बेलायती जीबन र भोगाइहरु

 बेलायत सरकारले गोरखा सैनिक र उनका परिवारलाई आबसिया भिषा
 दिए पछि यहाँ नेपालीहरुको जनसंख्या एक्कासी बढेको छ | यो भन्दा अगाड़ी नेपालीहरु
नगन्य रुपमा थियो |  उनीहरु प्राय ब्यापारिक भिषा र बिद्यार्थी भिषामा आएकाहरु हुन | 
उनीहरुको बेलायत बसाई  दुई  देखि तीन  दसक बितिसकेको छ | तर सिधै आबसिया
 भिषामा बसोबास गर्नेहरु भने एक दसक पनि भएको छैन |  यो बाहेक  हंगकंग बाटा  
पनि बेलायती पासपोर्ट लिएर अधिक नेपालीहरु बेलायत आएका  छन | कोही अझै आउने
क्रममा छन |  जे जसरी बेलायत आए पनि नेपालीहरुको मूल उदेश्य भने धेरैको एउटै छ | 
त्यो हो छोरा छोरीलाई राम्रो शिक्षा दीक्षा दिने | बेलायती शिक्षा संसारमै राम्रो मानिन्छ |
त्यस पछि को दोस्रो  उदेश्य भनेको  राम्रो रोजगार |

          त्यसो  त गोरखालीहरु बेलायत आउनु भन्दा पाहिले काम नगरेका भने हैनन |
उनीहरु ब्रुनाई, अफगानस्तान,अमेरिका,हंगकंग जस्ता देसहरुमा काम गर्दै थिए | कति
नेपालीहरुको यहाँ भन्दा अन्य देसमा  राम्रो काम भएको कुरा सुन्नमा आउछ |
कति गोरखालीहरु भने यहाको भिषालिएर अझै पनि अन्य देशमा काम गरिरहेका
छन |    जब नेपालीहरु बेलायत आउन थाल्यो त्यसको केहि बर्स    लगतै यहाँ ठूलो
आर्थिक मन्दी आयो |  जसको घम्भिर असर नेपालीहरु लाई पर्न गयो |  म आफै
पनि यस आर्थिक मन्दीको मारमा परे |   यहा आएको ६ महिना सम्म फाटट फुट्ट     
पार्ट टाइम काम बाहेक फूल टाइमको काम पाएन |  बल्ल तल्ल ७ महिना पछि
फुल टाइमको काम पाए |  कति नेपालीहरु त काम नपाएर हंगकंग नै फर्के | धन्न
आफूले भने अलिक खर्च लिएर आएको  हुनाले फर्कन परेन |  कोही भने नेपाल
गएर फेरी केहि महिना पछि आए |
          यो त भयो जागिरको गन्थन | अब यो भन्दा अर्को ठूलो गन्थन छ बेलायती
स्कूल र नानिहरुको अबस्था  |  हामी  बेलायत आउनुको  प्रमुख उदेश्य भनेको छोरा
छोरीलाई राम्रो  शिक्षा दिने | तर  बेलायतको  शिक्षा पद्दति भने   नेपालको भन्दा धेरै
फरक छ |    यहाँ नेपालमा जस्तो न त धेरै होमवोर्क दिन्छ न त नेपालमा जस्तो
धेरै कापी किताब नै  बोक्नु पर्छ | यहाको शिक्षा निति अलिक केटाकेटीलाई पढ़ाइमा
कम प्रेसर दिने खालको छ |  स्कूलमा पनि नेपालमा जस्तो कडाईको साथ पढ़ाईदैन |
जसले गर्दा हाम्रो नानिहरू अलिक पढाईमा कम समय दिन्छ | नेपालमा होमवोर्क
धेरै हुनेहुनाले पढाईमा अलि पढने बानी बस्थ्यो |  तर यहाँ न त होमवोर्क न त
स्कूलमा कडाई छ  जसले गर्दा नानीहरु धेरै पढाईमा भन्दा  बढी खेल्न तिर लाग्छ |
जसको परिणाम  नानीहरू  धेरै बिग्रने सम्भावना  हुन्छ |
                अर्को  बेलायतमा बाल अधिकारले गर्दा नानिहरूलाई धेरै नै स्वतन्त्र  छ |
नेपालमा जस्तो हप्की दप्की गर्दा कानूनले समातने डर हुन्छ | जसको फाईदा पनि
उनीहरुलाई नै मिलेको छ | अझ टीनेज अबस्थाको नानिहरू घरमा भन्दा बाहिर बढी
हिड्ने गर्छ | उनिहरुको खाने बस्ने र हिड्ने समय कुनै निश्चित हुदैन |  उनिहरुको
आफ्नै जमात हुन्छ हिड्ने ,बस्ने र खाने |  यो बेला उनीहरू राम्रो काममा भन्दा
बढी   नराम्रो काम गर्नमा अग्रसर हुन्छन |  कानुन बाट पनि छुट र घरबाट बाहिर
गए पछि अबिभाबक बाट पनि छुट भए पछि कुलतमा फस्ने धेरै सम्भावन रहन्छ |
अबिभाबकहरु काममा ब्यस्त हुनाले उनीहरूलाई हेर्ने फुर्सद हुदैन |  कुलतमा लागि
सके पछि छुटाउन एक्दमै  गाह्रो  हुन्छ | यो नेपाली अबिभाबकहरुको लागि ठुलो  रोग
नै हो | तसर्थ  आम  नेपाली अबिभाबकहरुले यस बारे बेलैमा ध्यान दिनु जरुरी छ |
यो समस्या भनेको कुनै ब्यक्ति बिशेसको मात्र नभएर हामी आम नेपालीहरुको साझा
समस्या हो | यस प्रकारको समस्या कुनै एक  ब्यक्ति बिशेसले मात्र गरेर समाधान
गर्न सम्भब छैन | यसको लागि सिंगो समाज नै लाग्नु पर्छ |  बिभिन्न तह र तप्का
बाटै समस्याको समाधान खोजिनु पर्छ | बिभिन्न नेपाली सघसस्थाहरुले पनि यस
बारेमा बिशेष ध्यान दिनु जरुरी छ |   एउटा नेपालीको दु:खमा आम नेपालीको मन
दु:खनु पर्छ सु:खमा आम नेपाली मनहरू खुशी हुनु पर्छ |    जसरी सुरज गुरुंगको
देहाबसनले हामी सबै नेपालीको  मन दु : खाएको थियो |  हामी सबै दुखित थियौ 
त्यस दुखित मनहरुमा मलम बनेर दिप प्रसाद  पुन  आउनु  भएको  छ |
             उहाले  गोरखाली   इतिहासको  पानामा  अर्को बीर पुरुषको नाम लेखाउनु
भएको छ | आम गोरखालीहरुले  उहाको  साहसिक कामको लागि कदर गरनै पर्छ | 
हामी गोरखालीहरुले अझै  दिप प्रसाद  पुन जस्ता धेरै महान बीर   पुरुषहरू जनमाउनु
पर्छ | जसको लागि आम नेपाली समाज र सघसस्थाहरुले हाम्रा नानिहरूलाई लागु
पदार्थ दुर्बेसनी   र बिकृति बाटा सधै सजग राखनु   पर्दछ |  यस बिकृति बिसंगति र
कुलत  रूपी ठुलो रोगलाई  नेपाली  समाज र सघ सस्थाहरुले मुलमुद्दा बनाएर हाम्रा
नानिहरू  लाई बेलैमा सजग गराउन सक्नु पर्दछ |  जसरी हाम्रा पुर्खाहरुले  गोर्खाली
बीरपुरुषको नाम कमाएका थिए, गोर्खालिहरू हरेक क्षेत्रमा कम गर्न ईमानदारी र
साहसिक हुन्छन भन्ने प्रमाणित गरेका थिए त्यसरी नै अबको पुस्ताले पनि भाबी
 सन्ततिको लागि उदाहरणिय कामहरु गर्नु पर्दछ | जस्ले गर्दा हाम्रा भाबी सन्ततिलाई
अनुसरण गर्न सजिलो पर्दछ |           
   निश्चित रुपमा  भन्ने  हो भने संसारमा जेजती काम गरेका छन त्यो सबै
अबको भाबी पुस्तालाई मध्यनजर राखेर काम गरिरहेको हुन्छ | तसर्थ आम नेपालीले
पनि जेजस्तो काम गरे पनि भाबी पुस्तालाई हेरेर काम गर्न सक्यो भने एउटा सभ्य
समाजको निर्माण हुन्छ | हरेक नेपाली संघ सस्थाहरुले युबाहरुलाई प्रत्यक्ष सहभागी
गराएर उनिहरुको राया भुझेर काम गर्न सकेमा युबा बर्गलाई ठूलो टेवा मिल्नेछ |
अबको युबा बर्गलाई उचित शिक्ष दिक्ष्या दिएर सही मार्ग निर्देशन गराउन सकेमा
बेलायत आउनुको सार्थकता  हुनेछ |  निश्चित रुपमा आम नेपालीहरुको भबिष्य पनि
उज्जल हुनेछ |
हरि गुरुंग
जौबारी ५ कल्दुंग गोरखा
हाल स्वीनडन यू के

No comments:

Post a Comment