सत्र वर्षपछि जिरी शिक्षालयमा विद्यार्थी संख्या उच्च

दोलखा, २३ पुस : दोलखाको जिरीमा २७ वर्षअघि स्थापित जिरी प्राविधिक शिक्षालय -जेटिएस) मा यस वर्ष विद्यार्थी संख्या अत्यधिक बढेको छ । १७ वर्षपछि पहिलोपटक यस वर्ष जेटिएसमा आवेदन फारम भर्ने विद्यार्थीको संख्या उच्च देखिएको शिक्षालयका सहायक प्रमुख गोपाल जिरेलले बताए । शिक्षालयले २८औँ समूहका लागि मंगलबार लिएको प्रवेश परीक्षामा ५ सय ४७ परीक्षार्थी सहभागी थिए 
यस वर्षकोे परीक्षामा कञ्चनपुर, कैलाली, दाङ, सोलुखुम्बुलगाय निकै टाढादेखि परीक्षार्थी सहभागी भएका थिए । १ सय २० वटा कोटामा झन्डै पाँच दोब्बर आवेदन परेपछि परीक्षा सञ्चालनका लागि कक्षाकोठासमेत अभाव भएको थियो ।
सहायक प्रमुख
जिरेलका अनुसार ०५० सालअघि यो शिक्षालयमा दोलखा, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुपाल्चोक र रामेछापका विद्यार्थी मात्र अध्ययन गर्न पाउँथे । त्यतिवेला गाउँ-गाउँमा गएर विद्यार्थी छनोट गरिन्थ्यो । उच्च शिक्षा अध्ययनपछि पनि रोजगारी नपाएका सयाँै विद्यार्थीको जिरी प्राविधिक शिक्षालयमा भर्ना हुनका लागि भीड लाग्ने गरेको सहायक प्रमुख जिरेलले बताए । शिक्षालय प्रमुख रामहरि खनालले गुणस्तरीय प्राविधिक शिक्षा दिइने र छिट्टै रोजगारी मिल्ने भएकाले विद्यार्थीको चाप देखिएको प्रतिक्रिया दिए 
प्रवीणता तह र स्नातक उत्तीर्ण गरेकाहरू पनि जिरी प्राविधिक शिक्षालयमा भर्ना भएर सवओभरसियर, अनमी र जेटिए पढ्ने गरेका छन् । अनमीका लागि आवेदन दिएकी ओखलढुंगाकी शान्ति कार्कीले प्रवीणता तह उत्तीर्ण गरिसके पनि रोजगारीको ग्यारेन्टी नभएकाले आफू प्राविधिक शिक्षा अध्ययनका लागि आएको बताइन् । प्राविधिक शिक्षातर्फ मुलुककै नमुना मानिने जिरी प्राविधिक शिक्षालयमा यस वर्ष सबैभन्दा बढी निर्माण संकायतर्फ दुई सय ४६ जना परीक्षार्थीले आवेदन दिएका थिए । जिरी प्राविधिक शिक्षालयले आफ्नो स्थापनाको २७ वर्षमा २२ सयभन्दा बढी प्राविधिक उत्पादन गरिसकेको छ । शिक्षालयले २९ महिनामा अनमी, सवओभरसियर र जेटिए उत्पादन गर्नुका साथै छोटो अवधिको तालिमसमेत सञ्चालन गर्दै आएको छ 

No comments:

Post a Comment