(साभार मेरो यू के) लण्डन – शनिवार, ०३ मई २०१४को दिन बेजिङस्टोक, बेलायत स्थित अल्डवर्ड साईन्स कलेजहलमा हङकङ नेपाली मञ्च यूकेको छैंठौ वार्षिक भेला हङकङबाट बेलायत आएका नेपालीहरुले बडो उल्लासमय वातावरणमा सम्पन्न गरेको छ । प्रथम चरणको कार्यक्रम समाजका अध्यक्ष ओम गुरुङको अध्यक्षतामा महा’सचिव भिम गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूकेका अध्यक्ष योगेन बहादुर क्षेत्री थिए तथा विशेष अतिथिमा नेपाली राजदूतावास बेलायतका प्रतिनिधि सुर्य थापा थिए ।
यस कार्यक्रममा एनआरएन बेलायतका अन्य पदाधिकारीहरु, विभिन्न संघसंस्थाहरुबाट प्रतिनिधित्व गर्दैै आएका व्यक्तित्वहरु पनि अतिथिका रुपमा आएका थिए । कार्यक्रमको उद्घाटन् अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिको बाहुलीबाट द्वीप प्रजल्वन गरेर शुरु गरेको थियो । नेपाल र बेलायतको राष्ट्रिय गानहरुको प्रस्तुति पछि स्वास्थ्य र सुरक्षा सम्बन्धि समाजका उपाध्यक्ष विजय लिन्थेपले छोटो जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी सबैजनालाई समाजका वरिष्ठ उपाध्यक्ष बिश्वजंग गुरुङले आफ्नो मिठो स्वागत मन्तव्यद्वारा स्वागत तथा आभार व्यक्त गरेका थिए । यस कार्यक्रममा हङकङबाट बेलायत आएका व्यक्तित्वहरुले समाजलाई योगदान तथा विशेष उपलब्धि हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरेका थिए ।
कदरपत्र प्रदान तथा खादा ओढाएर सम्मान प्रमुख अतिथि, विशेष अतिथि तथा अध्यक्षको बाहुलीबाट सम्पन्न भएको थियो । समाजका सल्लाहकार सुमल कुमार गुरुङलाई उनको सिर्जना, कथा सङ्ग्रह “मेजर अर्जुनको आँैठी”बाट दुई दुई पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएकोमा कदरपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए, एभरेष्ट टाईम्स साप्ताहिकका सम्पादक हरिकाजी गुरुङलाई सञ्चार क्षेत्रमा योगदान पुर्याएबापत, त्यसैगरी बीएनओ यूकेका पदाधिकारीहरु जसले निःश्वार्थ भावनाबाट हङकङका आईडी वाहक बीएनओहरुका लागि संघर्ष गरेर बेलायती नागरिकता दिलाई दिए बापत मधुकर गुरुङ, अध्यक्ष लगायत अन्य छ जना पदाधिकाहरु, मार्शल आर्ट क्षेत्रमा विशेषगरि ताईक्वाण्डोमा विशेष उपलब्धि हासिल गरे बापत मास्टर प्रेम कुमार गुरुङ, पाँच डान, मास्टर बुद्धि गुरुङ पाँच डान, मासटर जयन्त थापा, पाँच डान, मास्टर नवराज घले, पाँच डान, बिजय गुरुङ, तीन डान, हरि गुरुङ, तीन डान, सन्दिप कुमार गुरुङ, तीन डान तथा तीन पटकसम्म बेलायतको ताईक्वाण्डो प्रतियोगिताहरुमा गोल्डमेडल प्राप्त त्यसैगरि बेलायतमा सम्पन्न भएको पहिलो मिस्टर यूके नेपाल बडिबिल्डिङमा २०१३ सालको च्याम्पियन सुक गुरुङलाई उपाधि हासिल गरेको उपलक्ष्यमा कदरपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए ।
यस कार्यक्रममा आ–आफ्नो मन्तव्य प्रकट गर्नका लागि समाजका सल्लाहकार सुमल कुमार गुरुङ, बीएनओ बेलायत संस्थाका महासचिव खुशी लिम्बू, एनआरएन आईसीसीका पूर्व प्यासिफिक क्षेत्रीय संयोजक गणेश इजम, विशेष अतिथि राजदूतावासका प्रतिनिधि सुर्या थापा, प्रमुख अतिथि एनआरएन बेलायतका अध्यक्ष योगेन क्षेत्री आदिले सम्बोधन गरेको थिए । अन्तमा प्रथम चरणको कार्यक्रम अध्यक्ष ओम गुरुङको धन्यावाद ज्ञापन पछि सकिएको थियो । दोश्रो चरणको कार्यक्रमलाई समाजका कल्चरल सेक्रेकटरी प्रकाश गुरुङ तथा मितु गुरुङले सञ्चालन गरेका थिए । धेरै कार्यक्रमहरु जुधेकाले सहभागिताको हिसाबमा यसवर्ष अलि न्यून देखिएको थियो तर पछि साँझपछि निकै सङ्ख्यामा मानिसहरु भेला भएका थिए । यसवर्षको सांस्कृतिक कार्यक्रम अति उत्कृष्त रहेको थियो । विशेषगरि रेडिङबाट आएका नेपाली कला संस्थाका कलकाकारहरुको नृत्य र नाटकले सबैको मन जितेको थियो । मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम पछि भाग्य चिट्ठा ड्रा राखिएको थियो । यस भाग्यचिट्ठालाई समाजका व्यक्तिहरुले स्वेच्छा प्रायोजन गरेका थिए र यसबाट सङ्कलित रकम नेपालमा एचआईभीबाट सङ्क्रमित बालबच्चाहरुको उपचार सहयोगका लागि पठाउने लक्ष्य संस्थाले राखेको छ । कार्यक्रमको अन्ततिर एउटा खुशीको समाचार प्राप्त भएको थियो । हङकङ नेपालीमञ्चका भेटेरेन फूटबाल टिमले ०३ मई २०१४ के दिनमा सम्पन्न, फेल्थाम लण्डनमा आयोजित थर्ड पाँचथर कप २०१४को प्रत्तियोगितामा फस्र्ट रनर्स अपको उपाधि हासिल गरेको समाचार प्राप्त भएको थियो । हङकङ नेपाली मञ्चका टिमले फाईनलमा बराबरी भएपछि ट्राईब्रेकरमा एकगोलको अन्तरले हारेको रहेछ । तर, प्रतियोगितामा दोश्रो भएर ट्रोफी सहित आएका खिलाडीहरुलाई सोही कार्यक्रमको अन्तमा खादा ओढाएर सम्मान गरेको थियो ।

No comments:
Post a Comment