गाउँको विद्यालयमा ताररहित इन्टरनेट सेवा जडान

तमु समाज युकेद्वारा गाउँको विद्यालयमा ताररहित इन्टरनेट सेवा जडान - पोखरा, २७ माघ/ कोल्मा बहाकोट तमु समाज युकेको आर्थिक सहयोगमा स्याङजाको कोल्मा बहाकोटको कोल्मा उच्चमावि माविमा वायरलेस-तार रहित) इन्टरनेट सेवा शुरु गरिएको छ । गाँउकै विद्यालयमा वायरलेस इन्टरनेट सेवा शुरुभएपछि शिक्षक, विद्यार्थीदेखि अभिभावक समेत मख्ख परेका... छन् । तमु समाज युकेका पदाधिकारीको झण्डै दुइ लाख ५० हजार रुपियाँको आर्थिक सहयोगमा विद्यालयमा तार रहित इन्टरनेट सेवा शुरु गरिएको हो ।
तमु समाज युकेका सचिव दिलिप गुरुङको सक्रियतामा कोल्मा बहाकोट तमु समाज युकेका पदाधिकारीहरुबाट संकलित रकमबाट विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको विद्यालयका प्राचार्य ऋषिराम शर्माले जानकारी दिनुभयो । विद्यालयका ८ वटा कम्प्युटरमा इन्टरनेट जडान गरिएको छ । इन्टरनेट जडानले विद्यार्थीलाई पठन पाठनमा समेत सहज पुगेको छ । विश्वको घटनाक्रम सहजै रुपमा सुन्ने र जान्ने अवसर पाएकोमा अभिभावकहरु समेत खुशी छन् । युकेका पदाधिकारीहरु दिलिप गुरुङ, मुक्षेत्र गुरुङ, कृष्ण गुरुङसँगै पोखरेली व्यवसायी सुनिल गुरुङलाई विद्यालय व्यवस्थापन समितिले सम्मान समेत गरेको छ । युकेका सचिव दिलिप गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद गुरुङलाई आर्थिक सहयोग तथा खेलकुद सामाग्री समेत हन्तारण गर्नुभएको थियो । युकेका सचिव दिलिप गुरुङले आफनै गाउँको विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । २०१० सालमा स्थापित विद्यालयमा झण्डै छ सय विद्यार्थीहरु अध्ययनरत छन् । दुइ दशकपछि २०२३ सालमा विद्यालयले उच्चमाविको स्वीकृति पाएको थियो । विद्यालयमा इन्टरनेट सेवा शुरु भएपछि गाउँका र्सवसाधारणले पनि सहुलियतमा इन्टरनेट सेवा लिन पाउने व्यवस्था मिलाइएको प्राचार्य शर्माले जानकारी दिनुभयो । ‘विद्यार्थी मात्रै नभई अभिभावकलाई इन्टरनेट सेवा सहुलियत रुपमा उपलब्ध गराउने निर्णयगरिएको छ ।’ उहाँको भनाई थियो ।

No comments:

Post a Comment