नयाँ बर्ष 2072 तथा सांस्कृतिक दिवस 2015

नेपाली समाज ल्विटशायर स्विन्डन ले प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र सांस्कृतिक दिवस फरक फरक समयमा भब्यताका साथ मनाउदै आईरहेको सम्पुर्ण सदस्य ज्युहरु लाई जानकारी भएकै कुरा हो। तर यसपल्ट देखि यि दुई महत्वपूर्ण कार्यक्रम लाई एकैदिन गर्ने निर्णय भए बमोजिम यहि महिना 18/04/2015 सनिवारको दिन पन्जावि सामुदायिक भवन मा भब्यरुपमा हर्ष र उल्लास लिएर "नयाँ बर्ष तथा सांस्कृतिक दिवस" मनाउन गईरहेको हुदा उक्त दिन यहाँहरु को गरिमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। उक्तदिन बिभिन्न जातिय संस्थाहरु बाट सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनुको साथै
बिभिन्न नेपाली गित संगितहरुको मनोरन्जनात्मक प्रस्तुतिहरु रहनेछन। त्यस्तै बिभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउनु हुने महानुभावहरु लाई समाजबाट सम्मान गरिने छ। प्रत्येक सहभागि जातिय संस्थाका कलाकारहरु लाई सम्मान स्वरुप संस्था लाई 4 वटा टिकट निःशुल्क उपलब्ध गराएको निर्णय यसै सुचना मार्फत जानकारी गराउछु। अन्य सहभागि कलाकार नानिहरु लाई भने निःशुल्क नै पहिले कै निर्णय यथावत राखिएको छ। हामिले कलाकार नानिहरुको प्रस्तुति 5 वटा सम्म मात्र लिने निर्णय गरेको छौ। साथै उक्तदिन नाच्न चाहाने कलाकार नानिहरुको नाम यथाशीघ्र नाम पठाई दिनहुन म यसै सुचना मार्फत जानकारी गराउदछौ। छिटो पठाउने कलाकार नानिहरुको नाम लाई मात्र समावेश गराईने जानकारी पनि गराउन चाहान्छु। टिकटको सन्दर्भ मा: यसपल्ट दुई रंगमा टिकट छपाईको जानकारी गराउछु। बयस्कको निलो रंगमा छ भने नानिहरु को लागि भने गुलावि रंगमा रहेको छ। टिकटको मुल्य: बयस्कको £10 नानिहरुको £6 ( 6-12 ) बर्ष सम्मको लागि रहेको छ। यदि टिकट ढोकामा लिन चाहानु हुन्छ भने £15 गरिएको पनि जानकारी गराउदछौ। आदरणिर्य दाजुभाई तथा दिदिबहिनीहरु छिटो भन्दा छिटो टिकट खरित या सम्पर्क गरि आफ्नो टिकट सुरक्षित गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। टिकट बजारमा गईरकेको पनि जानकारी गराउदछौ। अन्य जानकारी तथा टिकट सम्पर्क: राजन/ बल्लभ/ खगेन्द्: 07886793460 / 07446144605 / 07908041719 अन्य कार्यसमितिका सदस्य ज्युहरु लाई पनि सम्पर्क गर्नु सक्नुहुनेछ।
धन्यवाद बल्लभ गुरुड० उपाध्क्षय( नेपाली समाज ल्विटशायर ) कार्यक्रम( प्रमुख )

No comments:

Post a Comment