HEALTH



दही स्वास्थ्यको लागि सारै राम्रो

नेपालीहरुले परापूर्वकालदेखि नै खाँदै आएको दही स्वास्थ्यको लागि सारै राम्रो गर्ने खाद्य पदार्थ हो । तर अहिले विस्तारै दही नेपालीहरुको भान्सामा हराउन थालेको छ । आधुनिकताको नाममा विस्तारै नेपालीहरुमा पनि जंक खानेकुराले आफ्ना परम्परागत खाने कुराहरुमा अतिक्रमण गरेको छ ।
गर्मिमा प्राय सबैले चिसो पदार्थ पिउने मन गर्नु स्वभाविक हो । यस्तो अवस्थामा परम्परागत रुपमा मही वा दहीको लस्सी पिउने चलन थियो । तर अहिले मही र दहीको लस्सीको ठाउँ कृत्रिम पेय पदार्थहरुले लिएको छ । यी कृत्रिम पेय पदार्थहरुले अहिले विभिन्न खालका समस्याहरु सिर्जना गरेका छन् ।
दही सजिलोसँग पच्ने खाद्य पदार्थ हो । हामी यसलाई खानाको साथमा अथवा खाना पछाडि पनि लिन सक्छौँ । फलफूलमा पनि मिसाएर खान सक्छौँ । तरकारी वा अचारमा मिसाएर पनि खान सक्छौँ । स्वास्थ्य विशेषज्ञहरुको अनुसार दहीले शरीरलाई रोगबाट टाढा राख्न मदत गर्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दछ । दहीमा हुने जिवाणु -ब्याक्टेरिया)ले शरीरमा हुने संक्रमणबाट सुरक्षित गर्दछ । दहीमा रहेको जिवाणुले श्वेत रक्त कोशिकामा पुगेर काम गर्छ जसले प्रतिरोध क्षमता कम हुँदा हुन सक्ने बिमारीबाट जोगाउँछ ।


दहीमा मिनरल र क्याल्सियमको मात्रा प्रशस्त रहेको हुन्छ । अस्ट्रियोपोरोसिसबाट पीडित विरामीलाई पनि दही खाने सल्लाह दिइन्छ । स्किम्ड दूधबाट बनेको दही मुटुको रोगीलाई पनि राम्रो हुने मानिन्छ । दहीमा कार्वोहाइडे्रट, प्रोटिन र क्याल्सियमको मात्रा पनि पाइन्छ ।
दही हरेक उमेर समूहको मानिसको लागि उपयोगी छ, तर बढी चिल्लो -फ्याट) भएको दही भन्दा अत्यन्त कम चिल्लो भएको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । घरमा बनाउन सकिएन भने पनि बेलायतमा पसलहरुमा पनि विभिन्न प्रकारका दही पाइन्छन् । यस्ता दही किन्दा खासगरी चिल्लो पदार्थ -फ्याट) कति छ भन्ने कुरा लेवलमा लेखिएको हुन्छ । त्यसलाई ध्यान दिएर आफ्नो परिवारमा यदि एकदमै कम चिल्लो भएको दही नै ठीक हुन्छ भनेदेखि एकदमै कम चिल्लो दही किन्नु राम्रो हुन्छ । अहिले बजारमा प्रोवायोटिक दही पनि किन्न पाइन्छ । अहिलेसम्मको अध्ययन अनुसार यो दही स्वास्थ्यको लागि लाभदायक छ भनिए पनि केही विवाद पनि रहेको छ ।
दहीको प्रयोग खाना बाहेक नेपालको कतिपय ठाउँमा औषधिको रुपमा पनि गरिन्छ । गानोगोलामा दहीमा बेसार घोलेर खाने गर्नु प्रायः नेपालभरि नै प्रचलित परम्परा हो । यसको वैज्ञानिक परीक्षण भएको छैन तर पनि यसले गानोगोला ठीक भएको अनुभव गर्नेहरु प्रसस्त पाइन्छन् । त्यस्तैगरी चायाँ हुनेहरुले कपालमा दही दल्ने र करीव आधा घण्टा राखेर नुहाउँदा चायाँ कम हुने गरेको पनि केहीको अनुभव रहेको बताउँछन् । खासगरी भारत र नेपालमा दही यसरी चायाँको घरेलु औषधिको रुपमा प्रयोग हुने गर्छ । यसको पनि वैज्ञानिक परीक्षण भने भएको छैन । अनुहारमा चमक ल्याउन दहीमा आँटा मिसाएर लगाउनेहरु पनि पाइन्छ तर यसको पनि वैज्ञानिक परीक्षण भने भएको छैन ।
दही खानामा हुनु अत्यन्त सही छ । त्यसैले कृत्रिम पेय पदार्थहरु घटाएर हामीले पुस्तौँ देखि खाँदै आएको दहीलाई त्यसको सट्टामा प्रयोग गर्‍यौँ भने धेरै समस्याहरुबाट हामीले मुक्ति पाउन सक्छौँ ।

स्वस्थ चुम्बन धेरै फाइदा


स्वस्थ चुम्बनले दम्पतीबीच 'बन्डिङ' मात्र बढाउँदैन, शरीरलाई स्वस्थ राख्नसमेत सहयोग गर्छ । विभिन्न अध्ययनहरूमा विशेषज्ञहरूले स्वस्थ चुम्बनका धेरै फाइदा बताएका छन् ।

तपाईं मान्नुस् या नमान्नुस्, एक मिनेटसम्म चुम्बनन गर्दा २६ क्यालोरी बढ्छ । बिहानबिहान आफ्नी श्रीमती वा प्रेमिकालाई चुम्बन गर्ने पुरुष आमव्यक्तिको तुलनामा पाँच वर्ष बढी बाँच्ने अध्ययनहरूमा उल्लेख छ ।

चुम्बन गर्दा अनुहारका ३० मांसपेसीको उपयोग हुन्छ । त्यसैले चुम्बन गर्दा अनुहारको मांसपेसी बलियो हुन्छ । अनुहार हत्तपत्त च्याउरी पर्दैन । रक्तसञ्चार सन्तुलित रहन्छ । छालाको चमकसमेत बढ्छ ।

विभिन्न अध्ययनले चुम्बनलाई मुटुको स्वास्थ्यका लागि राम्रो मानेका छन् । चुम्बनले एन्ड्रेनालाइनको विकास गर्छ, जसले बढी रगत पम्प गर्छ । यसो हुँदा मुटुको गतिविधि स्थिर रहन्छ । यसले कोलेस्ट्रोल कम हुनुका साथै रक्तचापलाई समेत सामान्य बनाइराख्छ । नियमित रूपले स्वस्थ चुम्बन लिने व्यक्तिलाई पेट, मूत्राशय र रगतसम्बन्धी संक्रमण हुने सम्भावना कम हुन्छ ।

अनुसन्धानहरूले स्वस्थ चुम्बनका बेला प्राकृतिक एन्टिबायोटिकको श्राव हुने उल्लेख गरेका छन् । यसले पीडाबाट राहत प्रदान गर्छ । चुम्बनले नकारात्मक ऊर्जा कम गरेर सकारात्मक ऊर्जा सञ्चार गर्छ । चुम्बनले आत्मविश्वास बढाउनेसमेत अध्ययनमा उल्लेख छ । चुम्बनको समय शरीरमा निस्किने 'आक्सिटोसिन' हार्मोनले शरीर तन्दुरुस्त राख्ने काम गर्छ ।

तर चुम्बन स्वस्थ हुनैपर्छ । चुम्बन गर्दा एकअर्कालाई विभिन्न संक्रमण, रोग सर्ने सम्भावना हुँदै हुनुहुन्न । यस्तै, चुम्बन दम्पतीबीच भए अत्यन्त राम्रो मानिन्छ । अथवा, दुवै व्यक्तिको सहमतिमा नै चुम्बन आदान-प्रदान हुनुपर्छ हो, बलजफ्ती होइन ।






Warning signs of a stroke

A mini-stroke is a medical emergency and needs to be dealt with immediately, yet many of us have never heard of them.

Mini-strokes, or transient ischaemic attacks (TIA), are caused by a temporary interruption of the blood flow to the brain, depriving it of oxygen. Most TIAs are usually caused by a blood clot in one of the arteries supplying blood to the brain.

Symptoms of a TIA are the same as a full blown stroke, but the big difference is that they are temporary and only last for a short time, anything from a few minutes to a day.

A TIA is the major warning sign that a full blown stroke may be on the way. Around one in five people who have a TIA go on to have a major stroke within four weeks.

Yet, too many people carry on as usual without getting the treatment urgently needed to prevent a future stroke. One study by Oxford University found that TIA patients were less likely to visit a doctor if their symptoms didn't last for long or if they occurred on a Friday, during the weekend or on holiday.

Each year around 65,000 people will have a TIA, according to a recent UK stroke audit. Stroke is the third biggest cause of death in the UK, after heart disease and cancer, and the leading cause of disability. A TIA should never be ignored, no matter how quickly you may recover from one.

If you had problems breathing and/or chest pain, you wouldn't think twice about dialling 999; you should react in the same way if you experience any of the symptoms of a TIA.

Stroke and mini-stroke warning signs (FAST signs)
•Face: facial weakness - can the person smile? Has their mouth or eye drooped?
•Arm: does it show weakness? - can the person raise both arms?
•Speech: problems - can the person speak clearly and understand what you say?
•Time: time to call 999
Other symptoms of a TIA or stroke include:

•Weakness, numbness, pins and needles on one side of the body - an arm, leg or face
•Blurred or disturbed vision in one or both eyes
•Sudden memory loss or confusion
•Slurred speech, or difficulty finding words



पाठेघरको क्यान्सर

पाठेघरको क्यान्सर महिला प्रजनन प्रणालीमा व्यापक रूपमा पाइने क्यान्सर हो। महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ। जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो।
महिला प्रजनन प्रणाली अत्यन्तै संवेदनशील, परविर्तनशील, हर्मोन तथा रसायनहरूको तीव्र प्रभावयुक्त हुने भएकाले पाठेघरको क्यान्सरबाहेक योनिको क्यान्सर, योनिद्वारको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि विद्यमान छन्। त्यस्तै, स्तनको क्यान्सर पनि अत्यन्तै ठूलो मात्रामा पाइने क्यान्सर हो। चेतनाको अभाव, आर्थिक-सामाजिक अवस्था तथा लाजका कारण धेरै महिलाहरू नियमित रूपमा प्रजनन प्रणालीको जाँच गर्दैनन्, जसले गर्दा उपचारको प्रभावकारतिा कम र मृत्युदर बढी हुन्छ। पाठेघरमा बाहिरी तह 'इन्डोमेटि्रयम' र भित्री मासुको तह 'मायोमेटि्रयम' हुन्छन्। जसमध्ये बाहिरी तहको क्यान्सर अर्थात् इन्डोमेटि्रयल क्यान्सर ९५ प्रतिशत र भित्री तह अर्थात् मायोमेटि्रयल क्यान्सर पाँच प्रतिशत मात्र हुन्छ। तसर्थ, पाठेघरको क्यान्सरलाई इन्डोमेटि्रयल क्यान्सर पनि भनिन्छ। पाठेघरमा असामान्य कोषहरूको वृद्धि भएपछि पाठेघर सुन्निने, मासु, फोका वा गुच्छाजस्तो पलाउने हुन्छ। क्यान्सरमा परण्िात नहुने फाइब्राइड, पोलिप्स आदि मृत्युको कारक हुँदैनन्, उपचार वा शल्यक्रियापछि निको हुन्छ र पुनः उम्रँदैनन्, वरपिर िअवयवका कोष तथा तन्तुलाई हानि गर्दैनन् र शरीरको अन्य भागमा फैलिँदैनन्। क्यान्सरमा परण्िात हुने फाइब्राइड, पोलिप्स आदि मृत्युको कारक हुन्छन्, शल्यक्रिया गरेर हटाए पनि पुनः वृद्धि हुन्छन्, नजिकका तन्तु तथा अंगहरूमा असर गर्छन् र शरीरको अन्य भागमा पनि फैलिन्छन्।

समयमै पाठेघरको क्यान्सरको निवारण नगरेमा पाठेघरका अर्बुद कोषहरू लिम्फ नलीमार्फत लिम्फ ग्रन्थिहरूमा पुग्छन्। त्यहाँबाट रक्तनली हुँदै फोक्सो, कलेजो, हड्डी तथा मस्ितष्कमा पुग्छन्।

४० वर्षभन्दा कम उमेरका महिलालाई पाठेघरको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ। ५० वर्ष उमेरमाथिका महिलाहरू अर्थात् रजोनिवृत्ति भएका महिलाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ र पाठेघरको क्यान्सर भएका महिलाहरूमध्ये ४० वर्षभन्दा बढी उमेरका महिलाहरू ९५ प्रतिशत हुन्छन्। महिनावारी बन्द भएपछि असामान्य रक्तश्राव भएमा पाठेघरको क्यान्सर लगभग सुनिश्चित हुन्छ। लामो समयसम्म 'इस्ट्रोजेन हर्मोन' मात्र सेवन गर्ने महिलाहरू, कहिल्यै गर्भवती नभएका महिलाहरू, जीवनकालमा सामान्यभन्दा धेरैपटक महिनावारी भएका महिलाहरू, ट्युमर/फाइब्राइड आदिको लामो समयसम्म शल्यक्रिया नगरेका महिलाहरू, वंशाणुगत कारण, अधिक मोटोपन आदि पाठेघरको क्यान्सरका प्रमुख कारक मानिएको छ। गर्भवती भएका महिलाहरू, परविार नियोजनका लागि मिश्रति हर्मोन -इस्ट्रोजेन र प्रोजेस्टेरोन) सेवन गर्ने महिलाहरू तथा स्वस्थ जीवनशैली अवलम्बन गर्ने महिलाहरू पाठेघरको क्यान्सरबाट अपेक्षाकृत रूपमा सुरक्ष्ाित हुन्छन्।

अमेरकिाजस्तो विकसित मुलुकमा त प्रतिवर्ष ४० हजार महिलालाई पाठेघरको क्यान्सर हुन्छ र प्रतिवर्ष ७ हजार ५ सय महिलाको यसैका कारण मृत्यु हुन्छ भने हाम्राेजस्तो स्वास्थ्य चेतना, परीक्षण एवं उपचार सेवाको विस्तार नभएको देशमा यो समस्या भूसको आगोजस्तै फैलिएको सहज अनुमान गर्न सकिन्छ।

पाठेघरमा अनियन्त्रित ट्युमर वा क्यान्सर भएमा क्यान्सरको फैलावटलाई रोक्न शल्यक्रियामार्फत पाठेघर फ्याँकिन्छ। पाठेघर फ्याँकेपछि बच्चा नभए पनि यौन जीवनलाई खासै फरक पर्दैन। पाठेघर बाहिर क्यान्सर हुने सम्भावना देखिएमा पाठेघरका साथै डिम्ब नली र डिम्बाशय पनि निकालिन्छ। त्यस्तै विकिरण, केमोथेरापी, प्रोजेस्टेरोन हर्मोनको प्रयोग, तल्लो पेटवरपिरकिा लिम्फग्रन्थी हटाउने आदि उपचार गरन्िछ। कडा विकिरण चिकित्साले ट्युमरलाई चाउरी पार्छ र क्यान्सर कोषको डीएनएलाई क्ष्ाति गर्छ, जसले अर्वुद कोषहरूको वृद्धि हुन सक्दैन। त्यस्तै केमोथेरापीको प्रयोगले वृद्धि भइरहेका अर्बुद कोषहरूलाई शीघ्र हटाउँछ।

पाठेघरको क्यान्सरको यकिन कारण हालसम्म पत्ता लागेको छैन, त्यसकारण रोकथाम कठिन छ। हामीलाई थाहा भएका सम्भावित कारणहरू र हानिकारक तत्त्वहरू त्यागेर रोकथामको प्रयास गर्ने हो। संक्रमणको समयमै उपचार, सन्तुलित आहारविहार, सुरक्ष्ाित यौन अभ्यास, धुम्रपान त्याग, नियमित रूपमा योनिश्रावको परीक्षण, शारीरकि अभ्यास, लाक्षणिक उपचार, मनोवैज्ञानिक सहयोग, क्यान्सरका बारेमा जनचेतना विस्तारजस्ता उपायहरूले रोग प्रतिरोधात्मक शक्ति तथा मनोबल वृद्धि हुन्छ। समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट ८४ प्रतिशत बाँच्ने सम्भावना हुन्छ। पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्छन् भने सुरुको अवस्थामा निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ। हाम्राेजस्तो अविकसित, स्वास्थ्य चेतना एवं सेवा केन्द्रीकृत भएको मुलुकमा कमसेकम प्रत्येक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड र योनिश्रावको जाँच गर्ने न्यूनतम व्यवस्था भएमा पाठेघरको क्यान्सरको समयमै निदान भएर महिलाको मृत्युदर घट्ने सुनिश्चित छ। आधारभूत स्वास्थ्य सेवा जनताको नैसर्गिक अधिकार हो भन्ने मान्यतालाई स्थापित गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूबीच समन्वय गरेर एकीकृत अभियान सञ्चालन गरेमा पाठेघरको क्यान्सरबाट लाखौँ महिलालाई जीवनदान हुने थियो।

सामान्य लक्षणहरू

९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ। महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो ः कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ। त्यस्तै महिनामा दुई-तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि।

रजोनिवृत्ति भइसकेपछि रक्तश्राव हुनु।

यौन सम्पर्कको समयमा बढी पीडा हुनु।

तल्लो पेट दुख्ने, सुन्निने तथा हावा भरएिजस्तो हुनु।

मूत्रत्यागपछि मूत्राशयमा पीडा र गाह्रो अनुभव हुनु।

शारीरकि तौल अस्वाभाविक रूपमा घट्नु वा बढ्नु।

लामो समय रक्तश्रावका कारण रक्तअल्पता हुनु।

पाठेघरको क्यान्सरको अवस्था

पहिलो अवस्था ः क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।

दोस्रो अवस्था ः पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।

तेस्रो अवस्था ः क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।

चौथो अवस्था ः क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।

जाँचपडताल

चिकित्सकद्वारा योनि, योनिद्वार, पाठेघरको मुख तथा पाठेघरको आकार, प्रकार एवं अवस्था परीक्षण।

अल्ट्रासाउन्ड -ट्रान्सभेजिनल)।

पाठेघरको मासुको बायोप्सी जाँच।

एमआरआई।

छातीको एक्स रे -फोक्सोमा ट्युमर पत्ता लगाउन)।

कोलोनोस्कोजी परीक्षण।

शल्यक्रिया वा क्युरेट गरेर परीक्षण।

सीटी स्क्यान आदि।

कारण/कारक तत्त्वहरू

वैज्ञानिकहरूले पाठेघरको क्यान्सरको ठोस कारण पत्ता लगाउन नसके पनि हालसम्मको अनुसन्धानबाट निम्नलिखित कारक तत्त्वहरू प्रमाणित गरेका छन् ः

लामो समयसम्म एक्ट्रोजेन हर्मोन मात्र सेवन गर्ने महिलाहरूमा।

मोटोपना ः शरीरमा भएको अत्यधिक बोसोले अन्य महिलाको तुलनामा ३ देखि १० गुणा हर्मोनको उत्पादन हुन्छ।

पारविारकि इतिहास ः आमा, दिदी, बहिनी तथा छोरीलाई क्यान्सर भएमा।

कहिल्यै गर्भवती नभएका महिला तथा ३५ वर्षपछि गर्भवती भएका महिलाहरूमा।

महिनावारी १२ वर्ष पहिले सुरु भएका र रजोनिवृत्ति ५५ वर्षपछि भएका महिलाहरूमा।

स्तन, डिम्बाशय वा आन्द्राको क्यान्सर भएका महिलाहरूमा।

स्तन क्यान्सरको उपचारका लागि लामो समयसम्म टामोक्सिफेन औषधी प्रयोग गररिहेका महिलाहरूमा।

पाठेघरको भित्री तह असामान्य रूपमा वृद्धि भएमा।

मधुमेह तथा उच्च रक्तचाप भएमा।

तल्लो पेटमा बारम्बार विकिरण -एक्स रे औषधी)को प्रयोग भएमा।

धेरै धुम्रपान गर्ने महिलाहरूमा।

ह्युमन पापिलोमा भाइरस, एचआईभी/एड्स वा अन्य निरन्तर संक्रमण भइरहेमा।

पाठेघरमा लामो समयसम्म ट्युमर फाइब्राइड आदि भएमा।

एस्ट्रोन प्रतिस्थापन उपचार निरन्तर गरेमा।
रोकथाम

नियमित स्वास्थ्य परीक्षण गर्ने।

तौल घटाउने।

सन्तुलित आहारको सेवन गर्ने।

कम चिल्लो र बढी रेसायुक्त खाना खाने।

धुम्रपान नगर्ने।

नियमित व्यायाम गर्ने।

तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने

स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने।

अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्‍याउने।

चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने।

 
 

कम्प्युटर भाइरसले मानिसलाई पनि असर गर्ने

कम्प्युटरमा भाइरस लागेर हैरान हुनुभएको छ भने अब झन् चिन्ताको विषय थपिएको छ । हालसालै गरिएको एक अनुसन्धानले अब कम्प्युटर भाइरसले कम्प्युटर मात्र प्रभावित नभई मानिस पनि प्रभावित हुने कुरा देखाएको छ । कम्प्युटरमा भाइरसले असर गरेपछि मानिसमा आउने तनाबले मात्र होइन, यसले मानिसको शरीरलाई नै प्रत्यक्ष असर गर्ने केही अनुसन्धानकर्ताको चेतावनी छ । कम्प्युटरको हार्डवेयरमै हालिने भाइरसका कारण मानिसको शरीरलाई असर गर्ने र यो प्रविधि निकट भविष्यमा बजारमा आइपुग्ने कुरा अनुसन्धानकर्ताले बताएका छन् ।बेलायती विश्लेषक मार्क गेसनले हालै गरेको अध्ययनअनुसार, भाइरस लागेका चिपयुक्त कम्प्युटर बजारमा आउन थालेको र त्यस्ता कम्प्युटरले मानव स्वास्थ्यमा समेत असर गर्ने तथ्य सार्वजनिक गरेका छन् । 'पछिल्लो समयमा बनेका अधिकांश प्रविधिगत सामग्री निकै साना आकारका छन् । र, यदि कसैले हार्डवेयरमा लुकाएर भाइरस आक्रमण गर्न चाह्यो भने त्यसले निकै ठूलो क्षति गराउन सक्छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'त्यसैले नयाँ प्रविधि बजारमा ल्याइँदा यस्ता विषयमा ध्यान दिन आवश्यक छ ।'

कम्प्युटरको नियन्त्रणमा चलाइने ठुल्ठूला बिल्डिङका एक्सेस सिस्टममा यदि भाइरसले आक्रमण गर्‍यो भने त्यतिवेला बिल्डिङभरिका मानिसको ज्यान जोखिममा हुने पनि अनुसन्धानले देखाएको छ । र, एउटा हाते बटनयुक्त कुनै सामग्रीको उत्पादनले त्यस्तो गर्न मिल्ने चेतावनी पनि उनले दिएका छन् । साइबर क्रिमिनलले मानिसको शरीरभित्र भाइरस छिराउने नयाँ प्रविधि पत्ता लगाउन सक्ने भएकाले यस विषयमा सतर्क रहन मार्कले सुझाब दिएका छन्


तनाबबाट मुक्त पार्छ गुलियो चियाले

कामको व्यस्तता तथा अन्य कारणले तनाबको सामना गरिरहनुभएको छ भने अब खुसी हुनुहोस् । हालै गरिएको एक नयाँ अनुसन्धानले तनाबबाट मुक्ति पाउन गुलियो चियाको सेवन गरे फाइदा गर्ने तथ्य सार्वजनिक गरेको छ ।

न्यू साउथ वेल्स र क्विन्सल्यान्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले कुनै पनि व्यक्ति तनाबमा छ र काममा ध्यान दिन सकेको छैन भने गुलियो चियाको सेवन गरी थोरै आराम गरेपछि उसको तनाब हराएर जाने तथ्य पत्ता लगाएका छन् ।

अस्टे्रलियका मनोवैज्ञानिकले गरेको अध्ययनअनुसार, गुलियो चियाको सेवनका कारण प्राप्त हुने शक्तिले दिमागमा सन्तुलन कायम राख्ने भएका कारण मानिस तनाबबाट मुक्त हुनेछन् । अनुसन्धानकर्ताले विभिन्न व्यक्तिलाई छुट्टाछुट्टै प्रकृतिका चिया सेवन गर्न दिएका थिए । कागती मिसाइएको, गुलियो मात्र राखिएको, चिनी राखेर बनाइएको साधारण चिया तथा अन्य गुलियो पदार्थ राखेर बनाइएको चिया सेवन गर्न दिइएको थियो । जसमा चिनी हालेर बनाइएको चिया सेवन गर्ने व्यक्ति छिटो तनाबबाट मुक्त भएर काममा ध्यान दिइएको पाइएको थियो । 'कार्यालयको काममा व्यस्त भएका र तनाबमा रहेका व्यक्तिमा गरिएको अध्ययनमा कागती भएको चिया सेवन गर्नेको तुलनामा गुलियो चिया सेवन गर्नेको तनाब छिटो कम भएको पाइयो,' अनुसन्धानको प्रतिवेदनमा भनिएको छ ।

अध्ययनले तनाबमा रहेका व्यक्तिमा गुलियो चियाको सेवनले गर्दा मस्तिष्कमा आवश्यक ग्लुकोज तथा अन्य शक्तिको मात्रा पुर्‍याउन सहयोग गर्ने र मस्तिष्कलाई आराम प्रदान गर्ने भएकाले गुलियो चिया सेवन गर्ने तनाबबाट मुक्त हुन पुगेको निष्कर्ष निकालेको छ ।



वर्षमा सत्र सय बढीको मुटुको शल्यक्रिया
पोखरा। नेपालका सरकारी तथा निजी अस्पतालबाट बर्सेनि एक हजार ७०० जना भन्दा बढीको मुटुको शल्यक्रिया हुने गरिएको छ । तीमध्ये सहिद गङ्गालाल हृदय केन्द्रमा एक हजार ३००, मनमोहन मेमोरियल अस्पतालमा २००, वीर अस्पतालमा १०० तथा निजीतर्फ नर्भिक अस्पतालमा ५० र मेडिकेयर अस्पतालमा ५० जनाको मुटुको शल्यक्रिया गर्ने गरिन्छ ।
नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले हालसम्म १० हजार मुटु रोगीको सफल शल्यक्रिया गरिसक्नुभएको छ । उहाँंले २६ जना गरिब र असहाय मुटुरोगीको निःशुल्क उपचार गर्नुभएको जयन्ती स्मृति प्रतिष्ठानको आयोजना तथा पद्म नरसिंहहोम हृदय सेवा विभागको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्रा डा फ्रीड ग्रोभर, डा रोब क्वाईफ र नेपालका मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले मुटुरोगको शल्यक्रिया प्रक्रिया, शल्यक्रियापछि नवजीवन प्राप्त मानिसहरूको अवस्थाको बारेमा जानकारी गराउनुभयो ।
उहाँहरूले मुटुरोग निकै खर्चिलो, समयमै उपचार हुन नसके ज्यान समेत जान सक्ने भएकोले मानिसहरूले मुटुलाई सधै स्वस्थ राख्न, खानपिन र बानी व्यहोरामा ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व राजदूत डा सिंहबहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुटुरोग विशेषज्ञ डा नारायण गौतम, प्रतिष्ठानका सचिव सिर्जना रानाले मुटुरोगबाट बच्न प्रतिष्ठानले समयसमयमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

निद्रा लगाउने औषधि छाड्नूस् चमेली फूलको बास्ना लिनूस्

 अनिद्राका कारण पीडितले आरामको निद्राका लागि निद्रा लगाउने औषधि, योग तथा अनेक प्रयास गर्ने गरेका छन् । तर, अब उनीहरूले आरामदायी निद्राका लागि कुनै औषधि तथा योगको प्रयास गर्नै पर्दैन । किनभने, वैज्ञानिकहरूले हालै अनिद्राबाट पीडितका लागि चमेली फूल निकै लाभदायी हुने बताएका छन्

जर्मन वैज्ञानिकहरूले गरेको अध्ययनले अनिद्राका सिकार भएका व्यक्तिले चमेली फूलको बास्ना लिएमा आरामको निद्रा लाग्ने तथा त्यसले उनीहरूको शरीरमा नकारात्मक असर नगर्ने तथ्य देखाएको छ । चमेली फूलको बास्नाले निद्रा लगाउने औषधिको नकारात्मक प्रभावबाट बचाउने र मानिसलाई चैनको निद्रा दिने वैज्ञानिकहरूले बताएका छन् ।
बायोलोजिकल क्यामेस्ट्रीमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनअनुसार चमेलीको बास्ना लिँदा दिमागमा हुने आणविक हलचलको तनाबलाई कम गरी मानिसलाई आरामको निद्रा दिन सहयोग गर्छ ।
डुसलडार्फस्थित हाइनरिस विश्वविद्यालय र बोखुममा रहेको रुहर विश्वविद्यालयका वैज्ञानिकहरूले संयुक्त रूपमा गरेको सो अनुसन्धानले अनिद्राका सिकार व्यक्तिलाई चमेली फूलको बास्नाले आरामदायी निद्रा दिनुका साथै नियमित निद्राको औषधि सेवन गर्नुपर्ने लतबाट जोगाउने नयाँ जानकारी पत्ता लगाएका हो । 'निद्राको औषधि र चमेली फूलको बास्नाले दिमागमा गर्ने रासायनिक प्रक्रिया एकै हो,' प्रतिवेदनमा भनिएको छ, 'तर, निद्राको औषधिले नकारात्मक असर गर्छ भने चमेलीको बास्नाले कुनै नकारात्मक असर देखाउँदैन ।'
अनुसन्धानका नेतृत्वकर्ता प्रो हेस हाटका अनुसार मानिसमा चमेली फूलको बास्नाको परीक्षण गर्नुपूर्व मुसामा अनुसन्धान गरिएको थियो । 'मुसामा यसको राम्रो प्रभाव देखिएपछि मानिसमा यसको परीक्षण गरिएको हो,' उनले भने, 'मानिसमा पनि यसले सकारात्मक प्रभाव देखाएकाले हामीले सबैलाई निद्राको गोलीभन्दा चमेली फूलको बास्ना प्रभावकारी हुने सुझाब दिन थालेका छौँ ।'

 

पाठेघरको क्यान्सर


स्वस्थ चुम्बनले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ

गर्मिमा प्राय सबैले चिसो पदार्थ पिउने मन गर्नु स्वभाविक हो । यस्तो अवस्थामा परम्परागत रुपमा मही वा दहीको लस्सी पिउने चलन थियो । तर अहिले मही र दहीको लस्सीको ठाउँ कृत्रिम पेय पदार्थहरुले लिएको छ । यी कृत्रिम पेय पदार्थहरुले अहिले विभिन्न खालका समस्याहरु सिर्जना गरेका छन् ।
दही सजिलोसँग पच्ने खाद्य पदार्थ हो । हामी यसलाई खानाको साथमा अथवा खाना पछाडि पनि लिन सक्छौँ । फलफूलमा पनि मिसाएर खान सक्छौँ । तरकारी वा अचारमा मिसाएर पनि खान सक्छौँ । स्वास्थ्य विशेषज्ञहरुको अनुसार दहीले शरीरलाई रोगबाट टाढा राख्न मदत गर्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दछ । दहीमा हुने जिवाणु -ब्याक्टेरिया)ले शरीरमा हुने संक्रमणबाट सुरक्षित गर्दछ । दहीमा रहेको जिवाणुले श्वेत रक्त कोशिकामा पुगेर काम गर्छ जसले प्रतिरोध क्षमता कम हुँदा हुन सक्ने बिमारीबाट जोगाउँछ ।
दहीमा मिनरल र क्याल्सियमको मात्रा प्रशस्त रहेको हुन्छ । अस्ट्रियोपोरोसिसबाट पीडित विरामीलाई पनि दही खाने सल्लाह दिइन्छ । स्किम्ड दूधबाट बनेको दही मुटुको रोगीलाई पनि राम्रो हुने मानिन्छ । दहीमा कार्वोहाइडे्रट, प्रोटिन र क्याल्सियमको मात्रा पनि पाइन्छ ।
दही हरेक उमेर समूहको मानिसको लागि उपयोगी छ, तर बढी चिल्लो -फ्याट) भएको दही भन्दा अत्यन्त कम चिल्लो भएको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । घरमा बनाउन सकिएन भने पनि बेलायतमा पसलहरुमा पनि विभिन्न प्रकारका दही पाइन्छन् । यस्ता दही किन्दा खासगरी चिल्लो पदार्थ -फ्याट) कति छ भन्ने कुरा लेवलमा लेखिएको हुन्छ । त्यसलाई ध्यान दिएर आफ्नो परिवारमा यदि एकदमै कम चिल्लो भएको दही नै ठीक हुन्छ भनेदेखि एकदमै कम चिल्लो दही किन्नु राम्रो हुन्छ । अहिले बजारमा प्रोवायोटिक दही पनि किन्न पाइन्छ । अहिलेसम्मको अध्ययन अनुसार यो दही स्वास्थ्यको लागि लाभदायक छ भनिए पनि केही विवाद पनि रहेको छ ।
दहीको प्रयोग खाना बाहेक नेपालको कतिपय ठाउँमा औषधिको रुपमा पनि गरिन्छ । गानोगोलामा दहीमा बेसार घोलेर खाने गर्नु प्रायः नेपालभरि नै प्रचलित परम्परा हो । यसको वैज्ञानिक परीक्षण भएको छैन तर पनि यसले गानोगोला ठीक भएको अनुभव गर्नेहरु प्रसस्त पाइन्छन् । त्यस्तैगरी चायाँ हुनेहरुले कपालमा दही दल्ने र करीव आधा घण्टा राखेर नुहाउँदा चायाँ कम हुने गरेको पनि केहीको अनुभव रहेको बताउँछन् । खासगरी भारत र नेपालमा दही यसरी चायाँको घरेलु औषधिको रुपमा प्रयोग हुने गर्छ । यसको पनि वैज्ञानिक परीक्षण भने भएको छैन । अनुहारमा चमक ल्याउन दहीमा आँटा मिसाएर लगाउनेहरु पनि पाइन्छ तर यसको पनि वैज्ञानिक परीक्षण भने भएको छैन ।
दही खानामा हुनु अत्यन्त सही छ । त्यसैले कृत्रिम पेय पदार्थहरु घटाएर हामीले पुस्तौँ देखि खाँदै आएको दहीलाई त्यसको सट्टामा प्रयोग गर्‍यौँ भने धेरै समस्याहरुबाट हामीले मुक्ति पाउन सक्छौँ ।



नेपालीहरुले परापूर्वकालदेखि नै खाँदै आएको दही स्वास्थ्यको लागि सारै राम्रो गर्ने खाद्य पदार्थ हो । तर अहिले विस्तारै दही नेपालीहरुको भान्सामा हराउन थालेको छ । आधुनिकताको नाममा विस्तारै नेपालीहरुमा पनि जंक खानेकुराले आफ्ना परम्परागत खाने कुराहरुमा अतिक्रमण गरेको छ ।
गर्मिमा प्राय सबैले चिसो पदार्थ पिउने मन गर्नु स्वभाविक हो । यस्तो अवस्थामा परम्परागत रुपमा मही वा दहीको लस्सी पिउने चलन थियो । तर अहिले मही र दहीको लस्सीको ठाउँ कृत्रिम पेय पदार्थहरुले लिएको छ । यी कृत्रिम पेय पदार्थहरुले अहिले विभिन्न खालका समस्याहरु सिर्जना गरेका छन् ।
दही सजिलोसँग पच्ने खाद्य पदार्थ हो । हामी यसलाई खानाको साथमा अथवा खाना पछाडि पनि लिन सक्छौँ । फलफूलमा पनि मिसाएर खान सक्छौँ । तरकारी वा अचारमा मिसाएर पनि खान सक्छौँ । स्वास्थ्य विशेषज्ञहरुको अनुसार दहीले शरीरलाई रोगबाट टाढा राख्न मदत गर्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दछ । दहीमा हुने जिवाणु -ब्याक्टेरिया)ले शरीरमा हुने संक्रमणबाट सुरक्षित गर्दछ । दहीमा रहेको जिवाणुले श्वेत रक्त कोशिकामा पुगेर काम गर्छ जसले प्रतिरोध क्षमता कम हुँदा हुन सक्ने बिमारीबाट जोगाउँछ ।


दहीमा मिनरल र क्याल्सियमको मात्रा प्रशस्त रहेको हुन्छ । अस्ट्रियोपोरोसिसबाट पीडित विरामीलाई पनि दही खाने सल्लाह दिइन्छ । स्किम्ड दूधबाट बनेको दही मुटुको रोगीलाई पनि राम्रो हुने मानिन्छ । दहीमा कार्वोहाइडे्रट, प्रोटिन र क्याल्सियमको मात्रा पनि पाइन्छ ।
दही हरेक उमेर समूहको मानिसको लागि उपयोगी छ, तर बढी चिल्लो -फ्याट) भएको दही भन्दा अत्यन्त कम चिल्लो भएको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । घरमा बनाउन सकिएन भने पनि बेलायतमा पसलहरुमा पनि विभिन्न प्रकारका दही पाइन्छन् । यस्ता दही किन्दा खासगरी चिल्लो पदार्थ -फ्याट) कति छ भन्ने कुरा लेवलमा लेखिएको हुन्छ । त्यसलाई ध्यान दिएर आफ्नो परिवारमा यदि एकदमै कम चिल्लो भएको दही नै ठीक हुन्छ भनेदेखि एकदमै कम चिल्लो दही किन्नु राम्रो हुन्छ । अहिले बजारमा प्रोवायोटिक दही पनि किन्न पाइन्छ । अहिलेसम्मको अध्ययन अनुसार यो दही स्वास्थ्यको लागि लाभदायक छ भनिए पनि केही विवाद पनि रहेको छ ।
दहीको प्रयोग खाना बाहेक नेपालको कतिपय ठाउँमा औषधिको रुपमा पनि गरिन्छ । गानोगोलामा दहीमा बेसार घोलेर खाने गर्नु प्रायः नेपालभरि नै प्रचलित परम्परा हो । यसको वैज्ञानिक परीक्षण भएको छैन तर पनि यसले गानोगोला ठीक भएको अनुभव गर्नेहरु प्रसस्त पाइन्छन् । त्यस्तैगरी चायाँ हुनेहरुले कपालमा दही दल्ने र करीव आधा घण्टा राखेर नुहाउँदा चायाँ कम हुने गरेको पनि केहीको अनुभव रहेको बताउँछन् । खासगरी भारत र नेपालमा दही यसरी चायाँको घरेलु औषधिको रुपमा प्रयोग हुने गर्छ । यसको पनि वैज्ञानिक परीक्षण भने भएको छैन । अनुहारमा चमक ल्याउन दहीमा आँटा मिसाएर लगाउनेहरु पनि पाइन्छ तर यसको पनि वैज्ञानिक परीक्षण भने भएको छैन । दही खानामा हुनु अत्यन्त सही छ । त्यसैले कृत्रिम पेय पदार्थहरु घटाएर हामीले पुस्तौँ देखि खाँदै आएको दहीलाई त्यसको सट्टामा प्रयोग गर्‍यौँ भने धेरै समस्याहरुबाट हामीले मुक्ति पाउन सक्छौँ ।
दही स्वास्थ्यको लागि अति राम्रो