गजल


माया 
निराकार माया, लोभी नजर
देखेका सबै मोनालिसा लाग्ने;
विशाल माया, बर्मुदा ट्रेंगल
भेटेका सबै निल्न दील जाग्ने |
 विवस माया, लाचारी हेराइ
कसैको आँखामा बस्न नसक्ने;
दरिद्र माया, विपन्न जीवन
कसैको रोजाइमा पर्न नसक्ने ||
बिछोड
ती चंचल र कटाक्ष नयनको बाण
कसैको मौनतामा कैद थियो मेरो प्राण;
निष्ठुरीको आसैआसमा रहिरहें भौंतारी
म त आते जाते मात्र, रहेछ उनको अर्कै दौंतरी |
अतृप्त चाहनाले छिया छिया भयो मन
जति बिर्सु भन्यो उती आउँछ उनकै याद झन;
उनको चाहना एक शिश महल नै रहेछ
बिछोडको बज्रपातले मुटु टुक्रा टुक्रा भएछ ||

सोमरस  
जीउनलाइ पिउनु पर्ने कति राम्रो बानी
आइन्सटाइन्स बन्नु पर्ने जानी या नजानी;
नपिउंदाको लाटो पनि लुथर किंग बन्ने
आफूँ मात्र पुटिन हुने अरुलाई नगन्य |

कस्तो तिम्रो चमत्कार, रैछौ सोमरस धन्य
पिए पछी त सबैले राजै हुँ कि भन्ने ;
फेरी पनि पिएर आफैं भुल्दाको मज्जा
चीयर्स है जामलाइ भगाई दिन्छ लज्जा ||


 बिज्ञान शर्मा
स्वीन्डन, यु के
bigyansharma@hotmail.co.uk


No comments:

Post a Comment