यस्ता छन् विश्वका सर्वोत्कृष्ट प्रेस फोटो (फोटो कथा)

मृत्युको मुखमा पुगिसकेका इबोला रोगीको त्रासदीपूर्ण तस्वीरदेखि लिएर डुंगामा खाँदिएर शरणार्थी बन्नका लागि समुद्रको यात्रामा निस्किएका सयौँ मानिसको भयानक तस्वीर ।
समलिंगीकी जोडीको सफेद प्रेम देखि लिएर हिंसाले रगताम्मे भएको भान्साकोठा । यो पटकको विश्व प्रेस फोटो प्रतियोगिताका केही विजेता तस्वीरहरु हुन् यी ।


samalangi

सन् २०१४ मा प्रतियोगिताका लागि आवेदन दिएका विश्वभरका ९७ हजार फोटोग्राफरका तस्वीरहरुलाई पछि पार्दै एक रसियाली समलिंगी जोडीको प्रेमालापको तस्वीर प्रेस फोटो अफ दी इयर २०१४ बन्न सफल भएको छ । डेनिस फोटोग्राफर म्याड्स निसेनले समलिंगी जोडी जोनाथन ज्याक्स र अलेक्जेन्डर सिम्योनोभले नग्न भएर गरिरहेको प्रेमालापको तस्वीर खिचेका हुन् ।

समलिंगी सम्बन्ध अवैध मानिने रसियामा समलिंगीहरुबीचको यो खुल्ला तथा प्रेमपूर्ण कामुक सम्बन्धको तस्वीर निकै चर्चित समेत बनेको थियो । अन्य विभिन्न विधामा विजेता बन्न सफल अन्य तस्वीरहरु यस्ता छन्

ebola-1
इबोला उपचार केन्द्रबाट भागेका एकजना रोगीलाई नियन्त्रणमा लिँदै गरेका स्वास्थ्यकर्मीहरु । सिएरालियोनको यो तस्वीर पिट मुलरले गएको नोभेम्बर २३ मा खिचेका हुन् । स्वास्थ्यकर्मीले नियन्त्रणमा लिएको केही समयपछि नै रोगीको मृत्यु भएको थियो ।


urop
ज्यान खतरामा पारेर युरोप छिर्न ठूलो संख्यामा एउटै डुंगामा चढेका अफ्रिकी आप्रवासीहरुको यो तस्वीर इटालियन फोटोग्राफर मासिमो सेस्टिनीले खिचेका हुन् । दुर्घटनाको सम्मुखमा रहेका यी आप्रवासीलाई लिबियाको नजिकैको समुद्र क्षेत्रबाट इटालियन सेनाले उद्धार गरेको थियो ।


uddya
एक १५ वर्षे बालकको मृत्युको विषयलाई लिएर चर्किएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँगको झडपमा घाइते भएकी एक युवती । टर्कीको इस्तानबुलमा बुलेन्ट किलिकले खिचेको यो तस्वीरले स्पट न्यूज सिँगल्स क्याटेगोरीमा पहिलो स्थान हात पारेको छ ।


Fasi
फाँसी दिन डोरीमा लट्काइसकेको आफ्नो छोराको हत्यारालाई गालामा चट्कन दिएर माफी दिँदै एक इरानी महिला । फोटोग्राफर अरास खामूसीले खिचेको यो तस्वीरले स्टोरी विधामा तेश्रो स्थान हात पार्यो ।


monkey-training-
चीनको सुझोउमा सर्कसमा प्रदर्शनका लागि एउटा बाँदरलाई यातना दिएर तालिम दिँदै गरेका एक मानिसको यो तस्वीर फोटोग्राफर योंगझी चुले खिचेका हुन् ।


trasadi
हिंसाग्रस्त युक्रेनमा एउटा घरको भान्सा कोठाको त्रासदीपूर्ण दृश्य । रगतले पर्दा लतपतिएको, कपहरु फुटेको तथा किचन टेबुलमा धुलो तथा फोहोरले ढाकेको यो तस्वीरले त्यहाँ हिंसात्मक घटना भएको पुष्टि गर्छ । यो तस्वीर रुसी फोटोग्राफर सर्गेइ इनिट्स्कीले अगष्ट २६ मा खिचेका हुन् । यसले साधारण समाचार विधामा प्रथम पुरस्कार प्राप्त गरेको छ ।

No comments:

Post a Comment