गर्भावस्थामा खानेकुरा

 महिलामा गर्भावस्था निकै महत्वपूर्ण हुन्छ । त्यसकारण गर्भावस्थाका बेला निकै सावधानी पनि अपनाउनुपर्ने हुन्छ । यी दिनमा के गर्ने तथा के कस्ता खानेकुरा खाने भन्ने कुराले ठूलो महत्व राख्छ । गर्भवती महिलाका लागि आफ्नो भोजनमा प्रोटिन, आइरन तथा क्याल्सियम तत्व पर्याप्त हुनु आवश्यक छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र गर्भको बच्चा दु
बैको स्वास्थ्य राम्रो हुन्छ ।

महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा यी हुन् 

· पालुंगोको साग – पालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्व प्रचुर मात्रामा पाइन्छ । यसले आमाको सरीरमा रगतको कमी हुन दिँदैन र गर्भको बच्चा पनि स्वस्थ रुपमा हर्र्किन्छ ।
· बदाम( बदाममा प्रोटिन, भिटामिन इ तथा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ ।

· कुखुराको मासु(कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा पाइन्छ ।

· भिण्डी(यसमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ ।

· सुन्तला(यसमा प्रसस्त भिटामिन सी तथा फोलिक एसिड समेत पाइन्छ ।

· ब्रोकाउली(ब्रोकाउलीमा पर्याप्त मात्रामा आइरन पाइन्छ ।

· अण्डा(अण्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम तत्व पाइन्छ ।

· माछा(माछामा क्याल्सियम, ओमेगा थ्री फ्याट्टी एसिड तथा भिटामिन डी पाइन्छ ।

· दही(दही पनि गर्भवती महिलाका लागि निकै लाभदायक मानिन्छ ।

No comments:

Post a Comment