गोरखाली समाज यूकेको समर भेला भव्यताका साथ सम्पन्न

भरत रोका, बेलायत - गत २६ जुलाई २०१४ सनिबारको दिन किंग्स इन्टरनेसनल कलेज कम्बरलीमा गोरखाली समाज यूकेको समर भेला भव्यताको साथ सम्पन्न भएको छ ।
अध्यक्ष भरत रोकाको सभापतित्वमा सम्पन्न भेलामा समाजका सम्रक्षक डाक्टर राघब धिताल, बिशेस अथितिहरु लण्डन होउन्स्लो काउन्सिलका उपमेयर बिष्णु बहादुर गुरुङ, एन.आर एन यूकेका अध्यक्ष योगन बहादुर क्षेत्री, नेपाली साहित्यकार तथा संस्कृतिविद् प्रोफेसर तुलसी दिवस अतिथिहरु समाजसेबी बबर गुरुङ , समाजसेबी रामचन्द्र आचार्य, तनहु जिल्ला समाज यूकेका अध्यक्ष लेख गुरुङ, चितवन ट्रस यूकेका अध्यक्ष कृष्ण गुरुङ, धादिङ नुवाकोट समाजका अध्यक्ष राम गुरुङ लगायत समाजका कार्यसमेतिका सदस्यहरु सल्लाहकारहरुले आ -आफ्नो आसन ग्रहण गरेकाथिए ।

उक्त समर भेलाको उद्घाटन समाजका सम्रक्षक डाक्टर राघब धिताल र लण्डन होउन्स्लो काउन्सिलका उपमेयर बिष्णु बहादुर गुरुङले पानसमा दियो बाली गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट सुरुगरिएको थियो । कार्यक्रमलाइ स्वगत मन्तब्य दिदै समाजका अध्यक्ष भरत रोकाले गोरखाली समाज यूकेको निमन्त्रणालाइ स्वकारगरि आउनु भएका सम्पूर्ण पाउनाहरुलाई धन्यबाद दिनुको साथै उपस्थित सबैलाई स्वागत गर्दै बेलायतको बिभिन्न कुनामा रहेर पनि आफ्नो गाउ ठाउको माया राखी जिल्लाबासी एकै ठाउमा भेलाभै आपसी सुख दुख आदान प्रधान गर्नुपाउनु नै हामीहरु बीचको मित्रता अझ बडी बलियो हुदै जानुहो भन्नुभयो ।
उहाँले समाजबलियो हुन् सानोले ठुलोलाइ आदर सम्मान गर्न जान्नु र ठुलाले सानालाई मायाममता गर्न सकेमा समाज सधै बलियो हुदै जानेछ भन्नुभयो ।
समाजका सम्रक्षक डाक्टर राघब धितालले गोरखाली दाजुभाई दिदीबैनीहरुको यो बिशाल उपस्थितिले नै समाजले सहरानिया कामगरेको प्रस्ट हुन्छ भन्नुभयो ।
उहाले हाम्रो समाजमा भएका विभिन्न जातीय क्षेत्रिय समुदायहरुले गोरखाली समाज यूकेलाई सहयोग गरि अघिबड्नु आजको आबस्यकता हो भन्नुभयो ।
बिशेस आतिथी लण्डन होउन्स्लो काउन्सिलका उपमेयर बिष्णु बहादुर गुरुगज्युले गोरखाली समाज यूकेले मलाई निमन्त्रणा गरि सम्मान पुर्बक आदर सत्कार गरेकोमा गोरखाली समाज यूकेलाइ धन्यबाद दिनुभयो । उहाले गोरखाली समाज यूकेले यहाँ बसेकाका गोरखालीहरु प्रति गरेका सामाजिक कामको खुलेर प्रसंसा गर्नुभयो साथै उहाले म गोरखालीलाइ परेको समस्यामा सधै सहयोग गर्न तयार रहेको कुरा प्रस्ट पर्नुभएको थियो ।
नेपाली साहित्यकार तथा संस्कृतिविद् प्रोफेसर तुलसी दिवस ज्युले बेलायतमा आएर पनि गोरखालीहरुले आफ्नो कला सस्कृतिको जगेर्ना गरि पुर्खाको परम्परालाई कायम गनुभएकोमा तपाईहरु सच्चा जिउदो गोरखाली हो भन्नु भयो ।
उहाँले तपाईहरु नेपालबाट आएर पनि यसरी हासी खुसि मिलेर बस्नु भएको देख्न पाउदा सिगो नेपाल बोलेको अनुभब भएको छ भन्दै सम्पूर्ण जिल्लाबासीलाई धन्यबाद दिनुभयो । कार्यक्रमको दोस्रो चरणमा समाजका पुर्ब कार्यसमिती सदस्यहरु र नया कार्यसमितीका सदस्यहरु, आजिबन सदस्यहरुलाई बिशेस अथिति लण्डन होउन्स्लो काउन्सिलका उपमेयर बिष्णु बहादुर गुरुङ र समाजका सम्रक्षक डाक्टर राघब धिताल द्वरा प्रमाणपत्र प्रदान गर्नुको साथै खाता लगाई सम्मान गर्नुभएको थियो । 
कार्यक्रमलाइ रोचक बनाउनको लागि सास्कृतिक सचिब निराराज गुरुङ्ज्युले विभिन्न नाचगान प्रस्तुत गर्नु भएको थियो । उहालाई सस्कृतिक सम्रक्षक बिर बहादुर गुरुग र सहायक सस्कृतिक सचिब सुबास गुरुङ्ज्युले सहयोग गर्नुभएको थियो । उक्त सास्कृतिक कार्यक्रमको आर्को रोचक प्रस्तुति गोरखाली चेली अनिता राना मगरका दुइ छोरीहरु सबिता राना मगर र सम्जना राना मगरले एकल र डब्बल निर्त्य प्रदर्सन गरी दर्सकलाई मनोरन्जन दिलाउनु भएको थियो ।
कार्यक्रममा लिगलिगे दौडको पनि आयोजना गरिएको थियो । उक्त दौडमा इन्द्र सिग तमाङ प्रथम हुनुभएको थियो भने लेख घले दोस्रो स्थानमा आउनुभएको थियो । उहाहरुलाई पुरस्कार तथा ट्रफी लिगलिग समाज यूकेका अध्यक्ष कृष्ण गुरुङ र गोरखाली समाज यूकेका अध्यक्ष भरत रोका ज्युले प्रदान गर्नुभएको थियो । कार्यक्रममा चिट्टाको प्रथम पुरस्कार लण्डन - काठमाडौं रिटन टिकटको ब्यबस्था गरिएको थियो ।
उक्त टिकट बिजेता श्रीमति भोज बहादुर गुरुङ्लाई टिकेटको प्रयोजक देउराली ट्राबलका डाइरेक्टर आशिस राज पन्तले प्रदान गर्नुभएको थियो । साथै अन्य आकर्सक पुरस्कारहरुपनी वितरण गरिएको थियो । निर्त्यको अन्तिम रोचक प्रस्तुति नेपालबाट आउनुभएका कलाकार दोय दिप सगर थापा र अमृता लुङ्गेली मगरको दोहोरीले सबै दर्सकहरुलाई मुक्द बनायका थिए भने त्यसैमा नौमती बाजाको धुनले उपस्थितसबै नाचमा तल्लिन भै कम्मर मर्काई मर्काई नाचिररहेका देखिन्थे ।
कार्यक्रमको अन्तमा समाजका उपाध्यक्ष जय प्रकाश गुरुगले उपस्थिती जिल्लाबासीलाई आजको कार्यक्रम सफल भएकोमा सहयोग गर्नुहुने सम्पूर्ण जिल्लाबसिहरुलाई धन्यबाद दिनुभएको थियो साथै उहाले भेटघाट रेस्टुरेन्टले स्वदिस्ट खाना उपलब्ध गर्नु भएकोमा उहाहरुलाई धन्यबाद दिनुभयो ।
अन्तमा उहाँले सम्पूर्ण कलाकारहरुलाई प्रमाणपत्र प्रदान गर्नुको साथै नौमती बाजा टिमलाइ खाता लगाई सम्मान गर्नु भएको थियो । उक्त दिनको सम्पूर्ण कार्यक्रम समाजका महासचिब गोपाल गुरुङ्ज्युले गर्नुभएको थियो ।  






No comments:

Post a Comment