गुरुंग समाज स्वीनडन यू के ले धुमधाम संग ल्होसार मनायो

        हरि गुरुंग बेलायत

यहि  जनवरी ७ का दिन स्वीनडन यु के मा बसोबास गर्ने तमुहरूले मुप्रिलो
ल्होसार २०१२ भब्य रुपमा मनायो  I करीब दिनको २ बजे बाटा  शुरू भएको कार्यक्रममा
लगभग ३०० जाना जतिको उपस्थिति  थियो l  ल्होसार कार्यक्रम री. क्या  इमान कुमार गुरुंग
को स्वागत मनतब्य बाटा शुरू गरिएको थियो l  वहाले  उपस्थित सबैलाई मुप्रिलो ल्होसारको
शुभकामना दिनु भयो l  त्यस पछि तमुहरुको परंपरा अनुसार बत्ती बालि  पुजा  आजा  गरिएको थियो l  यो बर्ष गरुड़ बर्ग परेको हुनाले  ग्रह शान्तिका लागि यो  बर्गका सबैले  रूपा  लगाउने काम पनि भयो l
 समाजका जेष्ठ नागरिक श्रीमती आइती गुरुंगले रूपा लगाई दिनु भएको थियो l

 मनोरन्जनको लागि कार्यक्रममा नानिहरू र आमा समुह बाटा चेयर गेम खेलाएको थियो l बिभिन्न नेपाली गीत र गुरुंग
गीतहरुमा स्वीनडन तमु समाज यु के का कलाकार टोलीले भरमग्दुर मनोरंजन प्रदान गरेका थिए l 
आफ्नो सस्कृति र परंपरालाई मध्यनजर राखेर हिन्दी र अंग्रेगी गीतलाई भने  नाचमा
समाबेस गरिएको थिएन  l
        उक्त कार्यक्रममा हिमालयन रेसटुरेन्टले डिनरको ब्यबस्था गरेको थियो l स्वादिस्ट खानको साथमा बिबिध नेपाली नाचहरुले सबैलाई आनान्दित बनाएको थियो l  डिनर पछि राफलड्र कार्यक्रम थियो
जसमा १० वटा बिबिध पुरस्कार  राखिएको थियो  l  पुरस्कार बिजेताहरूलाई री. क्या  इमान
कुमार गुरुंगले खादाको साथमा पुरस्कार प्रदान गर्नु भयो l  साथै कलाकारहरु लाई पनि खादा
लगाएर सम्मान गरियो l कार्यकम को अन्तम सामुहिक नाच राखिएको थियो l 
        डी जे भुवन गुरुंग को रीमिक्स गीतमा हलै थर्कने गरि सबै नाचेका थिए l  कर्यकमको संयोजन  री. क्या  इमान कुमार गुरुंगले गर्नु भएको थियो भने कार्यक्रम शुरू देखि अन्त सम्म मिलन गुरुंग र बल्लव गुरुंगले सञ्चालन गरेका थिए l  कार्यक्रमको  डी जे मा  भुवन गुरुंग र फोटोग्राफरमा हरि गुरुग ( सुर्य) थिए l अन्तमा आगमी बर्ष  पनि यसरी नै भेटघाट गर्ने बाचाका साथ ल्होसार कार्यकमको अन्त गरियो l 

No comments:

Post a Comment