हङकङ नेपाली स्वीनडन क्लब यू के द्रारा ब्याकुल माइला सम्मानित


हरि गुरुङ / स्वीनडन यू के
हङकङमा लामो समय सम्म बसोबास गरि हाल बेलायत आएर स्वीनडनमा
बसोबास गरि रहेका नेपालीहरुको संगठन हङकङ  नेपाली स्वीनडन  क्लब यू के ले
राष्ट्र कवि ब्याकुल माइला ( प्रदिप कुमार राई) लाई सम्मान गरेको छ। सम्मान
कार्यक्रम यही  सेपटेमवर ९ २०१२, आइतबारका दिन 

बपिष्ट चर्च ग्रोशहिलमा सम्पन्न
गरेको छ l  कार्यक्रमको अध्यक्षता यम तमुले गरेका थिए भने बल्लब गुरुङले स्वागत
मन्तब्य दिएका थिए। सम्मानित कार्यक्रमका  विशेष अतिथिहरुमा स्वीनडन नेपाली
समाजका सल्लाहकार धन कुमार राई र नया सन्देश साप्ताहिकका  प्रधानसम्पादक
चण्डीराज राई हुनुन्थ्यो । क्लबले हाल सम्म भए गरेका कामहरुको बारेमा र क्लब
स्थापना गर्नुको उदेस्य बारेमा टंग राईले बृस्तित रुपमा प्रकाश परेका थिए ।

     उक्त कार्यक्रममा यम तमुले राष्ट्र कवि ब्याकुल माइलालाई खादा ओडाई सम्मान गरेका थिए । त्यसै गरि तेज गुरुङले हङकङ  नेपाली स्विनडन क्लब यू को चिनो
स्वरुप उपहार प्रदान गरेका थिए  भने सन्तोष राईले सम्मान पत्र हस्तान्तरण गरेका
थिए । सम्मान पछि स्रस्टा ब्याकुल माईलाले आफ्नो भनाइहरु राखनु भएको थियो ।
उहाले हामी नेपालीहरु संसारको जुन कुनै कुनामा रहे पनि आफ्नो भाषा सस्कृतिलाई
समरक्षण गर्न पर्छ भन्नु भयो । यसै गरिस्वीनडन नेपाली समाजका सल्लाहकार धन
कुमार राईले वहा जस्तो व्यक्तिलाई सम्मान गर्न पाउदा खुशी लागेको बताउनु भयो ।
कार्यक्रमको अर्का अथिति नया सन्देश साप्ताहिकका  प्रधानसम्पादक चण्डीराज राईले
बेलायतमा नेपाली भाषा, सस्कृति, कला र साहित्यको जगेर्ना गर्नु पर्ने बताउनु भयो ।

यसै अभियानको रुपमा नेपाली राष्ट्रिय गानका लेखक ब्याकुल माइललाई सम्मान
गरेको बताउनु भयो । कार्यक्रमको दोश्रो चरणमा यम तमुले मिठो गीत सुनाएका थिए
भने बल्लव गुरुङ र यम गुरुङले मिठो मुक्क्तकहरु सुनाएका थिए । यसै क्रममा हङकङ
 नेपाली स्विनडन क्लब यू के कलाकार नानीहरुले आकर्षक नृत्य गरेर मनोरन्जन
प्रदान गरेका थिए । अन्तमा श्रस्टा कवि ब्याकुल माइललाई कार्यक्रममा उपस्थित
शुभचिन्तकहरुले  विविध बिषयमा आफ्ना जिज्ञासाहरु राखेका थिए ।
वहाले  पारिबारिक पृष्ठ भुमि, बाल्यकाल र स्कूलले जीवनको बारेमा
स्पष्ट रुपमा आफ्नो भनाइहरु राखनु भएको थियो । साथै वहाले आफू
राष्ट्रिय गान प्रतियोगितामा भाग लिदा भए गरेका र राष्ट्रिय गान
प्रतियोगितामा आफू बिजयी भैसके  पछि खुशीका क्षणहरुका बारेमा
ब्याख्या गर्नु भएको थियो।

No comments:

Post a Comment