दुर्गममा सुन्दरी

-भीमबहादुर सिंहजाजरकोट, असार- ४ 
-सुन्दरी भन्नेबित्तिकै सहरका सुविधायुक्त सभा/समारोहमा बिरालाचालमा हिँडिरहेका युवतीहरूको झझल्को प्रायःलाई हुने गर्छ । तर त्यसो मात्र होइन । पछिल्ला दिनमा केही सुन्दरी समाज सेवामा पनि सक्रिय हुन थालेका छन् । 
त्यस्तैमध्येकी हुन्, मिस यूके नेपाल-२०११ की विजेता गौमाया गुरुङ । अहिले उनी शिक्षाको उज्यालोबाट वञ्चित मध्यपश्चिमको दुर्गम
जाजरकोटका गाउँगाउँ पुगेकी छन् । बालबालिकालाई
शैक्षिक सामग्री वितरण गरिरहेकी छन् । बेलायतमा बस्ने यी सुन्दरीले दुर्गम गाउँका घोडेटा बाटा नाप्दा स्थानीय बासिन्दा छक्क परेर हेर्ने गरेका छन् । झरीमा जाजरकोट हुँदै कणर्ालीका डोल्पा र रुकुमका गाउँ जाने कार्यक्रम बनाएकी गौमाया स्कुले बालबालिकालाई सहयोग गर्दै हिँडेकी हुन् । उनी शिक्षा नेपाल, हिमायलन क्लाइमेट इनिसियटिभ, द जेन नेप कार्यक्रमको सहकार्यमा अघि सरेकी हुन् । साक्षरता नेपालको 'एक व्यक्तिः एक किताब' अभियानलाई सफल पार्न आएकी गौमायाले मंगलबार खलंगास्थित हनुमान प्राविका बालबालिकालाई पुस्तक, पोसाक लगायत वितरण गरिन् । 'ज्ञानी हुनू, ठूलो मान्छे बन्ने प्रयत्न गर्नू, अरूलाई सहयोग गर्नू, सधैं खुसी हुनू' भन्ने सुझाव दिँदै हिँडेकी उनीसँग बालबालिका झुम्मिएका थिए । गोरखाको चिप्लेटी, जौबारीकी गौमाया ६ वर्षदेखि बेलायतमा बस्दै आएकी छन् । उनले बेलायतमा बस्दै आएका नेपाली साथीबाट संकलन गरिएका एक हजार पुस्तक साक्षरता नेपाललाई बुझाएको खुलाइन् ।

साभार कान्तिपुर !

No comments:

Post a Comment