२०७० असोज २३ गते, वुधवार १५:२७:५८ बजे
भीमलाल श्रेष्ठ/उज्यालो ।
गोरखा, असोज २३ – यसवर्षको लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले जितेका छन् ।
चेपे र मर्स्याङ्दी नदीको दोभान चेपेघाटदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर लामो दूरी १ घण्टा ३६ सेकेण्डमा पूरा गरेर उनले ५० हजार ५ सय ५ रुपैयाँ पुरस्कार जिते ।
त्यस्तै आर्मी क्लबकै राजकुमार विष्टले १ घण्टा १ मिनेट ९ सेकेण्डमा पूरा गर्दै दोश्रो र एपिएफ क्लबका किरण मल्लले १ घण्टा २ मिनेट ६ सेकेण्डमा दूरी पार गरेर तेश्रो भए ।
दोश्रो हुनेले २५ हजार ३ सय ५ र तेश्रो हुनेले १० हजार १ सय १ रुपैयाँ पुरस्कार पाए । दौडेर राजा हुने परम्पराको स्मरण गर्दै लिगलिग कोट बिकास अभियानले आयोजना गरेको लिगलिगे दौडको पुरुषतर्फ ३ विदेशी सहित एकसय ४५ जना सहभागी थिए ।
महिला तर्फ पालुङटारको बड्डाँडादेखि लिगलिगकोट दरबारसम्मको ५ किलोमिटर दूरीमा एपिएफकी गीता खत्रीले ३४ मिनेट ८ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारिन् ।
त्यस्तै त्रिभुवन आर्मी क्लबकी सरिता बासीले ४५ मिनेट ६ सेकेण्डमा पार गर्दै दोश्रो र कठमाडौंकी नारायणदेवी सिंहले ४७ मिनेट २६ सेकेण्डमा पार गरेर तेश्रो भइन् । ७ जना सहभागी प्रतियोगितामा पहिलोले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार रुपैयाँ पुरस्कार पाए ।
साभार उज्यालो अनलाईन
No comments:
Post a Comment