Source ekantipur काठमाडौ, वैशाख २५ - गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले बेलायत र नेपालबीच दौत्य सम्बन्धको दुई शताब्दी मनाउन नदिने घोषणा गरेको छ ।
गेसोले गोरखाहरुमाथि जारी अन्याय र बिभेदको अन्त्य नभएसम्म दुबै देशलाई दौत्य सम्बन्ध मनाउने नैतिक अधिकार नभएको दाबी सहित उत्वस मनाउन नदिने घोषणा गरेको हो । गेसोले १० डाउनिङ स्टि्रटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री डेबिड क्यामरुनलाई २९ प्रश्न सहितको ज्ञापन पत्र बुझाएको छ । गेसो सभापति पदमबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
नेपाल र बेलायतबीचको घनिष्ट र असल मित्रराष्ट्रको रुपमा सुमधुर सम्बन्ध र कूटनैतिक दौत्य सम्बन्ध स्थापना भएको आगामी सन् २०१६ मा दुई सय वर्ष पुग्दैछ । गोरखाली युवाहरुलाई पनि बेलायती सेनामा लगेर सैनिक सेवा
गर्न लगाइएको पनि सन् २०१६ मा नै दुई सय वर्ष पुग्दैछ ।
यही अवसर पारेर बेलायती रक्षा मन्त्रालय अन्र्तगतको बिग्रेड अफ गोरखाज र बेलायत सरकार दुबैले भव्य उत्सव मनाउाने तयारी गरेको छ । मुख्य सैन्य शक्त्तीका सरकार प्रमुख र सेना प्रमुखको उपस्थीतिमा मनाउन लागेको उत्सवका लागि बिग्रेड अफ गोर्खाजले बिभिन्न समिति बनाएको छ ।
तर, गेसोले गोरखा सैनिकहरु माथि गरेको अन्यायको बारेमा उचित सम्बोधन नभएसम्म कुनै पनि हालतमा मनाउान नदिने तयारी समेत गरेको छ । ज्ञापन पत्रमा भनिएको छ, 'जबसम्म हामी पीडित पक्ष र सम्पूर्ण नेपालीहरुलाई चित्तबुझ्दो उत्तर दिइादैनÙ हाम्रो लोभलाग्दो जवानीलाई चरम शोषण गरेर र हामीलाई मानव व्यापारको साधन बनाएर हाम्रो पसिना, रगत, त्याग र बलिदानले आर्जन गरेको कमाई माथि रजाईं गर्दै दुवै देशका शासकहरुलाई केक काटेर उत्सव मनाउने नैतिक अधिकार हुने छैन भन्ने हाम्रो ठहर छ ।'
गोरखाहरु माथि गरिएको अन्यायको उचित सम्बोधन र उत्तर नआएसम्म उत्सव मनाउान नदिने गेसो सभापति पदमबहादुर गुरुङले बताए । 'हाम्रो रगत, पसिना र आशु पिएर उनीहरुलाई उत्सव मनाउाने अधिकार छैन' उनले भने ।
कूटनैतिक हैसियत नै नभएका सामान्य कर्मचारीले हस्ताक्षर गरेको त्रिपक्षीय सम्झौतालाई रोयल कोर्ट अफ जस्टिसका न्यायधीस निकोला ब्ल्याकको इजलासले ३० सेप्टेम्बर २००८ मा गैरकानुनी ठहर गर्दै खारेज गरीदिएको तथ्य प्रस्तुत गदै ज्ञापन पत्रमा भनिएको छ, 'यस सम्बन्धमा दुवै देशका सदन र सरकारलाई थाहै छैन । यो कस्तो खालको सैनिक सेवा हो ? यसभित्र के रहस्य लुकाइएको छ ? एक मित्रराष्ट्रले अर्कोे मित्रराष्ट्रका नागरिकलाई दास बनाएर मैत्रीसम्बन्ध असल र सुमधुर छ भन्न मिल्छ ? यो कदापि मिल्दैन ।'
पूर्ण पाठ
सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्रीको कार्यालय,
१० डाउनिङ स्ट्रिट
संयुक्त अधिराज्य ।
विषयः दुई सय वर्षको दौत्य सम्बन्धको सन्दर्भमा बेलायत र नेपाल सरकारसमक्ष हाम्रा प्रश्नहरु ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल र बेलायतबीचको घनिष्ट र असल मित्रराष्ट्रको रुपमा सुमधुर सम्बन्ध र कूटनैतिक दौत्य सम्बन्ध स्थापना भएको आगामी सन् २०१६ मा दुई सय वर्ष पुग्दैछ । गोरखाली युवाहरुलाई पनि बेलयाती सेनामा लगेर सैनिक सेवा गर्न लगाइएको पनि सन् २०१६ मा नै दुई सय वर्ष पुग्दैछ । नेपाल कहिले पनि बेलायतको उपनिवेश थिएन, न त यो सानो हिमाली देश कुनै राष्ट्र विरुद्ध युद्धको पक्षमा नै थियो । एक सार्वभौमसत्ता सम्पन्न देशका स्वतन्त्र नागरिकहरुलाई कुन कानुनको आधारमा दुई मानव विनाशकारी विश्वयुद्धहरुमा लगेर मानव ढाल बनाइयो भन्ने सम्बन्धमा दुवै देशका सरकारले अहिलेसम्म पनि स्पष्ट गरेका छैनन् । जब विश्वमा युद्ध फैलिन्छ, हजारौंको संख्यामा गोरखा युवाहरुलाई युद्धको तालिम गराई बेलायती सेनाको सैनिक पोसाक र हतियार दिएर युद्धको भुमरीमा मानव ढालको रुपमा प्रयोग गरिन्छ । युद्ध समाप्तिपछि बहादुरीको तक्माहरु मात्र दिएर रित्तो हात नेपाल फर्काइन्छ । दुई सय वर्षसम्म सैनिक सेवा प्रदान गरेका गोरखाहरुलाई बेलायत सरकारले अहिलेसम्म पनि सैनिक सेवाको मान्यता दिएको कहीँकतै पाइन्न । यो कसरी प्रमाणित हुन्छ भने कथित हवाइ काण्डमा एक जना गोरा मेजरको सनकको भरमा १ सय ११ जना गोरखाहरुलाई रित्तो हात नेपाल फकाईन्छ । नेपाल र बेलायतको सदन र सरकारलाई थाहै हुँदैन । कूटनैतिक हैसियत नै नभएका सामान्य कर्मचारीले हस्ताक्षर गरेको त्रिपक्षीय सम्झौतालाई रोयल कोर्ट अफ जस्टिसका माननीय न्यायधीस निकोला ब्ल्याकको इजलासले ३० सेप्टेम्बर २००८ मा गैरकानुनी ठहर गर्दै खारेज गरिदिएका छन् । यस सम्बन्धमा दुवै देशका सदन र सरकारलाई थाहै छैन । यो कस्तो खालको सैनिक सेवा हो ? यसभित्र के रहस्य लुकाइएको छ ? एक मित्रराष्ट्रले अर्कोे मित्रराष्ट्रका नागरिकलाई दास बनाएर मैत्रीसम्बन्ध असल र सुमधुर छ भन्न मिल्छ ? यो कदापि मिल्दैन ।
सन् २०१६ मा दौत्य सम्बन्ध स्थापना भएको उपलक्ष्यमा उत्सव मनाउनुपूर्व युद्धमा लगेर मारिएका नेपालका १९ जातका सम्पूर्ण पीडित पक्षको तर्फबाट दुई देशका सरकारसमक्ष निम्न प्रश्न सोध्न चाहन्छौं । जबसम्म हामी पीडित पक्ष र सम्पूर्ण नेपालीहरुलाई चित्तबुझ्दो उत्तर दिइँदैनÙ हाम्रो लोभलाग्दो जवानीलाई चरम शोषण गरेर र हामीलाई मानव व्यापारको साधन बनाएर हाम्रो पसिना, रगत, त्याग र बलिदानले आर्जन गरेको कमाई माथि रजाइँ गर्दै दुवै देशका शासकहरुलाई केक काटेर उत्सव मनाउने नैतिक अधिकार हुने छैन भन्ने हाम्रो ठहर छ ।
प्रश्नहरुः
१. बेलायती सेनामा गोरखा युवाहरुलाई भर्ती गरेर युद्ध तालिम दिइन्छ, सैनिक पोसाक र हतियार दिएर युद्धमा पठाइन्छ, तर सैनिक सेवाको मान्यता दिइएको अहिलेसम्म कहीँकतै पाइन्न । यो कस्तो खाले सैनिक सेवा हो ?
२. युद्धमा लगेर मारिएका वा बेपत्ता पारिएकाहरुको सम्बन्धमा अहिलेसम्म पनि परिवार-आफन्तजनलाई बेलायत सरकारले आधिकारिक खबर नदिनुको रहस्य के हो ?
३. नेपाली समाजमा आˆनो जातीय धर्म र संस्कृति अनुसार मरेका वा मारिएकाहरुलाई दाहसंस्कार गरिएन भने उनीहरुका आत्माले शान्ति पाउँदैनन् । बेलायत सरकारले आधिकारिक खबर नदिएको हुँदा सम्बन्धित परिवार आफन्तजनले आफ्नो धर्म संस्कृति अनुसारको काजकिरिया गर्न पाएका छैनन् । यसो किन गरियो ?
४. बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले नेपालको राजकीय भ्रमण गर्दा र राजा महेन्द्रले बेलायतको राजकीय भ्रमण गर्दा दुवै देशका राष्ट्रप्रमुखहरुले गोरखाहरुले युद्धमा प्रदर्शन गरेका बहादुरी र वीरताको प्रशंसा गर्दै सगरमाथाको चुलीमा पुर्याइदिएको पाइन्छ, तर व्यवहारमा भने दास भन्दा तल्लो व्यवहार गरिएको तथ्य कसैबाट छिपेको छैन । यस्तो नाटक किन रचिन्छ ?
५. नेपालका तत्कालीन शासकहरुको बेलायत स्थित निजी बैंक खातामा वाषिर्क दश लाख रुपैयाँ जम्मा गरेको पाइन्छ । यो के गरे बापत् जम्मा गरिदिएको हो ?
६. सन् १९४७ मा विश्वयुद्धताका बेलायती सेनामा भर्ती गरिएका २ लाख ५० हजार गोरखाहरुलाई कति नेपाल फर्काउने, कति भारतमा राख्ने र कतिलाई बेलायतले मलाया लैजाने भनी पशुसरह गरिएको भागबिलो के मानवीय हिसाबले उचित थियो ? विश्वलाई शान्ति दिलाउने बहादुर गोरखाहरुलाई गरिएको यस्तो अमानवीय व्यवहार उचित थियो भन्ने आधार के ?
७. विश्वले नै उत्कृष्ट भनि मानिआएको बेलायती सदनले आफ्ना राष्ट्रसेवक गोरखाहरुलाई उनीहरुको भूगोल र रङ्गको आधारमा फरक नीति बनाउनुको कारण के हो ?
८. गोरखाहरु हिन्दू होइनन् भन्ने कुरा स्पष्ट हुँदाहुँदै हामीलाई हिन्दू किन बनाइयो ? र हाम्रो जन्मदेखि मृत्युसम्मको संस्कार गर्नका लागि प्रत्येक गोरखा पल्टनमा हिन्दू पुरेत किन राखियो ? यसरी हाम्रो धर्म र संस्कृतिमाथि किन ठाडो अतिक्रमण गरियो ?
९. लछुमान गुरुङलाई युद्धमा वीरता देखाए वापत् भिक्टोरिया क्रस तक्मा दिइयो, अपाङ्ग शरीरलाई उपचार गर्न एक पैसा पनि नदिएर विना पेन्सन नेपाल फर्कादिइयो । उनको जीवनभर हेरचाह गर्न उनका निर्दोष परिवारमाथि भार पारियो । उनको १२ डिसेम्बर २०१० मा बेलायतमा मृत्यु हुँदा दाहसंस्कारको लागि गोरखाहरुबाट चन्दा उठाउनु पर्यो । यो कस्तो खालको भिसि तक्मा हो ? भिसि तक्मा दिइएका लछुमान गुरुङको त यस्तो बेहाल बनाइयो भने साधारण सिपाहीहरुलाई कस्तो अवस्थामा फर्काइएको थियो भन्ने यसैबाट प्रष्ट हुन्छ । यस्तो किन गरियो ?
१०. हामी गोरखाहरुको जन्मभूमि नेपाल हो भने कर्मभूमि बेलायत हो । हामी र हाम्रा सन्ततिहरुको जन्मभूमि र कर्मभूमिको हैसियत के हो ? दुवै देशका सरकारहरुबाट हामीलाई स्पष्ट पारियोस् ।
११. नेपाल हाम्रो जन्मभूमि हो भने बेलायत हाम्रो कर्मभूमि हो । हामी र हाम्रा सन्तानहरु नेपाल वा बेलायत जहाँ बसे पनि त्यहाँका नागरिकहरुले पाउने सुविधा र अधिकार हामीले पनि उपभोग गर्न पाउने हाम्रो नैसर्गिक अधिकार हो भन्ने हाम्रो दाबी छ । यदि हाम्रो दाबी गलत हो भने किन ?
१२. हामी गोरखाहरुले बेलायती सार्वभौमिकता, राजमुकुट र जनताको सेवा गर्नुपर्ने तर हामीले पाउने बेतन र खान्गी नेपालको जीवनस्तरको आधारमा निर्धारण गरिन्छ । यस्तो हाँस्यास्पद किन ?
१३. राजकुमार पि्रन्स चाल्र्सलाई संरक्षक राखेर गोरखा वेलफेयर ट्रष्टको नाममा अरबौं पाउण्ड संकलन गरिएको छ । गोरखाहरुको नाममा उठाइएको यो रकम कहाँ र के प्रयोजनमा खर्च गरिन्छ ?
१४. सन् १९४८ पछि गोरखा बटालियनलाई हङकङ, मलाया, सिंगापुर र बु्रनाइमा राखिएको थियो । सिंगापुरमा राखिएका गोरखालीहरुको मासिक बेतन वापत् प्रत्येक गोरखाको नाममा ६ सय ५० सिंगापुर डलर कोषबाट निकालिन्थ्यो, तर गोरखालाई ७० डलर मात्र दिइन्थ्यो । बाँकी रकम के गरियो ? यो एक उदाहरण मात्रै हो ।
१५. विगत दुई सय वर्षदेखि बेलायत सरकारले गोरखाहरुप्रति गरेको व्यवहारलाई अध्ययन गर्दा नेपालका शासकवर्गलाई डर, धम्की र प्रलोभन देखाउने र सोझा नेपाली युवाहरुलाई रोजगारी दिएको नाममा युद्धको समयमा विश्वलाई देखाउनको निमित्त बेलायती सैनिक पोसाक दिएर नक्कली सैनिक बनाई युद्धमा लाने तर सैनिकको मान्यता चाहिँ नदिने ! शान्तिको बेला विभिन्न राष्ट्रमा लगेर राख्ने र ती राष्ट्रहरुबाट बेलायती नागरिक सैनिक सरहको सुविधा र बेतन गोरखालीको नाममा पनि लिने तर गोरखालीहरुलाई नाममात्रको बेतन र सुविधा दिएर मुनाफा गर्ने ! बहादुर भनेर भिसि तक्मा दिइने गोरखाहरुलाई खरिदबिक्रीको वस्तु बनाएर मानव व्यापार किन गरिन्छ ? यो मानवीय हिसाबले के उचित छ ?
१६. माथि उल्लेखित बुँदाहरुमा छानविन गर्नका लागि नेपाल र बेलायतको संसदका सांसदहरु सम्मिलित एक उच्च स्तरीय राजनीतिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गरियोस् ।
१७. गोरखाहरुमाथि अमानवीय व्यवहार र मानवअधिकारको उल्लंघन गरिएको हो कि होइन भन्ने सम्बन्धमा नेपाल र बेलायत दुवै देशका अन्तर्राष्ट्रिय तहका मानवअधिकारवादीहरु सम्मिलित छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गरियोस् ।
१८. आदिवासी जनजातिहरुको आफ्नो धर्म, संस्कृति र पहिचानलाई समाप्त पार्ने बदनियतले हरेक पल्टनमा हिन्दू पुरेत राखिएको हो कि होइन भन्ने सम्बन्धमा एक अन्तर्राष्ट्रिय स्तरको मानवअधिकारवादीहरु सम्मिलित छानविन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गरियोस् ।
२९. तीन वटै समितिको प्रतिवेदन आइसकेपछि नेपाल र बेलायत दुवै देशका सरकारहरुले दुई सय वर्ष सम्म बेलायती सार्वभौमिकता, राजमुकुट र जनताको सेवा गरे वापत् नेपाल राष्ट्रलाई के फाइदा भयो ? र स्वयम् बेलायती सेनामा जाने संस्कार बसालिएका जातिका युवाहरुले के फाइदा पाए भन्ने सम्बन्धमा सारा नेपालीहरुलाई चित्तबुझ्दो गरी स्पष्ट जवाफ दिइयोस् । यो मात्र समस्या समाधानको एक मात्र बाटो हो ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
दौत्य सम्बन्धको दुईसय वर्षगाँठमा यो निकै सम्बेदनशील विषय हो भन्ने हामीलाई लागेको छ । यस सम्बन्धमा दुवै देशका सरकारले १९ जातिका पीडित परिवारहरु र सारा नेपालीको चित्त बुझ्ने गरी जवाफ दिइयोस् भन्ने हाम्रो आग्रह छ । अन्यथा हामी बाध्य भएर नेपाल सरकार आफ्ना नागरिकलाई बिक्री गरी ज्यान कर्तव्य अपराधको अभियोगमा र बेलायत सरकारलाई मानव खरीदबिक्री गरी विना कानुनी आधार युद्धमा मानव ढाल बनाई हजारौं गोरखाहरुलाई मर्न र मार्न बाध्य बनाएको, लाखौं गोरखाहरुलाई बेपत्ता पारी तिनका परिवारहरलाई सूचनासम्म पनि नदिएको युद्ध अपराधको अभियोगमा अन्तर्राष्ट्रिय न्यायलयमा न्यायको लागि ढोका घच्घच्याउन बाध्य हुनेछौं भन्ने व्यहोरा विनम्र निवेदन गर्दछौं ।
८ मे २०१४
पदमबहादुर गुरुङ
(सभापति)
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)
- See more at: http://ekantipur.com/np/2071/1/25/full-story/388829.html#sthash.NWhQdnJT.dpuf

No comments:
Post a Comment