मुक्तक- शुभ- कामना


बिज्ञान शर्मास्वीन्डन
यसपाली पनि दशैं
बिदेशी भूमिमा
खल्लो हुनुको पिडा !
देश अनिश्चयको बन्दि बनाइ
नेताहरु कुर्ची दौडमा रमाउँदा
देश रुनुको पिडा !!
पिडा पिडाको बिचमा भएनी
हँसाउन मुहार आएछ दशैं
दशैंले दशाजती बढ़ारोस
होस् लोकको कल्याण |
कसैको नहोस दुःखसंग सामना
समस्त जनमा,
दशैंको मंगलमय शुभ-कामना ||

स्वार्थी माया
माया पाउन जाल फ्याक्नु पर्ने,
जुन मैले कहिल्यै उन्न जानेन |
शब्द जाल पनि अचुक शस्त्र,
जुन मैले कहिल्यै बुन्न जानेन ||
झुट र फरेव मायाको मन्त्र,
जुन प्रयोग गर्न मनले मानेन |
पबित्र दीलको निश्वार्थ चाहना,
स्वार्थी मायाले स्वीकार्न मानेन ||
साथी
पुटिन जस्तो मेरो साथी,
बलवान तिमी उसलाई भन्नु पर्छ |
बर्नार्ड शा जस्तो मेरो साथी,
अलौकिक तिमी भन्दा भित्रै रम्ने गर्छ |
सुकी जस्तो मेरो साथी,
महान शब्दले अनुहारमा कान्ती चढ्छ |
यथार्थ तिमी मेरो साथी मात्र भन्दा,
तिरस्कारी नजर म माथि गदछ |
भन्थे साथी त स्वार्थ रहित हुन्छ,
कुनै बिपत्तीमा उसको दील छुन्छ |
तर आज साथीको बदलिएछ परिभाषा,
साथी हुन आउँछ लिइ लोभ र आशा |

कस्तो म

तिमी ठेश लाग्यो भन्छौ, ठोकरै ठोकरले लडेको मान्छे म |
तिमी न्यानो माया भन्छौ, चीसो मायाले सडेको मान्छे म |
तिमी दुइका कुरा गर्छौ, चार बिश प्रेम पत्र लेखेको मान्छे म |
तिमी बिश बर्ष मै आतियौ, पचासमा नी मायाको सपना देखेको मान्छे म |
अर्थ बिनाका शब्द बटारि, वाह वाह को चाहना बोक्ने मान्छे म |
मपाईंत्वो को अहंकारले, तीन बित्ते कवी हुँ भन्दै खोक्ने मान्छे म |
साथीहरु आशा नभएनी, निराशा बोक्ने होइन भन्नु पर्ने मान्छे म |
आफुले सिन्को नभांचेनी, समाजमा केहि गरौं भन्नु पर्ने मान्छे म |

No comments:

Post a Comment