गोर्खा जिल्ला स्थाई घर भै हाल बेलायतको बिभिन्न स्थानमा छरिएर
रहेका गोर्खालीहरुको सस्था गोर्खाली समाज यू के ले बिगतका बर्षहरुमा झै
यस बर्ष पनि समर पार्टी २०१२ कनौट स्कूल अल्डरसटमा भव्यताका साथ
सम्पन्न गरेको छ ! समाजका अध्यक्ष खुशिमान गुरुंगको औपचारिक
गोर्खालीहरु दाज्यु भाई, दिदी बहिनीहरु लगायत उपस्थित समस्त अतिथि
हरुलाई हार्दिक स्वागत गर्नु भएको थियो ! अध्यक्षको स्वागत मनतब्य
पछि लगतै सम्मान कार्यक्रम रहेको थियो ! समाजका नया कार्य समिति
र बिबिन्न क्षेत्रबाट समाजलाई योगदान पुरयाउनुहुने माहानुभावहरु तथा
विद्यार्थीहरुलाई समाजका समरक्षक डा राधव धितालले खादा लगाई
सम्मान गर्नु भएको थियो !
उक्त कार्यक्रममा समाजका समरक्षक डा राधव धिताल, समाजक
उपाध्यक्ष भारत रोका, र अतिथिहरु तमु हयूलाका अध्यक्ष जगन सिङ
गुरुङ र संगीता मरहठाले बोल्नु भएको थियो ! यस औपचारिक कार्यक्रम
लाई समाजक सचिव बलराम गुरुङ र उपाध्यक्ष बिष्णु तामांगले
संचालन गरेका थिए ! कार्यक्रम को अर्को चरणमा धिरज गुरुङ र उनका
टिमले अति नै राम्रो टाईगान्टू खेल प्रदर्शन गरेका थिए ! त्यसको लगतै
मेडिया संयोजक राजकुमार ढकालले सास्कृतिक कार्यक्रम संचालन
गरेका थिए ! मिठो स्वरका धनि दुर्गा गुरुङ, कल्पना गुरुङ र राज कुमार
ढकालले गीत गाएर सबैलाई नचाएका थिए ! कार्यक्रमको शुरु देखि अन्त
सम्म दुर्गा गुरुङ र कल्पना गुरुङले चुड्का, कौडा र दोहोरीहरु गाएर
सबैजनालाई स्टेजमा कम्मर मर्काई मर्काई नचाएका थिए ! उक्त
कार्यक्रममा कलाकार बद्रि के सी को पनि सहभागी थियो !
सास्कृतिक कार्यक्रमको साथमा राफल ड्र पनि खोलिएको थियो ! यस
बर्षको राफल ड्र को प्रथम पुरस्कार देउराली ट्राभलका प्रोपाइटर आशिष
पन्तले नेपालको लागि जहाज टिकट प्रदान गर्नु भएको थियो ! दोस्रो
पुरस्कार समाजका अध्यक्ष खुशी मान गुरुङले प्रिन्टर प्रदान गर्नु भएको
थियो ! त्यसै गरि तेश्रो पुरस्कार गोर्खा सेक्युरेटीका प्रोपाइटर बिष्णु तामांग
र चौथो पुरस्कार निरमाया रोधी घरको तर्फ बाट धन गुरुंगले प्रदान
गर्नु भएको थियो ! त्यसै गरि पाचौ र छैटौ पुरस्कार क्रमश : समाजका
जनरल सेक्रेटरी जगत थापा र उपाध्यक्ष राज कुमार गुरुङले प्रदान गर्नु
भएको थियो !
कारण गत बर्ष भन्दा यो बर्ष सिनिअर बाबा, आमाहरुको बाक्लो उपस्थिति
रहेको थियो ! बर्षको एक पटक मात्र कार्यक्रम आयोजना गरिने हुदा समस्त
गोर्खालीहरु अति चासोका साथ उपस्थित हुने गर्दछ ! यस बर्षको बि बि
क्यु तथा खानाको व्यवस्था निरमाया रोधी घरले व्यवस्था गरेका थिए !
कार्यक्रमको शुरुमा स्वादिष्ट खान टिपन टापन राखिएको थियो !
लगतै बि बि क्यु पनि तयारी थियो ! समस्त उपस्थित गोर्खालीहरु मिठो
स्वरका धनि दुर्गा गुरुङ, कल्पना गुरुङ र राज कुमार ढकालका गीत
हरुमा नाच्दै स्वादिष्ट बि बि क्यु मा रमाएका थिए ! कार्यक्रमको अन्तमा
बिभिन्न गीतहरुमा सामुहिक नृत्य राखिएको थियो ! राती अबेर सम्म
बिभिन्न गीतहरुमा सामुहिक नृत्य गर्दै आगामी बर्ष पनि यसरी नै भेटने
बाचाका साथ कार्यक्रम समापन गरिएको थियो !
No comments:
Post a Comment