माओवादीले पालुङटारमा तीन करोड खर्च गर्दै

काठमाडौं, २४ कात्तिक
माओवादीले गोरखाको पालुङटार गाविसमा हुने छैटौँ विस्तारित बैठक सम्पन्न गर्न करिब तीन करोड खर्च हुने अनुमान गरेको छ । बैठकमा खाना र खाजामा मात्र एक करोड रुपैयाँ खर्च हुने भएको छ ।
पालुङटार गाविस- ८ तान्द्रुङटारमा ५ मंसिरदेखि माओवादी विस्तारित बैठक सुरु हुँदै छ । स्रोतका अनुसार माओवादीले बैठकका हरेक सहभागीबाट सहभागिता र 'मेस' खर्च गरी
एक हजार उठाउने तयारी गरेको छ । बैठकमा करिब ६ हजार नेता सहभागी हुने माओवादीले जनाएको छ । उनीहरूबाट करिब ६० लाख रुपैयाँ जम्मा हुनेछ ।

प्रधानमन्त्रीको नामबाट रक्सीको नामकरण

सोफिया/ बुल्गेरियाका गाउँलेले घरमा बनाइएको ब्रान्डीको नाम 'बोरिसोफ्का' राखेका छन् । रक्सीको कर वृद्धि गर्नबाट सांसदलाई रोकेकोमा प्रधानमन्त्री बोइको बोरिसोभको नामबाट उनीहरूले ब्रान्डीको नाम बोरिसोफ्का राखेका हुन् ।  
गत महिना बुल्गेरियाको नयाँ सरकारले घरमा बनाइएको रक्सीमा कर लगाउने निर्णय गरेको थियो । सरकारले कर वृद्धि गरेमा शताब्दी पुरानो वाइन र राकिया बनाउने परम्परा समाप्त हुने भन्दै जनताले विरोध गरेका थिए ।

तत्कालै देखिने लगानी गर्नेछु साउदी राजकुमार

नयाँ पत्रिका
काठमाडौं, २९ कात्तिक
साउदी राजकुमार अलवालिद विन तलालले नेपालमा हवाईसेवा, जलविद्युत्, पर्यटन, होटललगायतका क्षेत्रमा तत्कालै देखिनेगरी लगानी गर्ने बताएका छन् ।
'तत्कालै देखिनेगरी लगानी गर्ने मेरो इच्छा छ,' प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा राजकुमार तलालको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले भने । राजकुमार तलालले तत्कालै काठमाडांैमा एक होटल खोल्ने प्रस्ताव गरेको पनि भट्टराईले जानकारी दिए ।

कमल थापाको घरमा पुष्पकमल

अलि पुरानो हिन्दी फिल्ममा नाना पाटेकर एउटा डाइलग भन्छन् – “साला एक मच्छड आदमीको हिजडा बना देता हे” । प्रधानमन्त्रीको कुर्सीले सायद पुष्पकमललाई उक्त डाइलगमा भनिए जस्तो बनाइदिएको हुनुपर्दछ । पत्रकारको अगाडि वा संसद भवनमा प्रधानमन्त्रीको दावेदारको रुपमा अनुहार हँसिलो बनाएर देखाएपनि, हिजो सुत्नेवेलामा प्रचण्डले सोचे होलान् –

चौतारी: बाग्लुङका गाउँ डुल्दा

स्थानीय सरकारबारे काठमाडौं स्कुल अफ लले विभिन्न जिल्लामा आयोजना गरेको कार्यक्रममध्ये बाग्लुङ जाने अवसर पाएँ । नेपाल ल क्याम्पस र काठमाडौं स्कुल अफ लका विद्यार्थीहरूले स्थानीय सरकारबारे जनतासँग प्रत्यक्ष कुराकानी गरे । कार्यक्रममा राजनीतिक दलका कार्यकर्ता, नागरिक समाजका अगुवा, सीमान्तकृत, आदिवासी तथा दलित महिलालगायतको उल्लेख्य सहभागिता  थियो ।