चितवन, पुर्व युवराज पारस शाहलाई पक्राउ पूर्जी दिएर चितवन ल्याइएको छ । गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी केशव अधिकारीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ पूर्जी दिएर पारस आफैले मगाएको फिष्टेल एयरको हेलिकप्टरबाट दिउसो साढे चार बजे चितवन ल्याइएको हो ।
पोखराबाट उनी चढेको हेलिकप्टर सिधै भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा अवतरण गरिएको थियो । विमानस्थमा उनका समर्थक र संचारकर्मीहरुको भीड लागेको थियो । कडा सुरक्षा घेरामा उनी चढेको हेलिकप्टर अवतरण गरिएको छ । उनलाई भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा राखिएको छ ।
अहिले तालिम केन्द्रमा संचारकर्मीलाई प्रवेश रोक लगाइएको छ । उनका वलिक उनी आउनुभन्दा पहिले अर्को छुट्टै हेलिकप्टर चढेर मंगलबार नै भरतपुर विमानस्थल आएका थिए ।
No comments:
Post a Comment