प्रधानमन्त्री आउँदा यातायात ठप्प

प्रधानमन्त्री माधवकुमार नेपाल गृहजिल्ला आउन सिमरा विमानस्थलमा उत्रनासाथ सुरक्षाकर्मीले राजमार्गमा यातायात बन्द गरेपछि यात्रुले सास्ती खेप्नुपर्‍यो । प्रधानमन्त्री सिमरा हुदै चन्द्रनिगाहपुर आएर गौरतिर नलागेसम्म पूर्व-पश्चिम राजमार्गमा सुरक्षाकर्मीले यातायात बन्द गराएका थिए 

श्रीलंकामा अर्को कीर्तिमान

कोलम्बो/ प्रसिद्धिका लागि मानिसले के गर्दैनन् ? गिनिजबुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउन धेरैले धेरैथरी आश्चर्यजनक र जोखिमपूर्ण काम गरेको हामीले सुन्दै आइरहेका हौँ । कीर्तिमानको यस होडबाजीमा कहीँ व्यक्ति सहभागी हुन्छन्, कहीँ समुदाय र कहीँ राष्ट्र नै । कीर्तिमानको दौडमा यसपालि श्रीलंका समावेश भएको छ ।
संसारको सबैभन्दा ठूलो चिया उत्पादक देशमध्ये एक मानिएको श्रीलंकाले अर्को एक विश्व कीर्तिमान खडा गरेको छ । उसले एक भीमकाय रातो चियाको मग बनाएको छ, जसमा १ हजार ग्यालन पानी, ६४ किलोग्राम चिया, ८७५ किलोग्राम दूधको धूलो र १६० किलोग्राम चिनी हालिएको थियो । यो कीर्तिमान गत वर्षको कीर्तिमानभन्दा ३३ प्रतिशतले बढी छ । प्रदर्शनपछि सो चियाको कपलाई राजधानी कोलम्बोमा मोटरले तानेर परिक्रमा गराइएको थियो र स्थानीयवासीलाई कपमा हालेर बाँडिएको थियो । चिया श्रीलंकाका चियाबगानबाट ल्याइएको थियो ।
३२ हजार सामान्य चियाकप अट्ने सो मगमा चियालाई पाइपको माइमबाट छिराइएको थियो

हाइटीमा हैजाको महामारी

हाइटीमा हैजाले महामारीको रूप लिएको छ । सहायताकर्मीहरू हैजाको रोकथामका लागि प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म सफल भएका छैनन् ।
अहिलेसम्म हाइटीमा हैजाले दुई सयजनाभन्दा बढीको ज्यान लिइसकेको छ । धेरै मानिस यसको संक्रमणको सिकार भएका छन् । यो संक्रमण अब हाइटीको राजनधानी पोर्ट ओ पि्रन्सको नजिक पुगिसकेको छ ।