भ्यालेन्टाइन डे किन मनाइँन्छ

विश्वभर २ हजार वर्ष पुराना रोमका राजा क्ल्योडियस र विद्रोही भ्यालेन्टाइनको कथा नसुन्ने कमै छन् । उनले आÏना जनतालाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए । उनको धारणा के थियो भने श्रीमती र छोराछोरीहरुको मायाले विवाहित पुरुषहरु युद्ध गर्न डराउँछन् ।
तर, मानिसहरु प्रेमको अभावमा ओइलाउन थालेको भ्यालेन्टाइन नामक पादरीले सहन सकेनन् र ८ जोडी महिला र पुरुषको विहे गराइदिए । यो विद्रोहका कारण राजाले उनलाई फाँसीको सजाय दिए- १४ फेब्रुअरीमा । फाँसी दिइएको स्थान थियो- इटलीको भ्यालेन्टा ।
 त्यसै दिनको सम्झनामा भ्यालेन्टा पूर्णरुपमा सिँगारिन्छ र त्यहाँ विश्वका प्रेमी-प्रेमिका, श्रीमान्-श्रीमतीहरु आÏनो प्रेमले अझै दीर्घायु र गाढापन पाओस् भन्ने कामनासहित भेला हुन्छन् । नेपाली समाजका लागि पनि भ्यालेन्टाइन उत्सव बनेको छ । केही वर्षदेखि नेपालमा पनि प्रत्येक वर्ष भब्यताका साथ यो दिनलाई मनाउने गरिन्छ ।

No comments:

Post a Comment