चाहिँ छालाको रोगबाट सुरु हुन्छ । कतिपय मुटु खाने बाथरोग हुन्छ जुन बाल-बालिकालाई बाथज्वरोबाट सुरु हुन्छ । यसबाहेक बाथरोग बंशानुगत र संक्रामक रोगका कारण पनि हुने गर्छ ।
यसको प्रकारअनुसार कुन व्यक्तिलाई कुन किसिमको बाथरोग भएको हो, त्यो समयमा नै पत्ता लगाउने कोसिस गर्नुपर्ने हुन्छ । धेरै हदसम्म बाथरोग कुनै सरुवा तथा संक्रामक जीवाणु वा कीटाणुबाट हुने रोग होइन । तापनि ती सयौं बाथरोगमध्ये अत्यन्तै नगन्य मात्रामा अर्थात् ०.१ प्रतिशत मात्रै त्यस्ता केही बाथ हुन्छन् जुन जीवाणु र कीटाणुका संक्रमणबाट पनि हुने गर्छ । यो मानव शरीरमा हुने एक किसिमको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आई उत्पन्न हुने समस्या हो जसको कारणले शरीरभित्रको रोग प्रतिरोधात्मक शक्तिलाई असर गरी विभिन्न किसिमका बाथरोग हुन्छन् । साधारणतया बाथरोग दुखाइबाट हुने रोग हो । तर सबै दुखाइ बाथ नहुन पनि सक्छ र सबै बाथरोग भने पीडादायी हुन्छन् नै । यसमा शरीरको कुनै हाडजोर्नी, मांसपेसी, नसा दुख्ने, सुन्निने हुन्छ । शरीरभित्र भएका हड्डीहरू वा टाउकादेखि खुट्टासम्मका कुनै भागका जोर्नीहरूलाई असर पार्न सक्छ । बिहान उठ्दा असर परेका हड्डीहरू दुख्छन्, सुनिन्छन् र कक्रक्क भएको अनुभूति हुन्छ । दुखाइ एक घण्टादेखि दुई घण्टासम्म रहन्छ । तर जसरी घाम लाग्दै जान्छ दुखाइ पनि कम भएर जान्छ ।
दुखाइ बाहेक बाथरोगले ज्वरो आउने, छाती दुख्ने, पिसाब पोल्ने, आँखा दुख्ने, शरीरका विभिन्न भागमा रातो नीलो डाम देखिने, गर्भ तुहिने, कपाल झर्ने, मुखमा घाउ-खटिरा आउने, शरीरका छालाहरू तन्किदै जाने, हातका औंलाहरू चिसो पानीमा डुबाउँदा सेतो, नीलो, पहेँलो हुने तथा औंलाहरूमा पनि घाउ-खटिरा उत्पन्न हुने जस्ता कयौं लक्षण देखिन सक्छन् ।
बाथरोग समयमै राम्ररी उपचार गराउँदा पूर्णतया निको पनि हुनसक्छ । आजको वैज्ञानिक युगमा समेत बाथरोगलाई एउटा रोग नमानी हाम्रा गाउँघरमा यसलाई अभिशापका रूपमा लिने र विभिन्न प्रकारका परम्परावादी एवम् अन्धविश्वासी नजरबाट हेरी त्यसका लागि धामीझाक्री लगाउने तथा अरू नाना किसिमका प्रचलित/
बाथ पत्ता लगाउन रगतका विविध जाँच तथा एक्स-रे गर्ने गरिन्छ । जाँच गरी सकेर जब हामीले यो बाथ हो भनेर निक्र्यौल गरिसकेका हुन्छौ, त्यसपछि उपचारका प्रक्रियाहरू सुरु हुने गर्छन् । उपचारको मुख्य लक्ष्य नै रोगी लाई कुँजो हुनुबाट बचाउने तथा बाथले भविष्यमा मुटु, मिर्गाैला, कलेजो, आँखा, छालामा हुने विविध जटिलता वा प्रकोपबाट बचाउने हो । बाथरोग कुनै अभिशाप होइन । यो त एक शारीरिक रोग मात्रै हो ।
लेखक नर्भिक इन्टरन्यासनल अस्पतालसँग आबद्ध छन् | साभार ज्ञानबिज्ञान डट कम

No comments:
Post a Comment