मरेको बाख्रा खाँदा ५ को मृत्यु

मुगु, मंसिर २० -
मरेको बाख्रा खाँदा झाडापखालाबाट मुगुको पुलुमा पाँच जनाको मृत्यु भएको छ । तीन जना बिरामी छन् ।
मृत्यु हुनेमा पुलु-४ का २७ वषर्ीय रिक्साट लामा, २६ वषर्ीय छेवाङ लुटुक लामा, २८ वषर्ीय लाइक्याप छिरिङ लामा, पुलु-५ सेरोग गाउँका ३१ वषर्ीय तेन्जिङ सोनाम लामा र पुलु-६ का ३३ वषर्ीय छिरिङ पाल्गर लामा छन् ।
 पुलु-५ का छिरिङ लामा र ६ का तल्ला लामासहित तीन जना बिरामी रहेको प्रहरी नायब उपरीक्षक विष्णुबहादुर कार्कीले बताए । निमित्त स्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले मंसिर १८ गते लाइक्याप छिरिङ लामाको मरेको बाख्राको मासु खाँदा उनीहरूको ज्यान गएको जानकारी दिए । टाढा र सञ्चार असुविधाका कारण घटनाबारे सोमबार मात्रै जानकारी पाएको सिंहले बताए । उक्त गाउँ पुग्न सदरमुकामबाट दुई दिन पैदल हिँड्नुपर्छ । घटनाबारे अध्ययन गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी त्यसतर्फ गएका छन् ।  जिल्ला अस्पताल ठिनीबाट औषधिसहित तीन स्वास्थ्यकर्मी औषधि लिएर पठाइएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

प्रकाशित मिति: २०६७ मंसिर २२ ०७:११

No comments:

Post a Comment