गोर्खाली समाज यू के को समर पार्टी २०१२ भव्यताका साथ सम्पन्न


गोर्खा जिल्ला स्थाई घर भै हाल बेलायतको बिभिन्न स्थानमा  छरिएर 
रहेका गोर्खालीहरुको सस्था गोर्खाली समाज यू के ले बिगतका  बर्षहरुमा झै
यस बर्ष पनि समर पार्टी २०१२ कनौट स्कूल अल्डरसटमा भव्यताका साथ 
सम्पन्न गरेको छ ! समाजका अध्यक्ष खुशिमान गुरुंगको औपचारिक
मनतब्य बाट कार्यक्रम शुरु गरिएको थियो !

गजल


माया 
निराकार माया, लोभी नजर
देखेका सबै मोनालिसा लाग्ने;
विशाल माया, बर्मुदा ट्रेंगल
भेटेका सबै निल्न दील जाग्ने |
 विवस माया, लाचारी हेराइ
कसैको आँखामा बस्न नसक्ने;
दरिद्र माया, विपन्न जीवन
कसैको रोजाइमा पर्न नसक्ने ||

बेलायतकी गौमाया

लन्डनकी गौमाया
Source: ekantipur/Hello Sukrabar

'आई लाइक सोसल वर्क,' गत वर्ष मिस यूके नेपाल बनेकी गौमाया गुरुङले भनिन्, 'लाइकमात्र हैन नि, सोसल वर्क गर्दै आएकी छु ।' नीलो स्टाइलिस्ट जिन्स फिटिङ पेन्ट तथा टी-सर्टमा सजिएर साथीसँगै गत साता तालनगरीमा भेटिइन् । हो, उनले भनेजस्तै उनी समाज सेवाकै भावना बोकेर यसपटक नेपाल आएकी हुन् । नेपालमा पनि बर्सेनि मिस नेपालदेखि अन्य विभिन्न नाममा बग्रेल्ती सुन्दरी प्रतियोगिता हुँदै आएका छन् । त्यसकै प्रभावमा धेरै नेपाली बसोबास गर्ने यूके, हङकङ जस्ता देशमा नेपालीमाझ पनि सुन्दरी प्रतियोगिता हुँदै आएको छ ।