हाइटीमा हैजाले महामारीको रूप लिएको छ । सहायताकर्मीहरू हैजाको रोकथामका लागि प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म सफल भएका छैनन् ।
अहिलेसम्म हाइटीमा हैजाले दुई सयजनाभन्दा बढीको ज्यान लिइसकेको छ । धेरै मानिस यसको संक्रमणको सिकार भएका छन् । यो संक्रमण अब हाइटीको राजनधानी पोर्ट ओ पि्रन्सको नजिक पुगिसकेको छ ।
जनवरीपछि आएको विनाशकारी भूकम्पका कारण हजारौँ हाइटेली नागरिक आइतबार पनि अस्थायी शिविरमा बसिरहेका छन् । जनवरीको भू्कम्पले भीषण विनाश गरेको थियो र लाखौँ मानिसलाई बेघर बनाएको थियो ।
अहिलेसम्म हैजाको महामारी राजधानी पोर्ट ओ पि्रन्स र वरिपरिका विस्थापितको शिविरसम्म पुगेको छैन । तर, व्यापक चिकित्सा सुविधा उपलब्ध नभएका कारण यो महामारी घना आवादी भएका क्षेत्रमा नपुग्ला भन्न सकिन्न । विशेषज्ञहरूले यसबारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् ।
सहायता एजेन्सीहरूका अनुसार विभिन्न स्थानमा अस्पताल बनाइएका छन् र पानीलाई स्वच्छ र शुद्ध बनाउने उपकरण ठाउँठाउँमा जडान गरिएका छन् ।

No comments:
Post a Comment