हरि गुरुङ
बेलायत ११ जुन २०१२ हङकङबाट आई बेलायत स्थित स्वीनडन यू के मा बसोबास गर्ने नेपालीहरुको संगठन
हङकङ नेपाली स्वीनडन क्लब यू के ले यही आइतबार १० जुनका दिन बार्षिक समर पार्टी भब्यताका साथ सम्पन्न गरेको छ ! बिहान १० बजे बाट शुरु भएको कार्यक्रम बेलुका अबेर राती १० बजे मात्र सम्पन्न भएको थियो ! कार्यक्रम स्वादिस्ट सेल रोटि, अचार,आलुदम र बिबिध पेय पदार्थ बाट शुरु गरिएको थियो !साथमा हङकङ नेपाली स्वीनडन
क्लब यू के का कलाकार नानीहरुले अतिनै राम्रो नित्य प्रस्तुत गरेका थिए ! कार्यक्रममा
स्वीनडन नेपाली समाजका सिनियर सेक्रेटरी तथा समाज सेवी जुम प्रसाद गुरुङले
बोल्नु भएको थियो ! वहाले नेपाली युवाहरुले गरेको यो नया खालको कार्यक्रमको
प्रसंसा तथा खुशी ब्यक्त गर्नु भयो , साथै आयोजक टिमलाई धन्यबाद दिनु भयो ! यसै
गरि समाज सेबी तथा स्वीनडन नेपाली समाजका सल्लाहकार बिज्ञान शर्मालेले पनि
आफ्नो मन्तब्य राखनु भएको थियो ! वहाले स्वीनडन नेपाली समाजले गर्नु पर्ने
नया कामको बारेमा प्रकाश पार्नु भयो ! समाजले अबको दिनमा आफ्नै समाज भवन
बनाउनु पर्ने र त्यसको लागि आम स्वीनडन नेपाली समुदायले सकेको सहयोग गरि दिन हार्दिक
अनुरोध पनि गर्नु भयो ! जसको लागि ७ सदसियकार्य समिति पनि गठन भैसकेको
जानकारी दिनु भयो ! त्यसै गरि समाज सेबी तथा पी यन कलेजका भू पु प्राद्यापक
भेष बहादुर थापाले पनि आफ्नो भनाइ राखनु भएको थियो ! वहाले यस क्लबको
प्रसंसा गर्दै संबिधान नभएको देश बेलायतमा यस सस्थाले पनि त्यसैको अनुसरण
गरेको कुरा प्रकाश पार्नु भयो !
त्यसै गरि हङकङ नेपाली स्वीनडन क्लब यू के का सदस्यहरु झलम राई,
टंक राई , बल्लव गुरुङले आफ्नो भनाइहरु राखनु भएको थियो !
कार्य क्रमको अर्को चरणमा म्युजिकल चेयर गेम राखिएको थियो ! जसमा
देवी गुरुङ बिजयी भएका थिए ! त्यसै गरि पुरष तर्फ भने घैटो फुटाउने कार्य
क्रम राखिएको थियो ! जसमा बल्लव गुरुङ बिजयी भएका थिए भने महिला
तर्फ भने कसैले जित्न सकेन ! तसर्थ महिला तर्फको पुरस्कार अर्को बर्षको
बिजयीले पाउने भएको छ ! कार्यक्रमको बीचमा बिबिध परिकारको खान
र वी वी क्यु साथमा निरन्तर नाच प्रस्तुत गरिएको थियो !
कार्यक्रमको अर्को चरणमा नाच प्रस्तुत गर्ने नानीहरु म्युजिकल गेम र
घैटो फुटाउने खेलमा बिजयीहरुलाई हङकङ नेपाली स्वीनडन क्लब यू के का
सदस्यहरु तथा नेपाली समाज यू के का सल्लहाकारहरु तथा समाज सेबीहरुले
पुरस्कार प्रदान गरेका थिए ! साथै सामुहिक फोटो खिच्ने काम पनि भयो !
र अन्तमा सामुहिक नचा राखिएको थियो ! नानी केटाकेटी देखि लिएर उमेरले
६० दशक पार गरिसकेका बा आमा पनि कम्मर मर्काई मर्काई नाचेका थिए !
कार्यक्रमको संयोजन टंक राई लगायत समस्त हङकङ नेपाली स्वीनडन
क्लब यू के का सदस्यहरुले गरेका थिए ! कार्यक्रमको अबधिभरि डि जे भुवन
गुरुंगले निरन्तर रुपमा अतिनै मिठो गीतहरु बजाएर मनोरंजन प्रदान गरेका
थिए ! वहाको डि जे मा कार्यक्रमको सुरु देखि राती अबेर सम्म सबै जना कम्मर
मर्काई मर्काई नाची रहेको थियो ! कार्यकमको अबधिभर हरि गुरुङ (सुर्य ) ले
फोटो भिडियो खिच्ने काम गरेका थिए ! यस बर्षको अति नै स्वादिस्ट खान कला
राई र बिष्णु राईले तयार गरेका थिए ! अन्तमा सामुहिक नाचगानको साथमा
आगामी बर्ष पनि यसरी नै भेटने बाचाको साथ कार्यक्रम समापन गरेका थिए !
No comments:
Post a Comment