काठमाडौं, १३ पुस
सरकारले घोषणा गरेको पर्यटन वर्ष नजिकिँदै जाँदा मुलुकका निजी विमान सेवा कम्पनी क्षमता विस्तारमा लागेका छन् । पर्यटक संख्या तथा पर्यटकीय गतिविधि बढेका कारण आन्तरिक वायुसेवा कम्पनीले क्षमता बढाएका हुन् ।
निजी क्षेत्रका आधा दर्जन फिक्स्डविङ तथा हेलिकोप्टर कम्पनी नयाँ विमान थप्ने तयारीमा लागेका छन् । पर्यटन वर्ष सुरुसँगै विदेशीका साथै आन्तरिक पर्यटक चहलपहल बढ्ने निष्कर्ष विमान सेवा कम्पनीको छ ।
सरकारी कार्यक्रमको रूपमा मनाउन लागिएको अभियानले आन्तरिक पर्यटन समेट्न लागेकाले आन्तरिक हवाई सेवाप्रदायक उत्साही छन् । सरकारले ३३ प्रतिशत आन्तरिक, ३३ प्रतिशत क्षेत्रीय र ३३ प्रतिशत वैदेशिक पर्यटनमा जोड दिने नीति लिएको छ ।
आन्तरिक उडान गर्दै आएका गुण एयर, अग्नि एयर, मकालु एयर, श्री एयरलाइन्स, सीता एयर तथा माउन्टेन हेलिकोप्टर्सले यसै वर्षभित्र नयाँ विमान थप्ने बताएका छन् । गुण एयरलाइन्सले १८ सिट क्षमताको बिच एयरक्राफ्ट किन्ने बताएको छ । गुण एयरका बजार प्रबन्धक प्रज्वल थापा कम्पनीले अमेरिकामा निर्मित बिच एयरक्राफ्ट किन्न लागेको बताउँछन् । आउँदै गरेको पर्यटन वर्षलाई लक्षित गरी जहाज थप्न लागिएको थापाले बताए । ४ गन्तव्य र माउन्टेन फ्लाइट गरिरहेको गुणले निकट भविष्यमै थप ४ गन्तव्यमा उडान सुरु गर्ने जनाएको छ । हाल गुणसँग ३ वटा बिच एयरक्राफ्ट छन् ।
सिंगल इन्जिन जहाजमार्फत यसै वर्षदेखि सेवा सुरु गरेको मकालु एयरले पनि ९ सिट क्षमताको सेस्ना ग्रान्ड क्याराभान जहाज थप्ने तयारी गरेको छ । जनवरीभित्रै जहाज आइपुग्ने मकालु एयरका महाप्रबन्धक बालकृष्ण श्रेष्ठले बताए । थपिने जहाज चार्टर उडान तथा कार्गो ढुवानीका लागि प्रयोग गरिने उनले जानकारी दिए । हाल २ वटा जहाजमार्फत सुदूरपश्चिम क्षेत्रमा उडान गर्दै आएको मकालुले पोखरा तथा काठमाडौंसम्म उडान विस्तार गर्ने योजना बनाएको छ । सेस्ना क्याराभ्यान जहाज स्काई डाइभिङ र एयर एम्बुलेन्सका लागि पनि उपयोगी मानिन्छ । पछिल्लो समय स्काई डाइभिङतर्फ विदेशी तथा स्वदेशी पर्यटक आकर्षण बढेको छ ।
सिंगल इन्जिन जहाज चलाइरहेको अर्को कम्पनी एयर काष्ठमण्डपले २ वटा मल्टिइन्जिन जहाज थप्ने तयारी गरेको छ । सुदूरपश्चिम क्षेत्रमा उडान गरिरहेको काष्ठमण्डपले नयाँ जहाज नेपालगन्ज-सुर्खेत क्षेत्रमा केन्दि्रत गर्ने जनाएको छ । हाल कम्पनीसँग ३ वटा सिंगल इन्जिन जहाज छन् ।
अग्नि एयरले जर्मनीमा बनेको १८ सिट क्षमताको डोर्नियर जहाज थप्दै छ । जहाज २०११ अगावै आइपुग्ने अग्निले जनाएको छ । डोर्नियरको मूल्य १६ देखि १८ करोड रुपैयाँ पर्छ । एउटा थपेपछि अग्निसँग ३ वटा डोर्नियर हुनेछन् ।
सीता एयरले आप\mना २ डोर्नियर जहाज बेचेर सेस्ना ग्रान्ड क्याराभ्यान २०८ जहाज ल्याउने तयारी गरेको जनाएको छ । डोर्नियर जहाज अहिले विश्व हवाई आकाशबाट विस्थापित हुने क्रममा छ । सीता एयरले एयर ट्याक्सी र कार्गो ढुवानीका रूपमा प्रयोगमा ल्याउने गरी जहाज थप्न लागेको बताएको छ । त्यस्तो जहाजको सिट फोल्ड गर्न सकिन्छ । अमेरिकामा उत्पादन हुने सेस्ना ग्रान्ड जहाजको मूल्य १६ करोडभन्दा बढी पर्छ । १ हजार ३ सय किलो तौल क्षमताको भारवहनयुक्त सो जहाजमा १० जना यात्रु अट्न सक्छन् ।
आन्तरिक एयरलाइन्सअन्तर्गत हवाई सेवा दिइरहेको माउन्टेन हेलिकोप्टर्सले पनि थप २ हेलिकोप्टर ल्याउने तयारी गरेको छ । नयाँ हेलिकोप्टरका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले पुसभित्रमा दुइटै जहाज आइपुग्ने माउन्टेनले बताएको छ । डिसेम्बर २००९ बाट सेवा सुरु गरेको माउन्टेनसँग हाल २ वटा हेलिकोप्टर छन् । ल्याउन लागेका हेलिकोप्टर उच्च प्रविधियुक्त हुने कम्पनीले जनाएको छ । ६ जना बस्न सक्ने त्यस्ता हेलिकोप्टर भने व्यावसायिक प्रयोजनमा प्रयोग हुनेछन् । खरिद गर्न लागिएको हेलिकोप्टरको मूल्य प्रतिहेलिकोप्टर १२ करोड पर्ने कम्पनीको भनाइ छ ।
सरकारले बजेटमा पर्यटन पूर्वाधारका लागि पर्याप्त रकम छुट्याएकाले विमान थप्न कम्पनी अग्रसर भएका हुन् । सरकारले चालू आवमा २ नयाँ विमानस्थल निर्माण गर्ने बताइसकेको छ । मुलुकभर हाल ५१ वटा विमानस्थल रहेकामा ३२ वटा मात्र सञ्चालनमा छन् । ५ वटा विमानस्थल निर्माणाधीन रहेको मन्त्रालयले जानकारी दिएको छ । निर्माणाधीन विमानस्थलमा अछामको कमलबजार, कालिकोटको कोटवाडा, डोल्पाको मसिनेचौर, खोटाङको मनमाया र सोलुखुम्बुको काङगेल विमानस्थल छन् । यीमध्ये मनमाया र काङगेल विमानस्थल हालै सञ्चालनमा आएका छन् ।
विमान कम्पनीले विमानस्थलमा पूर्वाधार तथा सुविधा थप्नुुपर्ने माग गर्दै आएका छन् । विमानस्थलमा पर्याप्त भौतिक पूर्वाधार नभएका कारण निजी विमान कम्पनी दुर्गम क्षेत्रमा जान चाहँदैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी विमान कम्पनीले नियमित मर्मत तथा चेकजाँच गर्ने नगरेको बताउँछन् । नेपाली अधिकांश वायुसेवा कम्पनीले किन्ने जहाज पुराना हुन् । पुरानो जहाज किन्दा २० वर्ष ननाघेको हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रावधान छ । इन्जिनियरले प्राविधिक जाँच गरेपछि एजेन्टमार्फत विमान कम्पनीले जहाज किन्छन् । विमान थप्न प्राधिकरणबाट अनुमति लिनुपर्ने प्रावधान छ ।

No comments:
Post a Comment