गरेको यो फिल्मको पि्रमियरमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।
त्रिकोणात्मक प्रेमकथालाई लिएर योगेश घिमिरेको निर्देशनमा बनेको यो फिल्ममा विराज भट्ट, झरना थापा, बाबु बोगटी र निर्मात्री प्रज्ञा स्वयं प्रमुख भूमिकामा छन् । चर्चित गजल न बिर्सें तिमीलाई.. पनि समावेश गरिएको यो फिल्मको संगीतकार महेश खड्का हुन् ।
डि सिने अवार्डको सर्टिफिकेट वितरण
काठमाडौं/ छायाछवि फिल्म फेस्टिबलअन्तर्गत १ माघमा राजधानीमा हुने सम्झना डिजिटल फिल्म अवार्ड -०६७ का मनोनीतलाई बुधबार एक समारोहबीच मनोनय सर्टिफिकेट वितरण गरियो ।
छायाछवि मनोरञ्जन पत्रिकाको आयोजनामा भइरहेको अवार्डमा ०६६ सालमा निर्माण भएका १६ वटा डिजिटल फिल्मले प्रतिस्पर्धा गरेका छन् । जसमा क्रिटिक्स अवार्डसहित जम्मा २७ विधामा अवार्ड वितरण गरिँदै छ ।
कार्यक्रममा विभिन्न विधाका अवार्डका लागि प्रतिस्पर्धी १ सय २३ जना फिल्मकर्मीलाई नोमिनेसन सर्टिफिकेट प्रदान गरिएको थियो ।
एउटा हलमा दुई भाषाको शंकरा
काठमाडौं/ नेवारी र नेपाली दुई भाषामा निर्माण गरिएको एक्सन फिल्म शंकरा शुक्रबारदेखि गुण हलमा प्रदर्शन हुने भएको छ । राज शाक्यको लेखन, सम्पादन तथा निर्देशनमा बनेको यो फिल्मको निर्माता दिजेन्द्र शाक्य हुन् ।
फिल्ममा मिस्टर नेपाल नरेश महर्जन, भिन्तुना जोशी र निर्देशक राज स्वयं प्रमुख भूमिकामा छन् । निर्देशक राजका अनुसार, शंकरा नेपाली भाषामा प्रदर्शन गरिँदै छ । शंकर महर्जन कार्यकारी निर्माता रहेको शंकरामा अष्टदेव महर्जनको द्वन्द्व, मनराजा नकर्मी र दिलीप संगमको संगीत, विनोद बज्राचार्यको नृत्य र शंकर महर्जनको छायांकन रहेको छ ।
शाहरुखसँग नाच्न मानिनन् ऐश्वर्या
मुम्बई/ बलिउड अभिनेत्री ऐश्वर्या रायले शाहरुख खानसँग डान्स गर्ने अफर अस्वीकार गरेकी छिन् । ऐश्वर्या गत साता मुम्बईमा भएको एउटा अवार्ड कार्यक्रममा बन्टी और बब्ली फिल्मको कजरारे, कजरारे गीतमा शाहरुखसँग नाच्न नमानेकी हुन् । आफू यो गीतमा आफ्नो परिवारका सदस्यबाहेक अरूसँग नाच्न नसक्ने बताउँदै उनले भनिन्, 'कजरारे फेमली सङ हो । जसका कारण म मेरो पति, ससुराबाहेक अरूसँग यो गीतमा नाच्नै चाहन्नँ ।'
कजरारे...मा पति अभिषेक र ससुरा अमिताभसँग नाचेकी ऐश्वर्यालाई सो गीतमा आफूसँग नाच्नका लागि शाहरुख र आयोजकले निकै अनुरोध गरे पनि उनले मानिनन् । जसका कारण शाहरुखले ऐश्वर्यासँग नाच्ने योजना स्थगित गर्नुपर्यो । समाचार एजेन्सीले उल्लेख गरेअनुसार, ऐश्वर्याको बलिउडका तीन खान, शाहरुख, सलमान र आमीरसँग राम्रो सम्बन्ध छैन । सलमान र ऐश्वर्याबीच सम्बन्ध चिसिनुको कारण त सबैलाई थाहा छ । शाहरुखसँग भने उनको सम्बन्ध चलते, चलते फिल्ममा खेल्न नमान्नका कारण चिनिन पुगेको थियो । शाहरुखले आफ्नो फिल्म चलते, चलतेमा पहिला ऐश्वर्यालाई हिरोइन लिने योजना बनाएका थिए । ऐश्वर्याले शाहरुखको फिल्म खेल्न मानिनन् । जसका कारण पछि रानी मुखर्जीलाई लिए । त्यस्तै, मंगल पाण्डे फिल्ममा ऐश्वर्याले आमीरसँग काम गर्न मानिनन् । त्यहाँदेखि आमीर र ऐश्वर्याको सम्बन्ध पनि चिसिन गएको हो ।
फुल्यो बाटोमुनिको फूल
बाटोमुनिको फूलको मेकिङ निकै राम्रो लाग्यो । यो फिल्मको स्त्रिप्ट, सिनेमाटोग्राफी, आर्टिस्टको पफर्मेन्स, म्युजिक, सबै राम्रो छ । नेपाली फिल्म यत्तिको क्वालिटीको बन्नु निकै सराहनीय छ । मलाई मन पर्यो,' शनिबार राजधानीको जयनेपाल हलमा बाटोमुनिको फूल हेरर निस्किएका वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेले भने, 'यत्तिको राम्रो फिल्म पनि चलेन भने हामी सबैको दुर्भाग्य हुनेछ । हामीले फिल्म लाइनबाट बिदा लिए हुन्छ ।' शुक्रबारदेखि मुलुकभर एकसाथ प्रदर्शनमा आएको सुरज सुब्बा निर्देशित बाटोमुनिको फूल हेरेका सबै फिल्मकर्मीले फिल्मको तारिफ गरेका छन् । प्रदर्शनपूर्व गरिएको पि्रमियर शोमा फिल्म हेरेका फिल्मकर्मी, सञ्चारकर्मी तथा दर्शकले पनि निकै तारिफ गरेका थिए भने सो दिन हेर्न नभ्याएकालाई भने निर्माण युनिटले शनिबार पनि आफ्नो फिल्म देखाएको थियो ।
गायक यशकुमारले निर्माण गरेको बाटोमुनिको फूल हेरेका अर्का निर्देशक युवराज लामाले पनि फिल्मको निकै तारिफ गरे । उनले भने, 'विषयवस्तु, क्यामेरा वर्क, कलाकारको प्रस्तुति, संगीत सबै पक्ष राम्रो छ । कथा कुनै विदेशी फिल्मबाट सापट लिइएको छैन । नेपाली समाजमा विद्यमान जातीय विभेदको मौलिक कथा प्रस्तुत गरिएको छ । फिल्म निकै राम्रो लाग्यो ।' निर्देशक युवराजले अन्य नेपाली फिल्म पनि यही स्तरका बन्दै गए भने नेपाली फिल्मको सुनौला दिन सुरु हुने बताए ।
अभिनेता तथा निर्माता भुवन केसीले पनि आफूलाई बाटोमुनिको फूल राम्रो लागेको बताए । उनले भने, 'नेपाली फिल्मको स्तर कहाँ पुग्यो भनेर जान्न चाहनेले यो फिल्म हेरे पुग्छ । माइन्ड ब्लोइङ ।' उनले फिल्ममा गायकहरू यशकुमार र बाबु बोगटीले गरेको अभिनयको तारिफ गरे । 'यश र बाबुले भूमिकाअनुसार निकै राम्रो काम गरेका रहेछन् । यिनीहरू अभिनयमा पनि जम्छन् भन्ने आश गर्न सकिन्छ ।'
भने जस्तो केटा पाए बिहे गर्छु : पुजा चन्द
पती सुरज चन्द ठकुरीसंग सम्बन्ध विच्छेद भएपछी अमेरिकामा आफ्नो बासस्थान बनाएकी अभिनेत्री पुजा चन्दले भने जस्तो केटा पाए आफू अर्को बिवाह गर्न आफू तयार रहेको बताएकी छिन् ।
४ बर्षको अन्तरालपछी एक महिनाका लागि बुधबार साँझ नेपाल फर्किएकी अभिनेत्री चन्दले बिहिबार फिल्मीखबरसंग विशेष कुराकानी गर्दै भनिन् 'बिवाह गर्ने सोच भएपनि भने जस्तो केटा पाएको छैन ।' सत्र बर्षीया छोरी दिब्यासंग अमेरिकाको बाल्टिमोरमा एक्लो जिवन बिताईरहेकी पुजाले २०४९ सालमा पति सुरज चन्दसंग भागी बिवाह गरेकी थिइन् । बिवाह भएको केही बर्षपछी अर्थात सन् सन् २०००मा आन्तरिक विवादका कारण पारपाचुके गरिकी नायिका चन्दले पछिल्ला बर्षहरूमा पति विना एक्लो जीवन विताईरहेकी हुन् । यो समय उनलाई कस्तो केटा चाहिएको छ त ? उत्तर दिईन 'माया गर्ने र केयरिङ्ग गर्ने ।'
आफ्नो दिनचर्या सामान्य शैलीमा अमेरिकामा बिताईरहेको बताउदै चन्दले छोरी दिब्या र सुरजको सम्बन्ध भने बाबु छोरीकै रहेको बताएकी छिन् । उनीहरूबीच एक अर्कामा कुराकानी पनि भईरख्ने पुजाको भर्नाइ छ । छोरीको कारण सुरजसंग सम्बन्ध पुनः जोडिन सक्छ कि सक्दैन भन्ने प्रश्नमा उनले भनिन् 'लोग्ने स्वास्नीको भन्दा पनि बाबु छोरीको सम्बन्ध भने कायम रहन्छ ।' यस्तै छोरीकै कारण अब उ तपाईको जीवनमा पुनः आउने सम्भावना छ कि छैन भन्ने अर्को प्रश्नमा पुजाले भनिन् । 'हि इज नट इन माई लाईफ । उसको आफ्नो लाईफ मेरो आफ्नै ।'
रेडियो नेपालमा कविता पढ्दै रेडियो नाटकमा अभिनय गर्दा गर्दै आफन्त मार्फत सुरजसंग पहिलो भेट भएपछी पुजाको प्रेम सुरजसंग भएको थियो र पछी उनीहरू बिवाह बन्धनमा बाधिएका थिए । करिब १ दर्जन टेलिचलचित्र, त्यतिकै सख्यामा विज्ञापन र झण्डै ३६ वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका चन्द यो समय आफूलाई सुहाउदो जीवनसाथी समेत खोजिरहेकी छिन् ।
विवादित कसरी भने निखिल र संचिताको सम्बन्धले जुन सुकै सिमा नाघे पनि संचिताको सिउँदोमा निखिलले सिन्दुर हाल्न बाकी रहेको बुझिएको छ । तर एक स्रोतले दिएको जानकारी अनुसार संचिताले मुम्बईमा आफ्नो करिअर नदेखेपछी अब नेपाल फर्कने सोचाई बनाएकी छिन् तर निखिलले भने उनलाई त्यही बस्न बाध्य गराईरहेको बुझिएको छ ।
अझै पनि नेपाली चलचित्र उद्योगमा संचिताको माग बढेकाले उनलाई केही शुभ चिन्तकले नेपाल फर्कन आग्रह गरेपनि निखिलको नेपाल फर्कने कुनै आट नदेखाएपछी उनी आफू पनि त्यही बस्न बाध्य भएकी हुन । जीवन चलाउनलाई एक बुटिकमा काम गर्न सुरू गरेकी संचिताले यो समय निखिललाई दिन रात नेपाल फर्कन कर पनि गरिरहेकी छिन् तर त्यो करलाई निखिलले एउटा कानले सुन्दै अर्को कानले उर्डाईदिएको स्रोत बताउछ । स्रोत भन्छ ' निखिल फिल्ममा मात्र बहादुरी देखाउन माहिर, तर आफ्नै लाईफमा भने साह्रै डर छेरूवा ।'
४ बर्षको अन्तरालपछी एक महिनाका लागि बुधबार साँझ नेपाल फर्किएकी अभिनेत्री चन्दले बिहिबार फिल्मीखबरसंग विशेष कुराकानी गर्दै भनिन् 'बिवाह गर्ने सोच भएपनि भने जस्तो केटा पाएको छैन ।' सत्र बर्षीया छोरी दिब्यासंग अमेरिकाको बाल्टिमोरमा एक्लो जिवन बिताईरहेकी पुजाले २०४९ सालमा पति सुरज चन्दसंग भागी बिवाह गरेकी थिइन् । बिवाह भएको केही बर्षपछी अर्थात सन् सन् २०००मा आन्तरिक विवादका कारण पारपाचुके गरिकी नायिका चन्दले पछिल्ला बर्षहरूमा पति विना एक्लो जीवन विताईरहेकी हुन् । यो समय उनलाई कस्तो केटा चाहिएको छ त ? उत्तर दिईन 'माया गर्ने र केयरिङ्ग गर्ने ।'
आफ्नो दिनचर्या सामान्य शैलीमा अमेरिकामा बिताईरहेको बताउदै चन्दले छोरी दिब्या र सुरजको सम्बन्ध भने बाबु छोरीकै रहेको बताएकी छिन् । उनीहरूबीच एक अर्कामा कुराकानी पनि भईरख्ने पुजाको भर्नाइ छ । छोरीको कारण सुरजसंग सम्बन्ध पुनः जोडिन सक्छ कि सक्दैन भन्ने प्रश्नमा उनले भनिन् 'लोग्ने स्वास्नीको भन्दा पनि बाबु छोरीको सम्बन्ध भने कायम रहन्छ ।' यस्तै छोरीकै कारण अब उ तपाईको जीवनमा पुनः आउने सम्भावना छ कि छैन भन्ने अर्को प्रश्नमा पुजाले भनिन् । 'हि इज नट इन माई लाईफ । उसको आफ्नो लाईफ मेरो आफ्नै ।'
रेडियो नेपालमा कविता पढ्दै रेडियो नाटकमा अभिनय गर्दा गर्दै आफन्त मार्फत सुरजसंग पहिलो भेट भएपछी पुजाको प्रेम सुरजसंग भएको थियो र पछी उनीहरू बिवाह बन्धनमा बाधिएका थिए । करिब १ दर्जन टेलिचलचित्र, त्यतिकै सख्यामा विज्ञापन र झण्डै ३६ वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका चन्द यो समय आफूलाई सुहाउदो जीवनसाथी समेत खोजिरहेकी छिन् ।
संचिताले भनेको मान्दैनन् निखिल
एक बर्षयता नायिका संचिता लुइटेल र निखिल उप्रेती मुम्बईमा संघर्षरत छन् । प्रेम बिवाह भनिएको उनीहरूको सम्बन्ध बास्तबिक रूपमा पती पत्नीको हो वा हैन भन्ने बारेमा पनि आफै विवादित छ । विवादित कसरी भने निखिल र संचिताको सम्बन्धले जुन सुकै सिमा नाघे पनि संचिताको सिउँदोमा निखिलले सिन्दुर हाल्न बाकी रहेको बुझिएको छ । तर एक स्रोतले दिएको जानकारी अनुसार संचिताले मुम्बईमा आफ्नो करिअर नदेखेपछी अब नेपाल फर्कने सोचाई बनाएकी छिन् तर निखिलले भने उनलाई त्यही बस्न बाध्य गराईरहेको बुझिएको छ ।
अझै पनि नेपाली चलचित्र उद्योगमा संचिताको माग बढेकाले उनलाई केही शुभ चिन्तकले नेपाल फर्कन आग्रह गरेपनि निखिलको नेपाल फर्कने कुनै आट नदेखाएपछी उनी आफू पनि त्यही बस्न बाध्य भएकी हुन । जीवन चलाउनलाई एक बुटिकमा काम गर्न सुरू गरेकी संचिताले यो समय निखिललाई दिन रात नेपाल फर्कन कर पनि गरिरहेकी छिन् तर त्यो करलाई निखिलले एउटा कानले सुन्दै अर्को कानले उर्डाईदिएको स्रोत बताउछ । स्रोत भन्छ ' निखिल फिल्ममा मात्र बहादुरी देखाउन माहिर, तर आफ्नै लाईफमा भने साह्रै डर छेरूवा ।'
नवनायिकालाई एयर होस्टेस उपाधी
हाल पोष्टप्रोडक्सनको कार्यमा रहेको बद्री अधिकारी निर्देशित चलचित्र 'देशले रगत मागे' की नवनायिका काजोल खड्कालाई एयर होस्टेस उपाधी प्राप्त भएको छ । सिजन मिडियाको आयोजनामा शनिबार राजधानीमा आयोजना गरिएको मिस एयर होस्टेस २०१० प्रतियोगितमा सहभागी अन्य २१ प्रतियोगीलाई उछिन्दै काजोलले बेष्ट डेस अवार्ड सहित एयर होस्टेजको ताज जित्न सफल भएकी हुन्
। उनलाई पूर्व मिस नेपाल सुगारिका केसीले ताज पहिर्राईदिएकी थिइन् । एयर होस्टेजको ताज पहिरेपछी काजोललाई नगद रू ३५ हजार प्रदान गरिएको छ भने उनी अब अग्नी एयरमा परिचारिका समेत हुने पक्का भएको छ ।

दर्शकमाझ आईनसकेकी नवनायिका खड्काले अब कुनै पनि फिल्म नखेल्ने समेत फिल्मीखबरलाई प्रतिक्रिया दिएकी छिन् । एयर होस्टेस घोषणा भए लगत्तै अब हिरोईन बन्ने कि नबन्ने भन्ने प्रश्नमा उनले भनिन् 'अब आफ्नै प्रोफेशनलाई मात्रै अगाडी बढाउछु ।' यानकी काजोल अब नायिका भएर दर्शक माझ आउने छैनन् । अब उनले विमानमा रहेका यात्रुहरूको सेवा गर्ने छिन् फिल्मीखबर