भोला बिक्रम राई- स्विन्डन
विश्वमा बिद्यमान लैङ्गीक बिभेदको अन्त्य गर्दै समानता मूलक समाजको स्थापना गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्र संघको पहलमा प्रत्येक बर्ष मार्च ८ मा बिश्वब्यापी नारी दिवश मनाईदै आएको छ । यसै सन्दर्भमा नेपाली समाज विल्शायर, स्विन्डन- महिला उपसमितीले पनि यहि २८ फेब्रुरी २०१५ सनिवारको दिन वालकोट
कम्युनिटी सेन्टर स्विन्डनमा पहिलो चोटी १०५औ अन्तराष्ट्रिय नारी दिवस भब्यताको साथ मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज विल्शायरका अध्यक्ष राजन क्षेत्री र कार्यक्रमका बिशेष अतिथि समाजका उपाध्यक्ष कोपिला सुब्बाले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता नेपाली समाज विल्शायरका महिला विभाग संयोजक बिष्णु सिरिस गर्नु भएको थियो । उक्त कार्यक्रममा अन्य अतिथिहरुमा
बरिष्ठ संचारकर्मी खेम गुरुङ, नेपाली समाजका विल्शायर स्विन्डनका उपाध्यक्ष बल्लव गुरु, सचिव खगेन्द्र गौचन, कोषाध्यक्ष कल्पना राई, सहकोषाध्यक्ष बिना राई, सल्लाहकार राम कुमार सिं थेवे, जेष्ठ नागरिक उप समितीका अध्यक्ष टिका बहादुर गुरुङ , जेष्ठ नागरिक बिभाग संयोजक लाल सुन्दर राई, युवा बिभाग प्रमुख भुवन गुरुङ, जन सम्पर्क प्रमुख आशा लिम्बु, खेलकूद बिभाग प्रमुख तथा याक्थुङ चुम्लुङ स्विन्डन शाखाका अध्यक्ष राजु लिम्बु, किराँत राई यायोक्खा स्विन्डनका अध्यक्ष शिव प्रशाद राई, सचिव टंग राई "साईला" , दिलु गुरुङ, गुरुङ समाज महिला समितीको तर्फ बाट पूर्ण गुरुङ, मगर संघ महिला समितीका गंगा थापा लगायत हुनुहुन्थ्यो ।
पहिलो औपचारिक कार्यक्रममा शुभकामना आदनप्रदान तथा सो दिवसको बारेमा बिभिन्न चर्चा गरिएको थियो । सो कार्यक्रममा महिला बिभाग उपप्रमुख चन्द्रकला लिम्बुले स्वागत मन्तब्य गर्नु भएको थियो भने नेपाली समाज विल्शायर महिला समितिका तर्फ बाट मनु पाईजा, समाजका उपाध्यक्ष बल्लव गुरुङ, आशा लिम्बु, बरीष्ठ संन्चारकर्मी खेम गुरुङ, जेष्ठ नागरिक बिभाग संयोजक लाल सुन्दर राई, समाजका सल्लाहकार राम कुमार सिं थेबे, जेष्ठ नागरिक अध्यक्ष टिका बहादुर गुरुङ, दिलु गुरुङ, कृष्ण लिम्बु समाजका उपाध्यक्ष कोपिला सुब्बा, अध्यक्ष राजन क्षेत्रि लगायतले शुभकामना मन्तव्य तथा विश्व नारी दिवसको बारेमा बिभिन्न चर्चा गर्नु भएको थियो । मन्तब्यको क्रममा नेपाली समाज विल्शायरका उपाध्यक्ष बल्लव गुरुङले नारीहरुले अवसर पाए जस्तो सुकै काम गर्न सक्ने बताउनु भयो । उहाँले- स्विन्डनका नेपाली समुदायका नारीहरुमा नेत्रित्व बिकास होस् भन्ने अभिप्रायले नेपाली समाज विल्शायरको कार्य समिती भित्र एकजना महिला उपाध्यक्ष पद छुट्याईएको बताउनु भयो ।
त्यसै गरी समाजका सल्लाहकार राम कुमार सिं थेबेले नारीहरु कसैको भर नपरी आफै हरेक काम गर्न अग्रसर हुनु पर्ने बताउनु भयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै बरीष्ठ संचारकर्मी खेम गुरुङले विश्वमा बिभिन्न खाले बिकासहरु सङ्गै नारीहरु माथि हुने शोषण र भेदभावका फरक रुपहरुको पनि बिकास भईहेको चर्चा गर्नु भयो । उहाँले यस्का अन्त्यका लागि नारिहरु स्वयं जागरुक हुनुपर्ने बताउनु भयो । नेपाली समाजका उपाध्यक्ष कोपिला सुब्बाले २१औ सताब्दीको चेतनाको युगमा पनि नारीहरु माथि बिभिन्न प्रकारका भेदभावहरु बिद्यमान रहेको चर्चा गर्नु भयो । मन्तव्यको क्रममा उहाँले भन्नु भयो,"नेपालमा अझै पनि दाईजो नल्याएको निहुँमा धेरै चेलीहरुलाई जिउदै जलाइदै छ, निर्दोष चेलीहरुको अनुहारमा एसिड फ्याकिदैछ र असङ्ख्यौ चेलीहरु अझै पनि बम्बैको कोठिमा बेचिदैछ । यी कुराहरुले अझै पनि नारीहरुलाई हाम्रो पुरुष प्रधान समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको तथ्यलाई उज्गार गरिरहेको छ र यस्ता तमाम् नारी माथि भईरहेको हिंसा र विभेदहरुको अविलम्ब अन्त्य हुनु पर्छ ।" कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली समाज विल्शायरका अध्यक्ष राजन क्षेत्रीले १०५औ बिश्व नारी दिवशको उपलक्ष्यमा बिश्वका समस्त नारीहरुलाई शुभकामना दिनु हुदै कतिपय अबस्थामा नारी बाटै नारी पिडीत बनिरहेको तथ्यलाई औल्याउनु भयो । उहाँले नारीले नै नारीको पिडा र संवेदनालाई बुझ्न सके अहिले समाजमा नारी माथि भईरहेको अत्याचारहरु र विभेदहरु स्वत: घटेर जाने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा समाजका महिला बिभाग प्रमुख बिष्णु सिरिसले पहिलो औपचारिक कार्यक्रमको अन्त्य गर्नु हुदै सो कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । साथै उहाँले स्विन्डनका दिदीबहिनीहरुको नेतृत्व बिकासका लागी निकट भबिष्यमा बिभिन्न कार्यक्रमहरु गर्ने, स्विन्डनका दिदीबहिनीहरुको लागी विविध सिर्जनात्मक तथा रचनात्मक कार्यहरु गर्ने र नेपालका दु:खि तथा असहाय महिलाहरुको लागी बिभिन्न सहयोग गर्ने महिला उपसमितीको आगामी योजनाहरु रहेको बताउनु भयो । सो औपचारिक कार्यक्रम उपसमितीको सचिव बिमला बोखिमले सन्चालन गर्नु भएको थियो । पहिलो चरणको कार्यक्रमको समापन पछि दोस्रो चरणमा कविताहरु बाचन गरिनुका अलावा बिविध सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा लाल सुन्दर राई, राजन क्षेत्री, चन्द्रकला लिम्बु र भोला बिक्रम राईले कविता बाचन गर्नु भएको थियो भने रसिता लिम्बु, कल्पना लिम्बु, सुधा लिम्बु, रेणुका लिम्बु, लिला लिम्बु र आशा लिम्बुले "भन्छन् कोही जिन्दगी यो" बोलको गीतमा सामूहिक नृत्य प्रस्तुत गरेको थियो ।
कल्पना राई, सुष्मिता राई र एकताले "कलियाका चमन" ; सनिक्षा गुरुङ- माईती घर र मिता गुरुङ- मनकी चरी उडि उडि बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी रसिता लिम्बुले मिठो गीत- मलाई बाँसुरीले रुवायो प्रस्तुत गरेकी थिईन् । सो सांस्कृतिक कार्यक्रमको चन्द्रकला लिम्बु, पूर्ण गुरुङ र मिता गुरुङले सन्चालन गरेको थियो ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
No comments:
Post a Comment