देशका विभिन्न ठाउँमा हिमपात

राजधानी वरपरका डाँडाहरुमा हिउँ परेको छ । आइतबार राजधानीमा बढेको चिसोसँगै वरपरका डाँडाहरुमा हिउँ पर्न सुरु भएको हो । राजधानीको नागार्जुन, चन्द्रागिरी, नरकोटलगायतका ठाउँमा फुसफुसे हिउँ परेको छ । मौसम पूर्वानुमान महाशाखाले बेलुकासम्ममा अझै बाक्लो हिउँ पर्ने सम्भावना रहेको जनाएको छ ।
यसैगरी, राजधानीको तल्लो क्षेत्र थली, मूलपानी, चाँगुनारायणलगायतका क्षेत्रमा पातलो हिउँ फुसफुसाएको थियो । देशका विभिन्न ठाउँमा हिमपातका कारण जनजीवन कष्टकर भएको छ । डोटी र डडेल्धुरामा भएको हिमपात कारण भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ ।

No comments:

Post a Comment