प्रधानमन्त्री आउँदा यातायात ठप्प

प्रधानमन्त्री माधवकुमार नेपाल गृहजिल्ला आउन सिमरा विमानस्थलमा उत्रनासाथ सुरक्षाकर्मीले राजमार्गमा यातायात बन्द गरेपछि यात्रुले सास्ती खेप्नुपर्‍यो । प्रधानमन्त्री सिमरा हुदै चन्द्रनिगाहपुर आएर गौरतिर नलागेसम्म पूर्व-पश्चिम राजमार्गमा सुरक्षाकर्मीले यातायात बन्द गराएका थिए 
एक घन्टासम्म चन्द्रनिगाहपुरमा रोकिएका सवारीसाधन प्रधानमन्त्री सिमराबाट गाडीमा चन्द्रनिगाहपुर हुँदै गौरतर्फ लागेपछि मात्र गन्तव्यमा जान पाएका थिए । एक प्रहरी अधिकृतले 'माथिको आदेश' ले प्रधानमन्त्री गौरतिर नजाउन्जेलका लागि सवारी आवागमन रोकिएको बताए 
रौतहटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले माओवादीका जिम्मेवार नेताले भारतीय राजदूत राकेश सुदमाथि जुत्ता प्रहार गर्नुले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रेको बताए । एमाले रौतहटले आयोजना गरेको विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा आइतबार प्रधानमन्त्री नेपालले यही १५ कात्तिकसम्ममा बजेट ल्याएर छाड्ने दाबी गरे । समयमा बजेट ल्याउन नसक्दा मुलुकको आर्थिक अवस्था नाजुक बनेको उनको भनाइ थियो । 'सहमतिका आधारमा १५ गतेसम्ममा बजेट नआए मुलुक गम्भीर संकटमा पर्नेछ,' उनले भने 
आफूले राजीनामा दिएको चार महिना बितिसक्दासमेत सरकार बनाउन नसक्नु हास्यस्पद भएको प्रधानमन्त्रीले टिप्पणी गरे । आफू सरकारमा गएकै दिनदेखि माओवादी सरकार गिराउने खेलमा लागेको भए पनि चार महिनासम्म प्रधानमन्त्री छान्न नसकेको उनको भनाइ थियो 

No comments:

Post a Comment