एक्लैले बनाइदिए डेढ करोडको विद्यालय

कान्तिपुर पोखरा, वैशाख १० - भन्ने गरिन्छ- धन हुनेको मन हुँदैन । तर त्यो सबैलाई लागू हुँदो रहेनछ । नपत्याए पोखरा-८ जाल्पारोडका सनतकुमार श्रेष्ठलाई हेर्नुहोस्, जसले एक्लै डेढ करोड रुपैयाँ खर्चेर सामुदायिक विद्यालय बनाइदिएका छन् । लेखनाथ-८, मोहरियास्थित नवज्योति निमाविको २३ वर्षअघि बनेको भवन भत्किएपछि नयाँ बनाउन विद्यालयले विभिन्न संघसंस्था धायो । बनाइदिने कोही निस्किएन । उपायका लागि महायज्ञ लगाउने वा चन्दा उठाउने कुरा चल्यो । त्यही क्रममा श्रेष्ठले घोषणा गरे- 'म एक्लैले बनाइदिन्छु ।

अधिकारी दम्पतीको अनशन खर्च ३० लाख

काठमाडौं, बैशाख , ११ – वीर अस्पतालको बेडमा अनशन बसेका गोर्खा फुजेलका अधिकारीदम्पतीको पौष्टिक आहार र औषधिका लागि १७ लाख रुपैयाँ खर्च भएको छ । आइसियू तथा अन्य सेवासहितको खर्च भने ३० लाख पुगेको छ । नन्दप्रसाद र गंगामाया अधिकारीलाई पौष्टिक आहार र औषधि दिएको १७ लाख रुपैयाँ भुक्तानी गर्न वीर अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिल पठाएको छ ।

द्वन्द्वकालमा छोरा कृष्णप्रसादको हत्या भएको र छानविन गरी दोषीमाथि कारबाही माग गर्दै

स्वीण्डनमा लामा गुरुहरु द्रवारा ग्रह शान्ति पुजा सम्पन्न

 मिति ०६/०४/२०१४ का दिन स्विनडनमा नेपाल बाट आउनु भएका लामाहरु  गुप्त गुरु, रक्ष गुरु लगाएत तिन जना गुरुहरुबाट ग्रह शान्तिको लागि पुजा सम्पन्न गरियो l  बिशेष गरि स्विनडन बासी सम्पूर्ण नेपाली जनसमुदायहरुको को दुख, कष्ट, रोग ब्याधि र ग्रह शान्तिको लागि तीनजना लामा गुरुहरुबाट पुजा गरियो l  पुजाको प्रमुख संयोजन श्री जुम बहादुर गुरुङले  गर्नु भएको थियो भने  अन्य बिबिध कार्यकहरुको लागि सम्पूर्ण स्विनडनबासी समुदायले सहयोग गर्नु भएको थियो l  जस मध्ये पुजाको लागि  स्वीण्डनमा बस्नु हुने धेरै सहयोगी,सहृदयी नेपाली दाज्यू  भाई दिदी बहिनिहरुले  तल उल्लेखित रकम दिएर सहयोग गर्नु भएको थियो  l  जस अनुसार सहयोग गर्नु हुने व्यक्तिहरुको नाम निम्न अनुसार रहेको छ  l             

SPONSOR NAME LIST FOR THE PUJA ON 06/04/2014
Ser no Name Amount Remarks    
1 MRS BIBI GURUNG { JUM BAHADUR GURUNG £20 PAID    
2 MRS ANJANA GURUNG { NANDARAM GURUNG } £20 PAID    
3 MRS SHAKHI GURUNG  { KUMAR GURUNG} £20 PAID    
4 MRS LAXMI GURUNG  { SANDESH GURUNG } £20 PAID    
5 MRS RADHA GURUNG { HEM KUMAR GURUNG } £20 PAID    

हङकङ नेपाली मञ्च यूकेको छैंठौ वार्षिक भेला

लण्डन – हङकङबाट बेलायतमा बसाइँ सरी आएका नेपालीहरु यतिबेला हजारौको सङ्ख्यामा बेलायतभरी छरिएर बसेका छन् । सन् २००९मा हङकङबाट बेलायत आएका केहि व्यक्तिहरु मिलेर हङकङ नेपाली मञ्च यूके संस्था स्थापना गरेका थिए । तत्पश्चात प्रत्येक वर्ष एकै थलोमा भेला भएर मनोरञ्जनपूर्ण कार्यक्रमहरु गरेर साथीहरुसंग भेटघाट गर्छन् तथा एकले अर्कालाई मान सम्मान र सहयोग गर्ने एउटा चौतारी अनुरुप संस्थाले निरन्तरता दिँदै आएको छ । दशकौसम्म कुममा कुम जोडेर काम गरेका सम्झनाहरु तथा हङकङको परिवेशमा बिताएका सुखदपूर्ण क्षणहरुलाई सम्झना स्वरुप यो वार्षिक भेलाले खुशी दिने प्रयास रहेको छ । प्रत्येक वर्ष रमाइलो सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्छ । यसवर्ष बेजिङस्टोक स्थित अल्डवोर्थ साईन्स कलेज, आरजी२२ ६एचएमा दिनांक ०३ मई २०१४, शनिवारको दिनमा दिनको एकबजे देखि राती दशबजेसम्म वार्षिक कार्यक्रम सम्पन्न गर्ने भएको छ । संस्थाका महासचिव भिम महेन्द्र गुरुङ तथा अध्यक्ष ओम गुरुङका अनुसार फार्नबारो स्यामुएलकोडी कम्यूनिटी सेन्टरमा तोकिएको समय भेनु उपलब्ध नभएको हुनाले तथा हलको भाडा पनि महँगो भएको कारणले गर्दा यस पटक पहिलो चोटि कार्यकारी समितिको निर्णयमा बेजिङ स्टोकमा सम्पन्न गर्ने भएको कुरा बताएका छन् । दूरी र यातायातको हिसाबले हेर्दा बेजिङस्टोक पनि बेलायतवासीका लागि सेन्टरमा नै पर्दछ । कार्यकारी समितिले सम्पूर्ण हङकङबाट आएका मित्रहरुलाई समयमा भेला भएर त्यसदिनको आनन्द लिने अनुरोध गरेको छ ।

बेलायतमा अध्यायनरत विद्यार्थीद्वारा आत्माहत्या

धर्मराज अधिकारी, २४ चैत्र, बेलायत । बेलायतमा अध्यायनरत विद्यार्थी शेष बहादुर गुरुङले गत बुधबार झुण्डिएर आत्माहत्या गरेका छन् । ह्वाइटच्यापलमा रहेको गिल्डहल कलेजमा अध्यायनरत गुरुङ ब्रिष्टोलस्थित कोठामा अप्रिल २ गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । बुटबलमा वडा नं ६ लक्ष्मिनगरका २६ बर्षिय गुरुङ सन् २००९ को सेप्टेम्बर महिनामा बेलायत आएका हुन । उनको पुख्र्यौली घर भने तनहुंको फिरफिरे हो । मृतक गुरुङको बुबा, आमा र भाई बुटवलमा बस्दै आएका छन् । उनी स्थानीय बुफे रेष्टुरेण्टका केहि समयदेखि काम गर्दै आएका थिए । त्यहि रेष्टुरेण्टले उपलब्ध गराएको आवास कक्षमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । मृतक गुरुङका साथी कमल थापाका अनुसार शेषको मृत शरीरलाई स्थानीय फ्युनरलसंग समन्वय गरेर नेपाल पठाउने तयारी भइरहेको छ । उनको पार्थीव शरीरलाई नेपाल पठाउनका लागि लाग्ने आवश्यक रकम जुटाउन कलेजका व्दिाथर््ीहरुले फण्ड रेइजिङ टिम बनाएर अभियान थालेका छन् । साथै गैर आवासीय नेपाली संघ युके र अन्य नेपाली संघसंस्थाहरुसंग पनि सहयोग जुटाउन पहल गरिने बताइएको छ । प्रहरीले उनको कोठाबाट सुसाईड नोट बरामद गरेपनि त्यसमा के लेखिएको थियो भन्ने खुलाइएको छैन । प्रहरीले मृत्युबारे आवश्यक अनुसन्धान गरिरहेको उनका आफन्तले बताएका छन् । मृतकका साथी थापाले बिद्यार्थीहरुको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा डिप्रेसनको कारणले शेषले कठोर निर्णय लिएको हुनसक्ने बताए । उनले मृतकको शव नेपाल पठाउनका लागि सहयोग गर्न बेलायतवास नेपालीहरुलाई आव्हान गरेका छन् । साभार nepal24hours.com/np - See more at: http://www.nepal24hours.com/np/?p=27960#sthash.05J1HYFh.dpuf