हङकङ स्थित फियोनाको कार्यकक्षमा सम्पन्न गरिने भनेर प्रचार गरिएको सो कार्यक्रम कार्यकक्ष उपयोग समय तालिका अन्य अरू संघ र स्वयमं फियोनाकै बैठक एकसाथ हुनाले गर्दा मगर संघ हङकङको कार्यकक्षमा सारिएको थियो ।
अधिवेशनको पहिलो सत्र तदर्थ कार्य समितिका अध्यक्ष किसन राईको अध्यक्षतामा भएको थियो । सो सत्रमा तदर्थ समितिका सचिव निर्मल श्रेष्ठले पत्रकार संघको प्रतिवेदन, सदस्य पशन तमुले आचार संहिता, अध्यक्ष राईले विधान तथा कोषाध्यक्ष बिनय शाहले संघको आयव्याय पेश गरेका थिए ।
अधिवेशनको दोस्रो चरणको बन्दसत्रमा नेपाल पत्रकार संघका भूपू सदस्य पूर्ण बस्नेतको अध्यक्षतामा कृष्ण लाओती सहित दुई सदस्य टोलीले सञ्चालन गरिएको थियो । बन्दसत्रमा पेश गरिएका प्रतिवेदन, विधान तथा आचार संहिता माथि संघका सदस्यहरूले बहस गरेका थिए । उपश्थित सदस्यहरूको भावना अनुरूप प्रस्तुत गरिएका प्रतिवेदन, आचार संहिता तथा विधान माथि संशोघन हुने गरि पारित गरिएता पनि कतिपय सदस्यहरूले संघमा रहेका पदाधिकारीहरु निष्पक्ष र उदार विचार राख्न नसकेको र गुटबन्दीको आधार पहिलो दिनदेखिनै शुरू गरेको आरोप लगाएका छन् ।
बिशेषत प्रतिवेदनमा हङकङमा पूर्वकालमा पत्रकार संघ गठन गर्न गरिएको असफल प्रयासलाई निस्कृय तथा अकर्मयता भनेर गरिएको ईंगित प्रति केहि सदस्यहरूले चर्को स्वरमा बिरोध गरेका थिए भने सदस्यताको प्रकारमा पनि बिबाद भएको थियो । स्मरण रहोस केहि वर्ष अगाडि पनि हङकङ पत्रकार संघले पुकारिदै एउटा संस्था थियो जसमा चुनाव सम्म भएको थियो उक्त चुनावमा किसन राईलाई राई चन्द्र दुमीले निर्वाचनमा हराएका थिए तर पनि त्यो सस्था वैधानिक तरिकाले यहाको सोसल अर्डियन्स अन्तर्गत दर्ता गरिएको थिएन। यसमा राई चन्द्र दुमीलाई किन सक्रिय गराउनु सक्नु भएन भन्दा उनि भन्छन। साथीहरुले हारको चोट कहिले भुल्न सकेनन र सहयोग भएन जस कारण मेरो पनि कमजोरी रहयो र विशेष गरि हङकङमा बुर्जुवा पित पत्रकारिता गर्नेहरुको बोलबाल भएकोले गर्दा पनि सस्थालाई माथि उठाउन सकिन भन्छन। यस पटकको अधिबेशनमा कहिकतै सार्वजनिक गरेको थाहा भयन र खबर पनि गरेनन।अधिवेशनको दोस्रो चरणको बन्दसत्रमा नेपाल पत्रकार संघका भूपू सदस्य पूर्ण बस्नेतको अध्यक्षतामा कृष्ण लाओती सहित दुई सदस्य टोलीले सञ्चालन गरिएको थियो । बन्दसत्रमा पेश गरिएका प्रतिवेदन, विधान तथा आचार संहिता माथि संघका सदस्यहरूले बहस गरेका थिए । उपश्थित सदस्यहरूको भावना अनुरूप प्रस्तुत गरिएका प्रतिवेदन, आचार संहिता तथा विधान माथि संशोघन हुने गरि पारित गरिएता पनि कतिपय सदस्यहरूले संघमा रहेका पदाधिकारीहरु निष्पक्ष र उदार विचार राख्न नसकेको र गुटबन्दीको आधार पहिलो दिनदेखिनै शुरू गरेको आरोप लगाएका छन् ।
संघको तदर्थ समितिमा सदस्य भएकी रोजगारी भिषामा हङकङमा कार्यरत कल्पना तुम्रोकलाई संघको पूर्ण सदस्यता दिन नमिल्ने अध्यक्ष राईले सम्पादन गरेका विधानमा उल्लेख गरेपछि बिबाद बढेको थियो । हङकङको कानून अनुरूप रोजगारी भिषामा आएको जो कोहिले पनि अन्य आयमूलुक काममा सरिक हुन नपाउने नियम भएकोले आफूले उक्त कुरा विधानमा राखेको अध्यक्ष राईको भनाई थियो भने रोजगारी भिषामा हङकङमा कार्यरत कल्पना तुम्रोकले – “हङकङमा कार्यरत अन्य देशका रोजगारी भिषामा आउनेहरूले आ-आफ्नो देशको मिडियाहरूको सदस्य भै कार्यगर्दै आएकोले नेपालीहरूलाई मात्रै यो निषेध नियम कहां कुन ठाउंमा उल्लेख गरिएको छ खुलासा गर्नुपर्ने माग गरिन । शोसियल अर्डियन्स अन्तर्गत दर्ता गरिएको हो सस्था यहा कसैलाई पनि आय आर्जन गर्न नमिल्ने भएकोले यो तर्क स्वत पुर्वाग्रहि रहेको पनि उनिले बताईन। स्मरण रहोस उनि यस सस्थाको सस्थापक सदस्यहुन र महिलाको पनि प्रतिनिधिहोस भन्ने हेतुले मूलबाटो डटकमको तर्फबाट उनको उपस्थिति रहेको थियो ।
तुम्रोकले अझ थपिन – “बिभिन्न समयमा आफुले संकलन गरेको समाचार तथा फोटोहरू प्रशस्तै मात्रामा अध्यक्ष राई स्वयमले नै आफ्नो पत्रिका एभरेष्टमा चाहिं कुन हैसियतले प्रकाशन गर्दै आएका थिए अहिले मैले बुझ्न सकिन”।
बिबाद र गुनासो संगै उपस्थित केहिलाई मात्र सक्रियाताको आधारमा संघको सदस्यता बितरण गरिएको सो अधिवेशनबाट पूर्ण कार्यकारी समितिको अध्यक्षमा किसन राई सर्वसम्मतिबाट चुनिए भने अन्य पदाधिकारीहरूमा पशन तमु, निर्मल श्रेष्ठ, देव राज राई, बिनय शाह तथा ईन्द्र एलजी मगर क्रमश उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष चुनिएका छन् भने सदस्यहरूमा जगत अम्बु गुरूङ, मातृदिप राई तथा कृष्ण लाओती रहेका छन् । पूर्ण बस्नेत, भूपेन्द्र चेम्जोङ र चुरा थापा संघका सल्लाहकारमा रहेका छन् ।
पत्रकार संघको हरेक कार्य विधान सम्मत गरिने भनेर सदस्यता बितरण कार्यमा त्यसको पूर्व अभ्यास गरेको समितिले अधिवेशनको समाप्ती पछि सबै उपस्थित सदस्यहरू कार्यकक्षबाट बाहिरिएको अवस्थामा समितिका केहि सदस्यहरूको संलग्नतामा कार्य समितिमै सदस्य संख्या थपेर समितिलाई विधान अनुरूप पूर्ण ९ सदस्यता बनाई अध्यक्ष राईले पहिलो दिन बाटै आफ्नो दुर्तगतिको कार्य कौशलताको परिचय दिएका छन् भनि कार्य समितिमा सदस्यता थपिएको समाचार सुन्नेहरूले भन्न थालेका छन् ।
फोटो – नेप्सटाईम डटकम
बिनय शाहको विशेष सहयोगमा -मूलबाटो डटकम,
No comments:
Post a Comment