गुरुङ्ग समुदायको बलियो संस्था तमुधी युकेको अध्यक्ष पदमा मुच्छेत्र गुरुङ्ग अत्याधिक बहुमतले विजयी भएका छन् । तमुधीको १० बर्षे इतिहासमा भएको यो पहिलो ऐतिहासीक निर्वाचन हो ।अध्यक्ष पदका अर्का प्रत्यासी सुवासिसं गुरुङ्गलाई भारी मतान्तरले पछि पार्दै मुच्छेत्र छैटौं कार्यसमितिको अध्यक्ष पदमा विजयी भएका हुन् । कुल खसेको ४४३ मत मध्ये अध्यक्ष पदका विजयी मुच्छेत्र गुरुङ्गले ४०० मत पाएका थिए भने उनका प्रतिद्धन्दी सुवासिसं गुरुङ्गले जम्मा ४० मत पाए । निर्वाचनमा ३ मत बदर भएको थियो ।
मुच्छेत्र पांचौ कार्यसमितिका उपाध्यक्ष हुन् भने सुवासिसं अध्यक्ष हुन् । तमुधीको अध्यक्ष लगायतको पदहरुको कार्यकाल २ बर्षको हुनेछ । निर्वाचन आयोगका प्रवक्ता तमुधीका सल्लाहकार एवं एनआरएन युकेका राष्ट्रिय कोअर्डिनेटर भक्त बहादुर गुरुङ्गले मत परिणाम सार्वजानिक गर्दा हलमा तालीको बर्षा भएको थियो ।यद्यपी सुवासिसं गुरुङ्गले आगामी ३० डिसेम्बरसम्म आफनो कार्यकाल सम्हाल्ने छन । गुरुङ्ग समुदायको महत्वपूर्ण चाड ल्होसारमा नयां पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएपछि मात्र छैटैं कार्यसमितिले आफनो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।मत प्रिणाम सुनाउनु अघि निर्वाचन आयोगका प्रबक्ता भक्त गुरुङ्गले सौहाद्र्धपूर्ण रुपमा भएको प्रजातान्त्रिक अभ्यासको प्रशंसा गरॆ । उनले निर्वाचनमा सहयोग गर्ने अन्य पदाधिकारी तथा पांचौ कार्यसमितिको सहयोगप्रति आभार प्रकट गरे ।तमुधी युकेको अध्यक्ष बाहेकका पदमा यसअघि नै सर्वसम्मत निर्णय भइसकेको छ । यसअघि सर्बसमम्मत हुनेहरुमा उपाध्यक्ष द्धय सुर्जे गुरुङ्ग र कमल गुरुङ्ग महासचिव ज्ञाम गुरुङ्ग सचिव नन्दजंग गुरुङ्ग कोषध्यक्षमा दिलिप गुरुङ्ग सह कोषाध्यक्षमा नरेश गुरुङ्ग युवा तथा खेलकुद सचिवमा रि. क्या सुर्यप्रकाश गुरुङ्ग प्रेस सचिवमा रोहित गुरुङ्ग सम्पत्ति सचिव मीन बहादुर गुरुङ्ग तथा प्रवक्ता हिमाल गुरुङ्ग छन । यसैगरी छैटैं कार्यसमितिको सर्वसम्मत सदस्यहरुमा रवि गुरुङ्ग मदन गुरुङ्ग चन्द बहादुर गुरुङ्ग दिपक गुरुङ्ग कमल गुरुङ्ग श्रीमती पुष्पा गुरुङ्ग राम कुमार गुरुङ्गवजंग गुरुङ्ग कृष्ण गुरुङ्ग र नारायण गुरुङ्ग रहेका छन । निर्वाचन कार्यक्रममा आफना उम्मेदवार छान्न टाढा टाढाबाट गुरुङ्गआमा बुवा दाजुभाइ तथा दिदीवहिनीहरुको घुइंचो लागेको थियो । तमुधीको कुल मतदाता संख्या ९३१ रहेको छ । बिहान ११ बजेबाट शुरु हुने भनिएपनि कार्यक्रम केही ढिलो शुरु हुन गएको थियो ।अध्यक्ष पदमा विजयी भएपछि संक्षिप्त कुराकानी गर्दै गुरुङ्गले प्रजातान्त्रिक अभ्यासले आफुलाई अझ परिपक्व बनाएको बताए । उनले तमुधीको विकास र उन्नतीमा गुरुङ्ग समुदायको अत्यान्त ठुलो योगदान रहेको स्मरण गर्दै त्यसको निरन्तरताको अपेक्षा गरे । तमुधीलाई सम्पूर्ण गुरुङ्ग समुदायको साझा संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफनो कार्यकालमा यसलाई सक्षम संस्थाको रुपमा चित्रण गर्न आफू लागिपर्ने बताए ।अध्यक्ष पदका प्रत्यासी एवं निवर्तमान अध्यक्ष सुवासिसं गुरुङ्गले आफनो कार्यकालमा भए गरेका उपलब्धिको बारेमा प्रकाश पारेका थिए । उनले नवनिर्वाचित कार्यसमितिको सफलताको शुभकामना दिए ।निर्वाचन अघि तमुधी भवनमा पांचौं कार्यसमितिको वार्षिक साधारण सभा सम्पन्न भयो । सो अवसरमा बोल्दै अध्यक्ष पदका प्रत्यासी सुवासिसं गुरुङ्ग ले अर्का उममेदवार प्रति कटाक्ष गरेका थिए । उनले संस्थाका हित भन्दा व्यक्तिगत हितमा ध्यान दिएको तथा मतदाता नामावलीमा घोटला गरेको आरोप समेत लगाए । तर अर्का उम्मेदवार मुच्छेत्रले भने आफूलाई शब्दमा भन्दा व्यवहारमा पक्का भएको बताए । उनले आफूलाई भाषण नभई काम गर्न मात्र आउने जानकारी दिए ।पांचौं कार्यसमितिका कोषाध्यक्षले आर्थिक प्रतिबेदन प्रश्तुत गर्दा नेपाल युनाइटेड फुटबल शिर्षकको खर्चमा चर्काचर्की भएको थियो । सो शिर्षकमा मात्र तमुधीले ५११२ पाउण्ड घाटा बेहोरेको छ । यसरी तातो बहस चलिरहेको हलभित्र एक मात्र जिवित नेपाली भिसी लच्छीमान गुरुङ्गको मृत्यु भएको खबरले सन्नाटा छाएको थियो । उनको सम्झनामा २ मिनेट मौन धारणा समेत भयो ।
No comments:
Post a Comment