अनमिन प्रमुख करिन ल्यानग्रेन र संयुक्त राष्ट्रसंघका एसिया तथा प्रशान्त क्षेत्र हेर्ने निर्देशक स्यामुअल ताम्राटसँग बुधबार बिहान भएको छलफलमा डा. भट्टराईले राष्ट्रसंघीय उपस्थिति हुनुपर्ने प्रस्ताव गरेका हुन् ।
भट्टराईनिवास ललितपुरमा भएको छलफलमा ताम्राट र ल्यानग्रेनले 'अनमिनको म्याद सकएपछि नेपालको शान्तिप्रक्रिया र संविधान लेखन प्रक्रिया कसरी अघि बढ्छ ?' भन्ने जिज्ञासा राखेका थिए । प्रत्युत्तरमा डा. भट्टराईले नेपालको शान्तिप्रक्रियामा अनमिनको भूमिका सकारात्मक रहेकाले निष्कर्षमा नपुगुन्जेल अनमिन बस्नुपर्ने धारणा राखेका थिए । 'यदि अनमिन नरहेको अवस्थामा यहाँ युएनको उपस्थिति रहनुपर्छ, शान्तिप्रक्रियाका लागि,' डा. भट्टराईको भनाइ उद्धृत गर्दै उनका सहयोगी विश्वदीप पाण्डेले भने । डा. भट्टराईको प्रस्तावबारे तत्कालै केही भन्न नसकिने जवाफ ताम्राटले दिएका छन् ।

No comments:
Post a Comment