हरि गुरुंग (बेलायत)
जीबन एक यात्रा रहेछ हामी मनाब जाति यात्री l हरेक यात्राको आ-आफ्नै गन्तब्य हुन्छ कुनै लामो यात्रा त कुनै
जीबन एक यात्रा रहेछ हामी मनाब जाति यात्री l हरेक यात्राको आ-आफ्नै गन्तब्य हुन्छ कुनै लामो यात्रा त कुनै
छोटो यात्रा l यो यात्रीरूपी जीबनका मोडहरु पनि बडो रहस्यको रहेछ कहिले उकाली त कहिले ओराली, कहिले
घाम त कहिले पानी, कहिले हासो त कहिले रोदन l हामी सबैमा हासी, ख़ुशी र सु खको चाहना हुन्छ नि तर चाहेर
कहा पाऊछ र ? यस्तै जीबनहरुको यात्रा पार गर्नु भएको छ कास्की जिल्ला भुम्दी देउराली गाऊमा सन १९३८ मा जन्मनुभएका समाजसेबी तथा Hon Lt(GCO) गोपीराम गुरुंगले l यहि १० मार्च २०१२ का दिन स्वीनडनको ग्रेटवेस्टर्न हस्पिटलमा वहाको निधन भएको थियो l २१ मार्चका का दिन स्वीनडन नेपाली समाज र गुरुंग समाज स्वीनडनका तर्फ बाटा हार्दिक श्रदांजलिकासाथ वहालाई अन्तिम बिदाई गरियो l वहाको निधनले हामी स्वीनडन बासी नेपालीहरूले एक कर्मठ समाजसेबी ब्यक्तिलाई गुमाउनु परेको छ l यस दुखद घडीमा वहाको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारमा हाम्रो यू के परिवार धैर्य धारण गर्ने शक्ति मिलोस भनि कामना गर्दछ ।
No comments:
Post a Comment