हिजोसम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । आज उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा । केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा । अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन् । उसै त मृगनयनी, त्यसमाथि कोश मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन् । अनुहारको सेप, शारीरिक संरचना एवं हाउभाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन् । बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ । नेपाली समाजमै सार्वजनिक भएको पहिलो लिंग परिवर्तन गर्ने ब्यक्ति केटलिनसंग अश्विनी कोइरालाले बिस्तृत कुराकानी :
तपाईं महिला कि पुरुष ?
म महिला नै हुँ। पुरुषजस्तो देखिन्छु र ?
होइन, महिला नै देखिनुहुन्छ र साहै् राम्री पनि हुनुहुन्छ। एउटा पुरुष यति सुन्दर कसरी हुनसक्छ भनेर म पनि छक्क परिरहेको छु।

