नेपाली समाज विल्टशयरको छैटौ स्विनडन कप २०१५

हरि कोन्मे
बेलायत, शुक्रबार १९ जून २०१५
नेपाली समाज विल्टशयर यू के को मिति ०७ जुन २०१५ मा बसेको समितिको बैठकले यही ०८ अगस्त २०१५ शनिबार का दिन छैटौ स्विनडन कप २०१५ गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष राजन कुमार छेत्रीको अदक्षतामा बसेको उक्त बैठकमा समाजका उप अध्यक्षहरु बल्लब गुरुङ, श्याम कुमार पुन , महा सचिप खगेन्द्र गौचन, खेलकुद संयोजक राजु लिम्बु, स्विनडन नेपाली समाज विल्टशयर महिला विभागका संयोजक बिष्णु शिरिस, स्विनडन नेपाली समाजका सीनियर सिटीजन संयोजक लाल सुन्दर राई , सल्लहाकारहरु र जातीय संघ
सस्थाका प्रतिनिधिघरुको उपस्थिति रहेको थियो ।
 नेपाली समाज विल्टशयरले आयोजना गर्दै आइरहेको स्विनडन कप पाचौ पटक सम्म सफलता पुर्बक संम्पन्न गरिसकेको छ । यस बर्ष पनि छैटौ स्विनडन कप २०१५ भब्य रुपमा सम्पन्न गर्नको लागि खेलकुद संयोजक राजु लिम्बुको सम्योजकत्तोमा समाजका उपाध्यक्ष श्याम कुमार पुन, मिलन गुरुङ, टंग राई र भुवन गुरुङको टिम बाट पुर्ब तयारीहरु भैरकेको छ ।
स्विनडन कप आयोजना गर्नको मूल उदेश्य भनेको नेपाली र नेपाललाई बेलायतमा परिचित गराउनु हो । साथै हाम्रा नेपाली युवाबर्गहरुलाइ खेलकुदमा लाग्न प्रेरित गरी संगठित गर्ने र बेलायतका अन्य क्षेत्रमा रहेका नेपाली खेलाडीहरु संग एकापसमा परिचित , भाइचाराको सम्बन्ध कायम गरि नेपाली खेल र खेलाडीहरुको मनोबल उच्च गरि खेलको विकास गर्नु नेपाली समाज विल्टशयरको ठहर रहेको छ ।



No comments:

Post a Comment