तिम्रै सम्झना-कल्पना तुम्रोक

तिमी आउछौ भन्ने आशमा
चौतारीमा एक्लै कुर्न सकिन
नयाँ बाटो रोजेर
चौतारिलाई छोड्न पनि सकिन ।
छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रहेछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

फक्रनु अनि फल्नु जिवन रे
के भमरा बिना फूलको अस्तित्व हुदैन र?
किन यो मनहरु लाग्छन रित्तो रित्तो
तर कहि कतै कसैको आवागमनको पुर्वाभास जस्तो
अनि फेरि उही बियोगको कोशेली जस्तो ।
तिमी आउछौ भन्ने आशमा
मनको ढोका खुल्लै छोड्न सकिन
एक्लिएको यो रित्तो घरलाई
छोडेर हिड्न पनि सकिन ।
छल्किएको नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रहेछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।
भो मलम नलगाउ घाउहरुमा
झनै पोल्छन भतभती
चर्किन्छन चरचरी
बाँच्न देउ मलाई
मेरो आफ्नै जिवन
थकित भएको यो मेरो तन ।
कोहि आउला भन्ने आशमा
दोबाटोमा कुरिन
बैरागी भइ खरानी नी घस्न सकिन
आँखाहरु टोलाइ रहे पराईहरु आफ्ना भएन
दिल खोलेर मनको कुरा
भन्न पनि सकिन ।
छल्किएका नयनहरु,
भिजेका परेलीहरु
एक्लै एक्लै हिडि रहेछु
बोकेर तिम्रै सम्झनाका तरेलीहरु ।

No comments:

Post a Comment