काठमाडौं/ राष्ट्रपति डा. रामवरण यादवले जनचाहनाअनुरूप समयसीमाभित्रै शान्तिप्रक्रियालाई टुंगोमा पुर्याई संविधान निर्माण गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रिय समाचार समितिको ५०औँ वाषिर्कोत्सवमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति डा. यादवले मुलुकको शान्तिप्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्याउने राष्ट्रिय दायित्वमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले सूचनाको प्राप्ति आमनागरिकको अधिकार भएको उल्लेख गर्दै राज्यले स्वीकार गरेको जिम्मेवारीलाई पूरा गर्न सञ्चारमाध्यमलाई आग्रह गरे
राष्ट्रपति डा. यादवले लोकतान्त्रिक शासन व्यवस्थाका निम्ति नेपालीले पटकपटक गरेको संघर्ष र उपलब्धिलाई संस्थागत गर्न राजनीतिक दलहरूबीच आपसी विश्वास, सहमति र सहकार्य अपरिहार्य भएको बताए । उनले लोकतान्त्रिक संस्कार सुदृढ गर्दै सहकार्य र सहमतिकोे संस्कृति निर्माण गर्न सबैसित आग्रह गरे ।
No comments:
Post a Comment