ईश्वर चाम्लिङले जिते बृटिश सेनाको उत्कृष्ट फोटो ग्राफर उपाधि

प्रत्येक बर्ष संचालन हुने “ब्रिटिस आर्मी फोटो ग्राफि कम्पिटिसन २०१०” को उपाधि ईश्वर चाम्लिङले प्राप्त गरेका छन् ।
प्रतियोगितामा समावेस भएका चाम्लिङको फोटोहरुले स्पोटिङ्ग इमेजमा प्रथम, नन् अप्रेसनल इमेजमा दोस्रो स्थान प्राप्त गरेको थियो । चाम्लिङलाई गत डिसेम्बर १ का दिन इपेरियल वार मेमोरियल म्युजियम, लण्डनमा सेनाका जेनेरल पिटर वालले प्रमाणपत्र र पुरस्कार प्रदान गरेको थियो ।
चाम्लिङ वेलायती सेनामा विगत १६ बर्ष देखि सेवारत छन् भने उनी लगायतले पल्टनघर ब्रुनाईमा ग्लोवल आई फोटो क्लब पनि स्थापना गरि फोटोग्राफि कार्यलाई निरन्तरता तथा थप प्रभावकारी बनाउदै आएका छन् । उनले कस्फोर्ड फोटोग्राफि स्कुलबाट युनिट फोटो ग्राफर कोर्ष सन् २००७ मा लिएका थिए । हाल उनी दोस्रो रोयल गोर्खा राइफल्स ब्रुनाईमा आबद्ध रहेका छन् । चाम्लिङलाई हार्दिक बधाई । नेपालीसमाचार

No comments:

Post a Comment