सीएनएन हिरो कोइरालाको भव्य स्वागत

यस बर्षको सिएनएन हिरो भएकी माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालालाई विहीबार भव्य स्वागत गरिदैछ । अमेरिकाबाट विहीबार स्वदेश र्फकनसाथ उनको भव्य स्वागत गरिनेछ । सिएनएन हिरोको उपाधी ग्रहण गर्न अमेरिका गएकी कोइराला विहीबार स्वदेश र्फकन लागेकी हुन ।
माइती नेपाल लगायतका बिभिन्न संघ संगठनको संयुक्त पहलमा कोइरालालाई विशेष स्वागत गरि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माइती नेपालको कार्यालयसम्म पुर्‍याइने छ । प्रसिद्ध अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले चेलीबेटी बेचविखनविरुद्ध सकृय योगदान पुर्‍याएवापत कोइरालालई सिएनएन हिरो २०१० ले सम्मान गरेको हो । सन १९९३ बाट निरन्तर बालबालिका र महिला बेचविखनविरुद्ध माईती नेपाल नामको सस्था खोलेर उनले काम गर्दै आएकी छिन । कोइरालाले १२ हजारभन्दा बढी महिलाहरुको उद्धार गरिसकेकी छिन ।

No comments:

Post a Comment