हङकङ नेपाली मन्च युकेको नयाँ कार्यसमिति गठन

लण्डन/हङकङ नेपाली मन्च युकेको तेश्रो साधारणसभा सम्पन्न भएको छ । हङ्कङबाट बेलायत आएर बसोबास गरेका नेपालीहरुको प्रतिनिधि संस्था हङ्कङ नेपाली मन्च युकेको तेश्रो साधारण भेला अल्डर्शट्स्थित भेटघाट रेस्टुरेन्टको सभाकक्षमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संस्थाका बरिष्ठ उपाध्यक्ष श्री बिश्वजंग गुरुङ्को स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका निवर्तमान अध्यक्ष श्री ओम गुरुङले गरेका थिए ।

कार्यक्रममा कार्यसमितिका निवर्तमान महासचिव श्री भीम महेन्द्र गुरुङ्ले सस्थाको प्रतिवदन प्रस्तुत
गरे भने निवर्तमान कोषाध्यक्ष श्री गणेशध्वज मल्लले संस्थाको वार्षिक आयब्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा अध्यक्ष श्री ओम गुरुङले निवर्तमान कार्यसमितिको बिघटन भएको घोषणा गर्दै नयाँ कार्यसमितिको निर्वाचनका निम्ति गठित श्री एकेन्द्र गुरुङ र श्री मधुकर गुरुङ सम्मिलित निर्वाचन मन्डलीलाई उक्त जिम्मेवारी सुम्पेका थिए ।

कार्यक्रमको मध्यतिर बन्दशत्रको अवधिमा बिभिन्न सदस्यहरुले उम्मेद्द्वार नामावाली दर्ता गरे । त्यसपश्चात हङ्कङ नेपाली मन्च युकेको तेश्रो कार्यसमितिको रुपमा १७ सदस्यीय नयाँ कार्यसमितिको सर्बसम्मत रुपमा चयन् भएको छ । जसमा अध्यक्षमा श्री विश्वजङ गुरुङ, उपाध्यक्षद्वय श्री बिजय लिङ्थेप र श्री भीम महेन्द्र गुरुङ, महासचिबमा श्री खुशी लिम्बू, सह(सचिबमा श्रीमती जानुका काम्बाङ लिङ्देन र कोषाध्यक्षमा श्रीमती पञ्चकुमारी गुरुङ सर्बसम्मत रुपमा चुनिएका थिए । त्यस्तैगरी, कार्यकारी सदस्यहरुमा श्री प्रेम गुरुङ (वेबसाइट सन्चालन), श्री कुमार गुरुङ (खेलकुद), श्री धनु थकाली (साँस्कृतिक), श्री अमर गुरुङ, श्री दुर्गा गुरुङ, श्री महेन्द्र गुरुङ, श्री सिरी गुरुङ, श्री एल बि सुब्बा, श्री किशोर (युगल) लिम्बु र श्री चन्द्र गुरुङ रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई संस्थाका पूर्व सल्लाहकार श्रीमती नन्दकुमारी गुरुङले खादा ओढाइ सम्मान र बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमको अन्तमा नवनिर्वाचित महासचिव श्री खुशी लिम्बुले निर्वाचन मन्डलीलाई सफलतापूर्वक कार्य सम्पादन गरेको धन्यवाद दिएका थिए । उनले हङ्कङ् नेपाली मन्च युकेलाई हङ्कङेली नेपालीहरुको एउटा साझा संस्थाको रुपमा खडा गरेर प्रसंसनीय कार्यहरु गरेको भन्दै संस्थालाई यस बयस्क अवस्थासम्म ल्याएर नयाँ कार्यकारी समितिलाई सुम्पिनु भएकोमा निवर्तमान कार्यसमितिलाई हार्दिक आभार प्रकट गर्नुका साथै उनले श्री विश्वजङ गुरुङ्को अध्यक्षतामा गठित नयाँ कार्यसमितिले एउटा नयाँ आशा र हौसलाका साथ हङ्कङ नेपाली मन्च युकेलाई नयाँ गति दिने आशा व्यक्त गरे । अन्तमा उनले नयाँ कार्यसमितिको सफलताका लागि युकेमा रहेका सबै हङ्कङेली सदस्यजनहरुलाई सहयोगको आब्हान गर्दै कार्यक्रमको समापन गरे ।

- See more at: http://nepalipatra.com/news/detail/10026/18/.meroml#sthash.a2T9y7I1.dpuf

No comments:

Post a Comment