लेखिन्छ
आफ्नै जीवनका भोगाइ परेर लेखिन्छ
पत्तै हुँदैन यी "गजल" कतिखेर लेखिन्छ
कहिले काँही सात समुन्द्र तरेको हुन्छु
हो म मेरो देश लेख्छु अनि माटो लेख्छु
हृदयको गहिराइसम्म नै पुगेर लेखिन्छ
धेरैको पिडासंग मेरो पिडा मिल्दो रहेछ
शव्दरुपी सप्तरंगी माला जोडेर लेखिन्छ
शाधुसन्त बनियो सत्जन पनि बनियो
पख्नुस् आज पक्का पागल बनेर लेखिन्छ
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
बेची दिन्छु
डाहा लागे दुनियाँलाई जातै बेची दिन्छु
जन्म मृत्यु एक्लै आखिर नातै बेची दिन्छु
आज आफ्नै बन्ने पनि भोली पराइ हुन्छन्
उनको याद दिलाउने यो रातै बेची दिन्छु
राम्रो बोल्दा उल्टो सुन्छन सबै मेरो बचन्
एक्लै बस्छु मौनतामा बरु बातै बेची दिन्छु
जहाँ जाँउ दुख मात्रै भागमा परिदिन्छ
भाग्यरेखा नकोरिएका हातै बेची दिन्छु
सुर्य खत्री "घायल"
सौल ~ दक्षिण कोरिया
दशैं गजल
हे मेरी आमा गरीबको घर के दसैँ आयोर?
ऋणको भारी शिरमा बोकी उमङ्ग छायोर?
तुषारो अनि कुहिरो डम्म ऋणले थिचेर।
चिन्ताले गला रेटेको बेला के मासु खायो र?
भो बाबा खेत बन्धकी बेची नकिनौ खसि त।
दसैँ नै दशा बन्नेले यहाँ के राम्रो लायो र?
रोएरै विते यतिका वर्ष अझै छ रूनु त।
यो बडा दसैँ आएर गरिब हाँसन पायो र?
ठूलाले गर्छ मोज र भोज दु:खीको आँसु गास्।
बिकृतिलाई सुकृति पार्न कसले चाह्यो र?
कर्णाली तिर फुलेन मन के दसैँ तियार।
सरकार जति फेरीय पनि कसैले धायो र?
'वर्षा'ले अब पखाल्ने छ है फोहोर हिलो त।
बिर्सेर दु:ख खुशीका गीत कसले गायो र?
वर्षा कार्की