गोरखाली समाज यू के को अधिवेशन संपन्न

 हरि गुरुंग  बेलायत 
 २६ मार्च २०१२ l  गोरखा जिल्ला घरभई हाल यू के को बिभिन्नठाऊ
हरुमा छरिएर रहेका गोरखालीहरुको भेलाले  गोरखाली समाज यू के
को नया कार्य समिति चयन गरेको छ l अधिवेशन यहि मार्च २४
शनिवारका दिन निरमाया रोधिघर अल्डरशटमा गरिएको थियो l
भेलाले अर्को कार्यकलको लागि पुन खुशिमान गुरुंगलाई अध्यक्षमा
निर्बिरोध चयन गरेको छ l त्यसै गरि बिष्णु तामागलाई उपाध्याक्ष
मा ,महासचिबमा  जगत थापा र कोषाध्यक्षमा  कृष्ण बहादुर थापा निर्बाचित हुनु भएको छ l त्यसैगरि

समाजसेवी तथा Hon Lt(GCO) गोपीराम गुरुंगको अनत्यस्टी कार्यक्रम



हरि गुरुंग (बेलायत)
जीबन एक यात्रा रहेछ  हामी मनाब जाति यात्री l  हरेक यात्राको आ-आफ्नै गन्तब्य हुन्छ कुनै लामो यात्रा त कुनै
छोटो यात्रा l  यो यात्रीरूपी जीबनका  मोडहरु पनि बडो रहस्यको रहेछ कहिले उकाली त कहिले ओराली, कहिले
घाम त कहिले पानी, कहिले हासो त कहिले रोदन l  हामी सबैमा  हासी, ख़ुशी र सु खको चाहना हुन्छ नि तर चाहेर
कहा पाऊछ र ?  यस्तै जीबनहरुको यात्रा पार गर्नु भएको छ कास्की जिल्ला भुम्दी देउराली गाऊमा सन १९३८ मा जन्मनुभएका समाजसेबी तथा Hon Lt(GCO) गोपीराम गुरुंगले l यहि १० मार्च २०१२ का दिन स्वीनडनको ग्रेटवेस्टर्न हस्पिटलमा  वहाको निधन भएको थियो l  २१ मार्चका  का दिन स्वीनडन नेपाली समाज र गुरुंग समाज स्वीनडनका तर्फ बाटा हार्दिक श्रदांजलिकासाथ वहालाई अन्तिम बिदाई गरियो l वहाको निधनले हामी स्वीनडन बासी नेपालीहरूले एक कर्मठ समाजसेबी ब्यक्तिलाई गुमाउनु परेको छ l  यस दुखद घडीमा  वहाको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारमा  हाम्रो यू के परिवार धैर्य धारण गर्ने  शक्ति   मिलोस भनि कामना गर्दछ  ।

शुभबिबाह सम्पन्न

हरि गुरुंग (बेलायत)
यही शनिबार  १० मार्च २०१२ का दिन स्वीनडन यू के निबासी तथा स्वीनडन नेपाली समाज यू के का
सक्रिय सदस्य श्री जय प्रसाद  काला तथा श्रीमती हिरा काला को सुपुत्र श्री सन्तोष काला को सुश्री सीता रोका संग
 शुभबिबाह  सम्पन्न  भयो l  सुश्री सीता  रोका श्री बारमन
रोका तथा श्रीमती माया रोकाको सुपुत्री हुनुहुन्छ l उक्त बिबाहमा स्वीनडन नेपाली समाज यू के का महासचिब श्री धन बुडाथोकी लगायत अन्य पदाधिकारीहरुको उपस्थिति थियो l वहाहरुले स्वीनडन नेपाली समाज र आफ्नो ब्यक्तिगत तर्फ बाटा नब दुलहा दुलही लगायत सपरिवारलाई हार्दिक बाधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो l